माछा खानुस, आइक्यू बढाउनुस
सारांश
- विज्ञान संबन्धि पत्रिका स्टडीले बच्चाहरुलाई माछा खुवाउनमा जोड दिएको छ ।
- पत्रिकाले गत संस्करणमा प्रकासित गरेको एउटा लेखमा सातामा एक पटकभन्दा बढी माछा खाने बालबालिकाको आइक्यु सामान्य बालबलिकाभन्दा बढी भएको उल्लेख गरेको छ ।
- माछा नखाने बालबालिकाको तुलनामा माछा खाने बालबलिका राम्ररी सुत्ने र उनीहरु बढी बौधिक हुने अध्ययनले जनाएको छ ।
विज्ञान संबन्धि पत्रिका स्टडीले बच्चाहरुलाई माछा खुवाउनमा जोड दिएको छ । पत्रिकाले गत संस्करणमा प्रकासित गरेको एउटा लेखमा सातामा एक पटकभन्दा बढी माछा खाने बालबालिकाको आइक्यु सामान्य बालबलिकाभन्दा बढी भएको उल्लेख गरेको छ । माछा नखाने बालबालिकाको तुलनामा माछा खाने बालबलिका राम्ररी सुत्ने र उनीहरु बढी बौधिक हुने अध्ययनले जनाएको छ ।
९ देखि ११ वर्षबीचका पाँच सय चीनिया बालबालिकामा गरिएको अध्ययनले यस्तो नतिजा देखाएको हो । अध्ययनको क्रममा माछा खाने बालबालिकाको बौद्धिक क्षमता माछा नखाने बालबालिकाको भन्दा बढी पाएको देखिएको छ ।
वैज्ञानिकहरुले यसको संबन्ध ओमेगा थ्रीसँग जोडेका छन । खासगरी सालमोन, सार्डिन र टुना लगायत अधिकाँश माछामा ओमेगा थी्र पाइने गरेको छ । ओमेगा थ्रीले बौधिकता मात्रै नभई सुताईलाई पनि राम्रो बनाउने विभिन्न अध्ययनहरुले देखाएको छ । ओमेगा थ्रीलाई चिकित्सकहरुले गुड कोलेस्ट्रोलको रुपमा पनि लिने गरेका छन । खासगरी कलेजो, मुटु लगायतका रोगीलाई चिकित्सकहरुले गुड कोलेस्ट्रोल लिन सल्लाह दिने गरेका छन ।।
प्रतिक्रिया