माछा मार्न सीमाक्षेत्रमा गएका चार भारतीयको नियन्त्रणमा

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आश्विन ६, २०७७
|
|
५५ पटक हेरिएको
Shares
माछा मार्न सीमाक्षेत्रमा गएका चार भारतीयको नियन्त्रणमा

सारांश

  • माछा मार्न सीमावर्ती क्षेत्रमा गएका बेलडाँडी गाउँपालिका–४ बैवाहाका चार जनालाई भारतीय व्यक्तिहरुले नियन्त्रणमा लिई सोमबार साँझ अज्ञात स्थलतर्फ लगेका छन् ।
  • गाउँपालिकाको वडा नं ५ नजिकको खल्लाबाट चारै जनालाई भारतीयले नियन्त्रणमा लिएका हुन् ।
  • सीमास्तम्भ नम्बर ७८५/२ र ७८६ को बीचमा रहेको खल्लामा माछा मार्नका लागि गएका २६ वर्षीय वीरेन्द्र खत्री, २५ वर्षीय भोजराज रोकाया, ३२ वर्षीय मानबहादुर सुनार र ४० वर्षीय पदम सुनारलाई दुई भारतीयले नियन्त्रणमा लिई भारततर्फ लगेका छन् ।

माछा मार्न सीमावर्ती क्षेत्रमा गएका बेलडाँडी गाउँपालिका–४ बैवाहाका चार जनालाई भारतीय व्यक्तिहरुले नियन्त्रणमा लिई सोमबार साँझ अज्ञात स्थलतर्फ लगेका छन् । गाउँपालिकाको वडा नं ५ नजिकको खल्लाबाट चारै जनालाई भारतीयले नियन्त्रणमा लिएका हुन् ।

सीमास्तम्भ नम्बर ७८५/२ र ७८६ को बीचमा रहेको खल्लामा माछा मार्नका लागि गएका २६ वर्षीय वीरेन्द्र खत्री, २५ वर्षीय भोजराज रोकाया, ३२ वर्षीय मानबहादुर सुनार र ४० वर्षीय पदम सुनारलाई दुई भारतीयले नियन्त्रणमा लिई भारततर्फ लगेका छन् ।

नियन्त्रणमा लिइएका व्यक्तिहरुसँग भारतीय पक्षले जनही रु २० हजार फिरौती रकम मागेको खबर निजका परिवारजनबाट सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) बेलडाँडीमा प्राप्त भएको सशस्त्र प्रहरी बल नेपाल नं ३५ हेडक्र्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताउनुभयो ।

बिओपी झिलमिलाबाट सशस्त्र प्रहरी निरीक्षक गङ्गादत्त बोगटीको कमाण्डमा गएको सात जनाको टोलीले भारतीय एसएसबीको टाटरगञ्जसँग समन्वय गरिरहेको छ । उहाँले भन्नुभयो, “भारतीयहरुले नियन्त्रणमा लिएका व्यक्तिहरुबारे खोजबिन गरिरहेका छौँ ।”

यसैगरी पुनर्वास नगरपालिका–८ मोतियाफाँटबाट भारतको जङ्गलबाट काठ काट्दै गरेको अवस्थामा पृथ्वी बस्तीका ३५ वर्षीय डम्बरे सुनारलाईे हिजो साँझ नै भारतीय वन रक्षक सुमेरनगरको टोलीले नियन्त्रणमा लिई पलियातर्फ लगेको छ ।

डम्बरेका बुवा थले सुनारले दशगजा नजिकैको सीमास्तम्भ नम्बर ७६६÷७ को नजिकै रहेको नालामा माछा मार्ने क्रममा भारतीय वनरक्षकले नियन्त्रणमा लिएर लगेको भनी इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा निवेदन दिनुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रु एक करोडभन्दा बढीमा ठेक्का लाग्यो बागवानीको आँप
रु एक करोडभन्दा बढीमा ठेक्का लाग्यो बागवानीको आँप
व्यापक विवादपछि सचिव सरुवा अवरुद्ध
व्यापक विवादपछि सचिव सरुवा अवरुद्ध
पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग, सम्बोधन नभए सडकमा उत्रने चेतावनी
पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग, सम्बोधन नभए सडकमा उत्रने चेतावनी
नक्कली फैसलाको बिगबिगी! सम्बन्ध विच्छेदमा यस्तो पनि…
नक्कली फैसलाको बिगबिगी! सम्बन्ध विच्छेदमा यस्तो पनि…
कसरी असफल भयो देशभर माओवादी कांग्रेसबीचको चुनावी तालमेल, कसले गरायो यस्तो तालमेल?
कसरी असफल भयो देशभर माओवादी कांग्रेसबीचको चुनावी तालमेल, कसले गरायो यस्तो तालमेल?
राजकीय सम्मानसाथ सुवास नेम्वाङको अन्त्येष्टि गरियो
राजकीय सम्मानसाथ सुवास नेम्वाङको अन्त्येष्टि गरियो
Sentsov himself has refused to be taken to hospital
Sentsov himself has refused to be taken to hospital
बिर्तामोडको स्थिति नियन्त्रणबाहिर गएपछि विर्तामोडमा आज पनि कर्फ्यू यथावत .
बिर्तामोडको स्थिति नियन्त्रणबाहिर गएपछि विर्तामोडमा आज पनि कर्फ्यू यथावत .
प्रधानमन्त्रीले परिणाम देखिने गरी काम गर्न नसकिएको स्वीकारे, यस्तो रहेछ कारण
प्रधानमन्त्रीले परिणाम देखिने गरी काम गर्न नसकिएको स्वीकारे, यस्तो रहेछ कारण
कांग्रेसबाट ५ जनाको समानुपातिक सांसद पद ‘खोसियो’ ?
कांग्रेसबाट ५ जनाको समानुपातिक सांसद पद ‘खोसियो’ ?

तपाईंले छुटाउनुभयो कि?