मातृभूमिको समृद्धिमा ज्ञान र आर्थिक लगानी गर्न आग्रह

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर ३, २०७४
|
|
३६ पटक हेरिएको
Shares
मातृभूमिको समृद्धिमा ज्ञान र आर्थिक लगानी गर्न आग्रह

सारांश

  • जनसङ्ख्या तथा वातावरणमन्त्री मिथिला चौधरीले अध्ययन, विभिन्न पेशा व्यवसायमा संलग्न भई विदेशमा रहेका नेपालीले मातृभूमिको समृद्धिमा ज्ञान र आर्थिक लगानी गरी महत्वपूर्ण सहयोग गर्नसक्ने बताउनुभएको छ ।
  • जर्मनीको बोनमा आयोजित संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (युएनएफसिसिसी)को २३ औँ सम्मेलन (कोप–२३) मा यहाँ आउनुभएकी मन्त्री चौधरीले नेपाल जर्मन मैत्री संघद्वारा आयोजित स्वागत कार्यक्रममा विश्वका जुनसुकै देशमा रहेका नेपालीले पनि नेपालको स्वाभिमान बढाउने काम गरेमा नेपाललाई अन्तर्राष्ट्रियजगत्मा चिनाउन र स्वाभिमान बढाउन सकिने उल्लेख गर्नुभयो ।
  • राष्ट्रिय योजना आयोगका सदस्य डा प्रभू बुढाथोकीले मुलुक राजनीतिक संक्रमणबाट स्थिरतासँगै आर्थिक समृद्धिमा लागेकाले विदेशमा रहेका नेपालीले आफ्नो सीप, दक्षता र आर्थिक लगानी स्वदेशमै लगाउन आग्रह गर्नुभयो ।

जनसङ्ख्या तथा वातावरणमन्त्री मिथिला चौधरीले अध्ययन, विभिन्न पेशा व्यवसायमा संलग्न भई विदेशमा रहेका नेपालीले मातृभूमिको समृद्धिमा ज्ञान र आर्थिक लगानी गरी महत्वपूर्ण सहयोग गर्नसक्ने बताउनुभएको छ ।

जर्मनीको बोनमा आयोजित संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (युएनएफसिसिसी)को २३ औँ सम्मेलन (कोप–२३) मा यहाँ आउनुभएकी मन्त्री चौधरीले नेपाल जर्मन मैत्री संघद्वारा आयोजित स्वागत कार्यक्रममा विश्वका जुनसुकै देशमा रहेका नेपालीले पनि नेपालको स्वाभिमान बढाउने काम गरेमा नेपाललाई अन्तर्राष्ट्रियजगत्मा चिनाउन र स्वाभिमान बढाउन सकिने उल्लेख गर्नुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य डा प्रभू बुढाथोकीले मुलुक राजनीतिक संक्रमणबाट स्थिरतासँगै आर्थिक समृद्धिमा लागेकाले विदेशमा रहेका नेपालीले आफ्नो सीप, दक्षता र आर्थिक लगानी स्वदेशमै लगाउन आग्रह गर्नुभयो । विश्वका प्रायः सबै समृद्ध मुलुकले एउटा पुस्ताले गरेको त्यागबाट नै विकासको फड्को मार्न सकेको बताउँदै उहाँले अब नेपालले पनि त्यस्तै फड्को मार्ने समय आएको छ भन्नुभयो ।

नेपाल जर्मन मैत्री संघका अध्यक्ष तथा महावाणिज्यदूत रामप्रताप थापाले जर्मनी सरकार नेपालको आर्थिक विकासमा जस्तोसुकै सहयोग गर्न तयार रहेको र त्यसका लागि सरकारीस्तरमा वार्ता हुनुपर्ने बताउँदै डायस्फोरा अर्थतन्त्रका बारेमा अध्ययनको खाँचो औँल्याउनुभयो ।

सो अवसरमा जर्मनीमा रहेका विभिन्न पेशा व्यवसायमा संलग्न एवम् विद्यार्थीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?