माथिल्लो त्रिशूली थ्री ‘ए’ को काम शुरु

Abhiyanpost Abhiyanpost
|
आइतबार, श्रावण १५, २०७४
|
|
५७ पटक हेरिएको
Shares
माथिल्लो त्रिशूली थ्री ‘ए’ को काम शुरु

सारांश

  • नुवाकोट, १५ साउन ।
  • भूकम्पले क्षति पु¥याएपछि अन्योल रहेको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण गर्न ठेकेदार पक्ष चिनियाँ गेजुवा ग्रुप अफ कम्पनी काममा फर्किएको छ ।
  • आयोजनाको बा“ध क्षेत्र नुवाकोटको मनकामनास्थित फालेटारमा ठेकेदार कम्पनीले विज्ञसहितको प्रारम्भिक जा“च र अध्ययनको काम शुरु गरेको छ ।

नुवाकोट, १५ साउन । भूकम्पले क्षति पु¥याएपछि अन्योल रहेको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण गर्न ठेकेदार पक्ष चिनियाँ गेजुवा ग्रुप अफ कम्पनी काममा फर्किएको छ ।

आयोजनाको बा“ध क्षेत्र नुवाकोटको मनकामनास्थित फालेटारमा ठेकेदार कम्पनीले विज्ञसहितको प्रारम्भिक जा“च र अध्ययनको काम शुरु गरेको छ । कम्पनीले क्षतिको जा“च एवं परीक्षणको काम जलविद्युत् आयोजनामा अत्यन्त संवेदनशील क्षेत्र मानिने बाँधस्थलबाट काम शुरु गरेको आयोजना प्रमुख फणीन्द्रराज जोशीले जानकारी दिनुभयो ।

ठेकेदार कम्पनी सिजिजिसीले डि–सेन्डरको पानी हटाएर त्यसको परीक्षण गरी पुनःनिर्माण शुरु गरेको हो । आयोजनाको निर्माण क्षेत्रमा अहिले ८० नेपाली र २० जना चिनिया“ मजदुर कार्यरत छन् ।

सन् २०११ को जुनबाट काम शुरु गरिएको ६० मेगावाट क्षमताको आयोजना २०१४ को मे ३१ मा काम सम्पन्न गर्नुपर्ने भए पनि क्षमता वृद्धि तथा निर्माणमा स्थानीयवासीको अवरोधको कारण देखाएर तोकिएको समयमा पूरा हुन ढिलाइ भएको थियो ।

पहिलोपटक २६ महिना म्याद थप गरी सन् २०१६ जुन ३० मा काम सक्ने जिम्मेवारी पाएको कम्पनीले २०१६ जुन ३० अर्थात् २०७३ जेठ १६ मा निर्माण सम्पन्न गर्नुपर्ने भए पनि भूकम्पका कारण ठेकेदार कम्पनी काममा फर्कन ढिलाइ गर्दा आयोजना थप प्रभावित बन्न पुगेको थियो ।

आयोजनाको निर्माण चिनिया“ कम्पनीले आठ करोड ९१ लाख अमेरिकी डलरमा जिम्मा पाएको छ । वित्तीय व्यवस्थापनका लागि ऋणदाता चिनिया“ एक्जिम बैंकस“गको ऋण सम्झौता सन् २०१६ मे १८ बाट पूरा भएकाले समयमा नवीकरण नहुँदा वित्तीय व्यवस्थापनको अन्योल कायमै छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सोमपाल कामी यसरी छानिएर क्यानाडाको ग्लोबल टि-२० मा
सोमपाल कामी यसरी छानिएर क्यानाडाको ग्लोबल टि-२० मा
कर तिर्न जाँदा कमिसन दिनुपर्ने अवस्थाको अन्त्य कहिले ?
कर तिर्न जाँदा कमिसन दिनुपर्ने अवस्थाको अन्त्य कहिले ?
चीन र भारतसँग भएका सम्झौताहरु तीब्र गतिमा कार्यान्वयनतर्फ : परराष्ट्रमन्त्री ज्ञवाली
चीन र भारतसँग भएका सम्झौताहरु तीब्र गतिमा कार्यान्वयनतर्फ : परराष्ट्रमन्त्री ज्ञवाली
नेपाल र कम्बोडिया बीच समझदारीपत्रमा हस्ताक्षर
नेपाल र कम्बोडिया बीच समझदारीपत्रमा हस्ताक्षर
गरिमा धानको नक्कली बीउ पीडितले अझै पाएनन् क्षतिपुर्ति
गरिमा धानको नक्कली बीउ पीडितले अझै पाएनन् क्षतिपुर्ति
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
राष्ट्रियसभामा शोक प्रस्ताव पारित
राष्ट्रियसभामा शोक प्रस्ताव पारित
कुलमानको पुनर्नियुक्तीको ‘च्याप्टर-क्लोज’, बालुवाटारको तयारी अर्कै !
कुलमानको पुनर्नियुक्तीको ‘च्याप्टर-क्लोज’, बालुवाटारको तयारी अर्कै !
संसद्को पहिलो बैठकको तयारी : आज बस्दै छ सर्वदलीय बैठक
संसद्को पहिलो बैठकको तयारी : आज बस्दै छ सर्वदलीय बैठक
बाढी, पहिरोमा परी ज्यान गुमाउनेको संख्या ६७ पुग्यो, १४४५ जनाको सकुशल उद्दार
बाढी, पहिरोमा परी ज्यान गुमाउनेको संख्या ६७ पुग्यो, १४४५ जनाको सकुशल उद्दार

तपाईंले छुटाउनुभयो कि?