मालीमा फेरि हिंसा भड्कियो, दश सर्वसाधारण र तीन जना सैनिक मारिए

Abhiyanpost Abhiyanpost
|
आइतबार, बैशाख १०, २०८०
|
|
३७ पटक हेरिएको
Shares
मालीमा फेरि हिंसा भड्कियो, दश सर्वसाधारण र तीन जना सैनिक मारिए

सारांश

  • बामाको (माली) ।
  • गणतन्त्र मालीमा फेरि हिंसा चर्किएको छ ।
  • शनिबार देशका विभिन्न भागमा भएका झडपमा १० जना सर्वसाधारण र नी जना सैनिक जवानको मृत्यु भएको छ ।

बामाको (माली) । गणतन्त्र मालीमा फेरि हिंसा चर्किएको छ । शनिबार देशका विभिन्न भागमा भएका झडपमा १० जना सर्वसाधारण र नी जना सैनिक जवानको मृत्यु भएको छ । सुरक्षा फौजले ८८ जना जिहादीलाई नियन्त्रणमा लिएको छ ।

अतिवादी समूहले शनिबार मध्य मोप्ती क्षेत्रको सेभेरे विमानस्थल क्षेत्रमा कारबम विष्फोट गराउँदा १० जना सर्वसाधारणले ज्यान गुमाएका तथा ६१ जना घाइते भएका सरकारले एक विज्ञप्ति निकालेर बताएको छ ।

विष्फोटबाट विमानस्थल वरपरका केही घरहरू ध्वस्त भएका छन् । बहादुरीपूर्वक विद्रोहीको सामना गरेका सुरक्षा फौजका जवानले आक्रमणकारीलाई परास्त गरेका विज्ञप्तिमा उल्लेख छ ।

सन् २०१२ मा देशको उत्तरी भागमा जिहादी पृथकतावादी विद्राह शुरु भएपछि मालीको शान्तिसुरक्षामा सङ्कट उत्पन्न भएको छ । सन् २०२० को अगष्टदेखि राजनीतिक व्यक्तिहरूको परिषद्ले सत्ता सम्हालेको छ ।

फ्रान्स र अन्य पश्चिमा साझेदारसँगको सहयोगमा जिहादीविरुद्ध सङ्घर्षरत माली ती साझेदारसँगको लामो समयदेखिको सम्बन्ध तोडेर सैन्य र राजनीतिक रुपमा रुसतर्फ मोडिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तोलाको दुई सयले बढ्यो, कतिमा काराेबार हुँदैछ सुन ?
तोलाको दुई सयले बढ्यो, कतिमा काराेबार हुँदैछ सुन ?
टीभीएस एक्सचेन्च एण्ड फाइनान्स फेयरको आज अन्तिम दिन
टीभीएस एक्सचेन्च एण्ड फाइनान्स फेयरको आज अन्तिम दिन
सचिव सरुवा: मन्त्रिपरिषद् निर्णय सर्वोच्चले उल्टायो
सचिव सरुवा: मन्त्रिपरिषद् निर्णय सर्वोच्चले उल्टायो
अरु देशका केन्द्रीय बैंकले कडा नीति लिइरहँदा हामीले लचिलो मौद्रिक नीति ल्यायौँ : गभर्नर अधिकारी
अरु देशका केन्द्रीय बैंकले कडा नीति लिइरहँदा हामीले लचिलो मौद्रिक नीति ल्यायौँ : गभर्नर अधिकारी
गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताललाई सङ्घीय सरकार मातहत ल्याइने
गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताललाई सङ्घीय सरकार मातहत ल्याइने
ओली र दाहालबीचको निर्णायक वार्ता सकियो, अरु नेताहरु छलफलमै
ओली र दाहालबीचको निर्णायक वार्ता सकियो, अरु नेताहरु छलफलमै
वाम तालमेल देश र नागरिकको आवश्यकताले बनेको हो : प्रचण्ड
वाम तालमेल देश र नागरिकको आवश्यकताले बनेको हो : प्रचण्ड
बागी उम्मेदवार दर्ता गरपछि काङ्ग्रेसका क्रियाशील सदस्य वाग्ले कारवाहीमा
बागी उम्मेदवार दर्ता गरपछि काङ्ग्रेसका क्रियाशील सदस्य वाग्ले कारवाहीमा
कुटुङसाङमा व्यवस्थित घरबास बन्ने
कुटुङसाङमा व्यवस्थित घरबास बन्ने
प्रदेश भिआइपीलाई २ सय गाडी चाहिने
प्रदेश भिआइपीलाई २ सय गाडी चाहिने

तपाईंले छुटाउनुभयो कि?