मासु खाए ५० हजार जरिबाना

Abhiyanpost Abhiyanpost
|
आइतबार, जेठ ५, २०७६
|
|
५३ पटक हेरिएको
Shares
मासु खाए ५० हजार जरिबाना

सारांश

  • ठमाडौं ५ जेठ ।
  • गोरखाको एउटा वडा कार्यालयले मासु किन्न, खान र पशुपन्छी पाल्न कडा प्रतिबन्ध लगाएको छ ।
  • र, कसैले यसको उल्लंघन गरे ठूलो मात्रामा जरिबाना तिर्नुपर्नेछ ।
ठमाडौं ५ जेठ । गोरखाको एउटा वडा कार्यालयले मासु किन्न, खान र पशुपन्छी पाल्न कडा प्रतिबन्ध लगाएको छ । र, कसैले यसको उल्लंघन गरे ठूलो मात्रामा जरिबाना तिर्नुपर्नेछ । ‘अब हाम्रो वडाभित्र पशुपन्छी काटमार गर्नेलाई ५० हजार, मासु बेचबिखन गर्नेलाई ५० हजार र किन्नेलाई पनि ५० हजार रुपैयाँ जरिबाना हुनेछ’, चुमनुब्री गाउँपालिका–४ का अध्यक्ष पेमा डुन्डुप लामाले भने, ‘कोही कसैले काटमार गरेको घटनाबारे हामीलाई सूचना दिएमा १५ हजार रुपैयाँ इनाम दिने निर्णय भएको छ ।’ यो नियमबारे गाउँपालिका र प्रहरीलाई समेत जानकारी गराइएको उनले बताए ।
 

उनका अनुसार जरिबानाबापत संकलन हुने रकम अहिंसा अभियानमै खर्च गरिनेछ । ‘हाम्रो वडा क्षेत्रभित्र काटेर खाने उद्देश्यले चौपाया किनबेच नगर्न छिमेकी वडामा समेत पत्राचार गरिएको छ’, उनले भने, ‘हाम्रो वडाभित्र त अब मासु खाने उद्देश्यले पशुपन्छी किनबेच हुँदै–हुँदैन । छिमेकी वडाले पनि यसको देखासिकी गरून् भनेर पत्राचार गरेका हौं । यो नियमको गाउँपालिकाभरि प्रशंसा भएको छ ।’

चुमनुब्री–१ को सामागाउँ, २ को ल्हो, ४ को प्रोक, ५ को बिही, ६ को चुम्चेत र ७ को छेकम्पार गाउँ (पहिला सबै गाविस थिए) विगतदेखि काटमार निषेधित मानिन्छन् । तर, स्थानीय सरकारले नै प्रतिबन्ध लगाएको भने यो पहिलो वडा हो ।

पछिल्लो समय पर्यटकीय क्षेत्र भएकाले होटलमा बाहिरी गाउँका व्यवसायी आएर लुकिछिपी काटमार र मासुको व्यापार, व्यवसाय गर्न थालेपछि नियम बनाउनुपरेको नाम्रुङका लाक्पाडुन्डुप लामाले बताए । ती गाउँमा एकाध इसाईबाहेक सबै बुद्ध धर्मावलम्बी बसोबास गर्छन् ।

उक्त क्षेत्रलाई हिंसामुक्त बनाउन मनास्लु संरक्षण क्षेत्र आयोजनाले पनि सघाएको छ । आयोजनाले सातवटै वडामा चोरी सिकारी निरुत्साहित गर्ने कार्यक्रम गर्दै आएको आयोजना प्रमुख नरेन्द्र लामाले जानकारी दिए । उनका अनुसार अहिंसा अभियानलाई राष्ट्रियस्तरमै प्रचारप्रसार गर्न सहयोग गर्ने कार्यक्रम छ । अन्नपूर्णपोष्टबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खेलकुदले मनस्थितिलाई स्वस्थ बनाउछ : स्वास्थ्य मन्त्री बस्नेत
खेलकुदले मनस्थितिलाई स्वस्थ बनाउछ : स्वास्थ्य मन्त्री बस्नेत
ओलीको गृहजिल्लामा दोहोरियो भरतपुर काण्ड! अर्जुनधारा २ मा पुनःमतगणनाको माग
ओलीको गृहजिल्लामा दोहोरियो भरतपुर काण्ड! अर्जुनधारा २ मा पुनःमतगणनाको माग
यसरी काठमाडौं भित्र्याइयो मरेका खसीबोका
यसरी काठमाडौं भित्र्याइयो मरेका खसीबोका
मंसीरमा उपनिर्वाचन कति संभव ?
मंसीरमा उपनिर्वाचन कति संभव ?
खानेपानी मन्त्री पुग्दा परिवारमा रुवाबासी !
खानेपानी मन्त्री पुग्दा परिवारमा रुवाबासी !
अवरुद्ध संसद्को समयको कुनै पनि सेवा सुविधा नलिने रास्वपाको घोषणा
अवरुद्ध संसद्को समयको कुनै पनि सेवा सुविधा नलिने रास्वपाको घोषणा
भारतले जडीबुटी निकासीमा जिएसटी लगाएपछि नेपाली जडीबुटी व्यवसायी समस्यामा
भारतले जडीबुटी निकासीमा जिएसटी लगाएपछि नेपाली जडीबुटी व्यवसायी समस्यामा
महरा सभामुख बन्दा माओवादीनिकट पत्रकारहरुमा घम्साघम्सी, रातोपाटीलाई प्रतिपक्षको यस्तो काउन्टर
महरा सभामुख बन्दा माओवादीनिकट पत्रकारहरुमा घम्साघम्सी, रातोपाटीलाई प्रतिपक्षको यस्तो काउन्टर
A great Avast Ant-virus Review
भिजिट भिसामा विदेश जानेहरूको गुनासो सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन
भिजिट भिसामा विदेश जानेहरूको गुनासो सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन

तपाईंले छुटाउनुभयो कि?