मिडियाबाट टाढै बस्न प्रम ओलीको मन्त्रीहरुलाई निर्देशन
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई जथाभावी सरकारका निर्णयहरु बाहिर नचुहाउन कडा निर्देशन दिएका छन् ।
- आज ९मंगलबार० बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् ।
- पछिल्लो समय सरकारका निर्णयहरु एकपछि अर्को गरेर विवादमा पर्न थालेपछि प्रधानमन्त्री ओलीले आज मन्त्रीहरुलाई यस्तो निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई जथाभावी सरकारका निर्णयहरु बाहिर नचुहाउन कडा निर्देशन दिएका छन् । आज ९मंगलबार० बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् । पछिल्लो समय सरकारका निर्णयहरु एकपछि अर्को गरेर विवादमा पर्न थालेपछि प्रधानमन्त्री ओलीले आज मन्त्रीहरुलाई यस्तो निर्देशन दिएका हुन् ।
स्वास्थ्य सामग्री खरिद गर्न नेपाली सेनालाई जिम्मेवार दिने तयारी गर्दै गर्दा त्यो निर्णय हुनुभन्दा अघि नै मिडियामा सूचना चुहाएकोमा प्रधानमन्त्री ओली रुष्ट थिए । उनले मन्त्रीहरुले जथाभावी सूचना प्रवाह गरे ती मन्त्रीहरुको समेत निगरानी गरिने कडा चेतावनी दिएका छन् । सरकारका सूचनामात्रै नभएर पार्टीका छलफलका विषय र निर्णयपनि मिडियामा बाहिरिएकोमा ओली असन्तुष्ट छन् ।
उनले सचिवालय बैठकका छलफलका विषयसमेत मिडियामा तुरुन्तै बाहिरिने गरेकोमा असन्तुष्टी पोखेको स्रोतको दाबी छ । निर्णय हुनुभन्दा अघि कुनैपनि कुरा बाहिर नल्याउन ओलीले पार्टी र सरकारका मन्त्रीहरुलाई निर्देशन दिएको बुझिएको छ ।
प्रतिक्रिया