मिसेस नेपाल वल्र्ड २०२३ को खोजी सुरु

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, श्रावण २६, २०८०
|
|
५० पटक हेरिएको
Shares
मिसेस नेपाल वल्र्ड २०२३ को खोजी सुरु

सारांश

  • काठमाडौं ।
  • ‘मिसेस नेपाल वल्र्ड २०२३’ हुने भएको छ ।
  • मिसेस वल्र्ड २०२३ की विजेताले अमेरिकामा चाँडै आयोजना हुने मिसेस वल्र्डमा नेपालका तर्फबाट भाग लिनेछिन् ।

काठमाडौं । ‘मिसेस नेपाल वल्र्ड २०२३’ हुने भएको छ । मिसेस वल्र्ड २०२३ की विजेताले अमेरिकामा चाँडै आयोजना हुने मिसेस वल्र्डमा नेपालका तर्फबाट भाग लिनेछिन् । सोही प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै पठाउन रिबन इन्टरटेनमेन्टले गत वर्षबाट मिसेस नेपाल वल्र्ड प्रतियोगिता सुरु गरेको हो ।

पहिलोपटक मिसेस नेपाल वल्र्डकी विजेताले गत डिसेम्बरमा अमेरिकामा सम्पन्न मिसेस वल्र्डमा नेपालका तर्फबाट प्रतिनिधित्व गरिन् । विवाहित नारीको सबैभन्दा ठुलो सौन्दर्य प्रतियोगिता मिसेस वल्र्डमा नेपालले आफ्नो मिसेस नेपाल वल्र्ड पठाउने अवसर गत वर्षबाट पाएको मिसेस नेपाल वल्र्डका आयोजक निशुकान्त झाले राजधानीलाई बताए । मिसेस नेपाल वल्र्डको यो वर्षको प्रतियोगिताका लागि आवेदन खुला गरिएको पनि आयोजक निशुकान्त झाले जानकारी गराएका छन् ।

‘विगत झैं यस वर्ष पनिमिसेस नेपाल वल्र्डको विजेताले अमेरिकामा हुने मिसेस वल्र्डमा नेपालका तर्फबाट सहभागिता जनाउने अवसर प्राप्त गर्नेछिन् । मिसेस नेपाल वल्र्डसँगै सोही स्टेजमा मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधि विजेता पनि चयन गरिनेछ,’ निशुकान्तले राजधानीलाई भने ।

निशुकान्तका अनुसार मिसेस नेपाल वल्र्डको विजेतालाई आगामी २०२३ को अन्तिममा अमेरिकाको लसभेगासमा हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वल्र्डमा नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने अवसर मिलाइएको छ । त्यसैगरी, मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनलको विजेतालाई सिंगापुरमा हुने मिसेस इन्टरनेसनलमा सहभागिताका लागि अवसर मिलाइएको छ ।

यी तीनै उपाधिको प्रतियोगिताका लागि आगामी भाद्र १६ गते नयाँबानेश्वरस्थित अर्याल इन्टरनेसनल होटलमा अडिसन हुने पनि उनले बताए ।

अडिसनबाट चयन भई प्रतियोगितामा सहभागी विवाहित सुन्दरीलाई अश्विनी झाले कोरियोग्राफी गर्नेछन् । गंगा महर्जन र सम्राट शाहको संयोजनमा हुने प्रतियोगिताको प्रशिक्षण आगामी भाद्र १८ गतेदेखि नयाँबानेश्वरस्थित अर्याल इन्टरनेसनल होटलमा हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले माओवादी एकता- सिद्धान्तका कुरा महाधिवेशनबाट टुंगो लगाइने
एमाले माओवादी एकता- सिद्धान्तका कुरा महाधिवेशनबाट टुंगो लगाइने
गोरखाको सामागाउँ जङ्गलमा आगलागी
गोरखाको सामागाउँ जङ्गलमा आगलागी
गोलनजोर–१ वडाध्यक्षमा माओवादी केन्द्रका सुनुवार विजयी
गोलनजोर–१ वडाध्यक्षमा माओवादी केन्द्रका सुनुवार विजयी
बाढी पहिरो (अपडेट) : अहिलेसम्म ३० जनाको मृत्यु, ४ बेपत्ता
बाढी पहिरो (अपडेट) : अहिलेसम्म ३० जनाको मृत्यु, ४ बेपत्ता
सिटौलाले गरे प्रचण्डको प्रशंसै प्रशंसा, देउवाको आलोचना गरेर थाकेनन् (भिडियोसहित)
सिटौलाले गरे प्रचण्डको प्रशंसै प्रशंसा, देउवाको आलोचना गरेर थाकेनन् (भिडियोसहित)
अस्थायी राजधानी र प्रदेश प्रमुख तत्काल तोक्न मधेशवादी दलको माग
अस्थायी राजधानी र प्रदेश प्रमुख तत्काल तोक्न मधेशवादी दलको माग
११ चिनियाँ सैन्य विमान ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश
११ चिनियाँ सैन्य विमान ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश
चितवनमा रवि लामिछानेको अग्रता निरन्तर
चितवनमा रवि लामिछानेको अग्रता निरन्तर
आज जेठ १० गतेको राशीफल यस्तो छ, थाहा पाउनुस्
महाराजगन्जमा भयानक दुर्घटना : मोटरसाइकल चालकको टाउकोको आधा भाग नै काटियो
महाराजगन्जमा भयानक दुर्घटना : मोटरसाइकल चालकको टाउकोको आधा भाग नै काटियो

तपाईंले छुटाउनुभयो कि?