मिस वल्र्ड: श्रृङ्खला खतिवडालाइ भाेट गर्ने समय थप
सारांश
- काठमाडौं, १४ मंसिर ।
- मिस वल्र्डमा ‘हेड टु हेड च्यालेन्ज’ का लागि भोट गर्ने अवधि दुई दिन थप भएको छ ।
- यसअघि २८ नोभेम्बरसम्म भनिएकोमा अब ३० नोभेम्बरसम्म भोट गर्न पाइनेछ ।
काठमाडौं, १४ मंसिर । मिस वल्र्डमा ‘हेड टु हेड च्यालेन्ज’ का लागि भोट गर्ने अवधि दुई दिन थप भएको छ । यसअघि २८ नोभेम्बरसम्म भनिएकोमा अब ३० नोभेम्बरसम्म भोट गर्न पाइनेछ ।
भोटिङमा अहिलेसम्म नेपालकी श्रृङ्खला खतिवडा अग्रस्थानमा छिन् । मल्टिमिडिया अवार्ड र हेड टु हेड च्यालेन्जका लागि पब्लिक भोट आवश्यक हुन्छ ।
मल्टिमिडिया अवार्ड जितेमा श्रृङ्खला छोटो बाटोबाट फाइनल राउन्ड (टप ३००) मा प्रवेश गर्न सक्छिन् । हेड टु हेड च्यालेन्जमा पनि उनी आफ्नो समूहमा प्रथम भए दोस्रो राउन्डमा जानेछिन् । दोस्रो राउन्डमा अन्य २० समूहका विजेताहरुसँग उनले प्रतिस्पर्धा गर्नुपर्ने छ । जसबाट १० जना फाइनल राउण्डका लागि छानिने छन् । ‘अहिलेसम्मकै कीर्तिमानी संख्यामा भोटिङ भइरहेको अवस्थामा सबैले भोट हाल्ने मौका पाउन् भनेर हामीले ३० नोभेम्बर बेलुकी ५ बजेसम्मलाई भोटिङ अवधि लम्ब्याएका छौं’, मिस वल्र्डको आधिकारिक फेसबुक पेजमा लेखिएको छ ।
प्रतिक्रिया