मुख्यमन्त्री कार्कीले भने : बैंकिङ नीतिका कारण व्यवसायी टाँट पल्टिँदैछन्

Abhiyanpost Abhiyanpost
|
शनिबार, माघ २१, २०७९
|
|
५७ पटक हेरिएको
Shares
मुख्यमन्त्री कार्कीले भने :  बैंकिङ नीतिका कारण व्यवसायी टाँट पल्टिँदैछन्

सारांश

  • उर्लाबारी ।
  • प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बैंकिङ नीतिका कारण व्यवसायी टाँट पल्टने अवस्थामा पुगेको बताएका छन् ।
  • उनले आज मोरङको उर्लाबारीस्थित उर्लाबारी उद्योग वाणिज्य सङ्घको आयोजनामा सञ्चालित प्रादेशिक औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवमा भने, “व्यवसायी ब्याजकै कारण भौँतारिनुपर्ने अवस्थाको सिर्जना भएको छ, बैंकिङ नीतिमा सुधार गरियोस् ।

उर्लाबारी । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बैंकिङ नीतिका कारण व्यवसायी टाँट पल्टने अवस्थामा पुगेको बताएका छन् । उनले आज मोरङको उर्लाबारीस्थित उर्लाबारी उद्योग वाणिज्य सङ्घको आयोजनामा सञ्चालित प्रादेशिक औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवमा भने, “व्यवसायी ब्याजकै कारण भौँतारिनुपर्ने अवस्थाको सिर्जना भएको छ, बैंकिङ नीतिमा सुधार गरियोस् ।”

पछिल्लो समय बैंकमा सञ्चिती बढ्दै गएको उल्लेख गर्दै मन्त्री कार्कीले बैंकले राम्रा नीति बनाउने, राष्ट्र बैंकले राम्रो मौद्रिक नीति ल्याउने हो भने हाम्रो मुलुक आर्थिकरूपले विपन्न हुने दाबी गरे। उनले व्यापारीले चर्को ब्याज तिर्नुपर्ने अवस्था आएको भन्दै यस्तो अवस्थामा सुधार हुनुपर्नेमा जोड दिए ।

माघ २९ गतेसम्म सञ्चालन हुने महोत्सवमा नेपाललगायत भारत, पाकिस्तान र बङ्गलादेशका गरी एक सय ७० स्टल राखिएको महोत्सव आयोजक समितिका संयोजक चन्द्रबहादुर भट्टराईले जानकारी गराउनुभयो । यस क्षेत्रको व्यापार, व्यवसायलाई चलायमान बनाउन महोत्सव आयोजना गरिएको भट्टराईको तर्क छ ।

उद्घाटन कार्यक्रममा मुख्यमन्त्री कार्कीसहित प्रदेश सांसद उमाकान्त गौतम, शोभा चेम्जोङ पालुङ्वा, उर्लाबारी नगरपालिकाका प्रमुख गङ्गाप्रसाद खरेल, पूर्वसांसद घनश्याम खतिवडा, विर्तामोड उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कुमार भट्टराई, जसपा नेपाल उर्लाबारीका अध्यक्ष मात्रिका धिमाल, सहकारी सञ्जाल उर्लाबारीका अध्यक्ष सीता कार्कीलगायतले शुभकामना मन्तव्य राखेका थ्एि ।

सो अवसरमा उर्लाबारीमा रहेका १७ जनजातिका सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरिएको थियो । नौ दिनसम्म सञ्चालन हुने महोत्सवमा दुई लाख दर्शकले अवलोकन गर्ने र रु २५ करोडको कारोबार हुने अपेक्षा गरिएको आयोजक उर्लाबारी उद्योग वाणिज्य सङ्घका अध्यक्ष शेरबहादुर भण्डारीले बताए ।

उत्पादक र उपभोक्ताबीच सुमधुर सम्बन्ध कायम गर्ने हेतुले आयोजना गर्न लागिएको महोत्सवमा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगका अतिरिक्त विदेशका वस्तु र पहाडी जिल्लाका खनिजजन्य, स्थानीय कृषिजन्य र अन्य उत्पादनका स्टल राखिएको महोत्सवका सहसंयोजक प्रितम खड्गीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरी को कडोरोवा चोकबाट उदयपुरका युवाहरु पक्राउ
सप्तरी को कडोरोवा चोकबाट उदयपुरका युवाहरु पक्राउ
विश्वभर तेलको मूल्य बढ्ने विश्व बैँकको आँकलन
विश्वभर तेलको मूल्य बढ्ने विश्व बैँकको आँकलन
उपत्यकामा सिसी क्यामराबाट निगरानी बढाइँदै, थप क्यामरा जडानका गर्न प्रहरीले आवश्यक प्रक्रिया थाल्यो
उपत्यकामा सिसी क्यामराबाट निगरानी बढाइँदै, थप क्यामरा जडानका गर्न प्रहरीले आवश्यक प्रक्रिया थाल्यो
आज निफ्रासहित यी १० कम्पनीको कारोबार उच्च
आज निफ्रासहित यी १० कम्पनीको कारोबार उच्च
‘मैथिली भाषालाई कमजोर बनाउन हिन्दीमा सपथ’, भाषा विवाद
‘मैथिली भाषालाई कमजोर बनाउन हिन्दीमा सपथ’, भाषा विवाद
प्रविधिमैत्री सेवा प्रवाहका लागि अभिमुखीकरण
प्रविधिमैत्री सेवा प्रवाहका लागि अभिमुखीकरण
स्थानीय तहको चुनावबाट निर्वाचित जनप्रतिनिधिको ५ वर्षे कार्यकाल इतिहासमा उल्लेखनीय हुनुपर्छ – केपी शर्मा ओली
स्थानीय तहको चुनावबाट निर्वाचित जनप्रतिनिधिको ५ वर्षे कार्यकाल इतिहासमा उल्लेखनीय हुनुपर्छ – केपी शर्मा ओली
काठमाडौं क्षेत्र नम्बर ४ मा गगनको अग्रता !
काठमाडौं क्षेत्र नम्बर ४ मा गगनको अग्रता !
नेपाल अण्डर–१९ विश्वकपबाट बाहिरियो
नेपाल अण्डर–१९ विश्वकपबाट बाहिरियो
कोहलपुरमा महावीर ओलीमाथि गोली प्रहार, मिस फायर भएकाले बाँच्न सफल
कोहलपुरमा महावीर ओलीमाथि गोली प्रहार, मिस फायर भएकाले बाँच्न सफल

तपाईंले छुटाउनुभयो कि?