स्थानीय तहको चुनावबाट निर्वाचित जनप्रतिनिधिको ५ वर्षे कार्यकाल इतिहासमा उल्लेखनीय हुनुपर्छ – केपी शर्मा ओली

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आषाढ ३०, २०७४
|
|
६२ पटक हेरिएको
Shares
स्थानीय तहको चुनावबाट निर्वाचित जनप्रतिनिधिको ५ वर्षे कार्यकाल इतिहासमा उल्लेखनीय हुनुपर्छ – केपी शर्मा ओली

सारांश

  • काठमाडौं, असार ३० – पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको चुनावबाट निर्वाचित जनप्रतिनिधिको ५ वर्षे कार्यकाल इतिहासमा उल्लेखनीय हुनुपर्ने बताउनुभएको छ ।
  • संघीय, प्रदेश र स्थानीय गरी तीन तहका सरकारले लोकतन्त्र, विकास र संमृद्धिको लागि महत्वपूर्ण काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
  • काठमाडौं महानगरपालिकाको प्रथम नगरसभालाई उद्घाटन गर्दै उहाँले महानगर, उपमहानगर, नगर र गाउँपालिकाले सहकार्य गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।

काठमाडौं, असार ३० – पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको चुनावबाट निर्वाचित जनप्रतिनिधिको ५ वर्षे कार्यकाल इतिहासमा उल्लेखनीय हुनुपर्ने बताउनुभएको छ ।
संघीय, प्रदेश र स्थानीय गरी तीन तहका सरकारले लोकतन्त्र, विकास र संमृद्धिको लागि महत्वपूर्ण काम गर्ने विश्वास व्यक्त गर्नुभयो । काठमाडौं महानगरपालिकाको प्रथम नगरसभालाई उद्घाटन गर्दै उहाँले महानगर, उपमहानगर, नगर र गाउँपालिकाले सहकार्य गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।

विकासमा अझै पनि पछाडि परेकोमा ओलीले टिटी बलसँग तुलना गर्नुभयो । उहाँले भन्नुभयो ‘जे मा पनि हामी पछाडि पर्ने ? टेवल टेनिसको बल कत्रो हुन्छ र ?

त्यो फ्याक्न पनि नेपाली फस्ट हुन नसक्ने/नपाउने ? बोक्न नसक्ने पनि होइन, हान्न नसक्ने पनि होइन अझ नेपाली अगाडि नलागिकन कोही पनि सगरमाथा चढ्न सक्दैन । बिना अक्सिजन सगरमाथा चढ्न सक्ने, ८/८ घण्टामा चुचुरोमा पुग्ने तर टिटी बलमा पछाडि पर्ने । यो अब हुँनै सक्दैन । हरेक क्षेत्रमा नेपाली अगाडि बढ्नुपर्छ ।

२ नम्वर बाहेक अरु प्रदेशमा पहिलो र दोस्रो चरणमा चुनाव भैसक्यो जनप्रतिनिधि आइसक्नुभएको छ । २ नम्बरमा पनि तेस्रो चरणमा चुनाव हुँदैछ । पहिलो चरणमा चुनाव भएको भरतपुर महानगरमा मात्रै अपवाद भयो उहाँले भन्नुभयो ‘मत गनेको गन्यै छ । भ्याउनै गाह्रो भयो ।’

स्थानीय तह मध्ये राजधानी महानगर भएकाले काठमाडौं महानगरले सहकार्यको सन्देश दिनुपर्ने भन्दै उहाँले निर्वाचित मेयर, उपमेयर, वडाअध्यक्ष, सदस्य र कार्मचारीले मिलेर काम गर्नुपर्ने बताउनुभयो ।

सामाजिक न्याय र समानतालाई पनि जनप्रतिनिधिले प्राथमिकतामा राख्नुपर्ने भन्दै ओलीले भन्नुभयो ‘जाँड खाएर कसैले श्रीमती कुटिरहेको छ, घरघर दिमाग–दिमागमा फोहोर छ भने सडक चौडा पार्दैमा र चोक सफा राख्दैमा विकासको अर्थ हुँदैन ।’

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मध्यपूर्व भोट बैंक मात्र होइनः एनआरएनए अध्यक्ष प्रत्यासी आरके शर्मा
मध्यपूर्व भोट बैंक मात्र होइनः एनआरएनए अध्यक्ष प्रत्यासी आरके शर्मा
सात दिनसम्म आइसोलेशनमा बस्न आग्रह
सात दिनसम्म आइसोलेशनमा बस्न आग्रह
साढे ३३ किलो सुन प्रकरण: बाजेको सेकुवाको ६ वटा शाखामा छापा मारेर शिलबन्दी !
‘लव आजकल’मा कैची
‘लव आजकल’मा कैची
‘अरु कुरा थाहा छैन, प्रधानमन्त्री म आफैँ बन्छु’ : प्रधानमन्त्री देउवा
‘अरु कुरा थाहा छैन, प्रधानमन्त्री म आफैँ बन्छु’ : प्रधानमन्त्री देउवा
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री,राष्ट्रप्रमुखमा राष्ट्रिय एकताको प्रतिक राजसंस्था र स्थानिय स्वायत्त शासन प्रणालीवारे बहस गरौं : कमल थापा
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री,राष्ट्रप्रमुखमा राष्ट्रिय एकताको प्रतिक राजसंस्था र स्थानिय स्वायत्त शासन प्रणालीवारे बहस गरौं : कमल थापा
सबै नीतिमा स्वास्थ्यलाई समावेश गर्ने १५औँ योजनाको लक्ष्य
सबै नीतिमा स्वास्थ्यलाई समावेश गर्ने १५औँ योजनाको लक्ष्य
केसीले अस्वीकार गरे  सैनिक अस्पताल जान
केसीले अस्वीकार गरे सैनिक अस्पताल जान
सरकारकाे एकै निर्णयमा पद गुमाउदै विकासबोर्डकि अध्यक्ष निकिता देखि प्राधिकरणका सीइयाे भुषाल सम्म (हेर्नुहोस अरु को-को)
सरकारकाे एकै निर्णयमा पद गुमाउदै विकासबोर्डकि अध्यक्ष निकिता देखि प्राधिकरणका सीइयाे भुषाल सम्म (हेर्नुहोस अरु को-को)
दुईदिनदेखीको अविरल वर्षाका कारण उत्तरी धादिङमा पहिरो: सात घर पुरियो, १२ घर उच्च जोखिममा
दुईदिनदेखीको अविरल वर्षाका कारण उत्तरी धादिङमा पहिरो: सात घर पुरियो, १२ घर उच्च जोखिममा

तपाईंले छुटाउनुभयो कि?