मुद्दा मिलाइदिने भन्दै अदालतका सुब्बाले ५ लाख घुस लिएपछि…
सारांश
- काठमाडौं ।
- काठमाडौं जिल्ला अदालतमा कार्यरत नायव सुब्बा भोलानाथ चालिसेले सवारी ज्यान मुद्दामा सजिलो बनाइदिने भन्दै सेवाग्राहीसँग घुस मागेर लिँदै गर्दा पक्राउ परेका छन् ।
- उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालबाट खटिएको टोलीले चालिसेलाई सेवाग्राहीसँग ५ लाख रुपैयाँ घुसबापत रकम लिइसकेको बेलामा पक्रेको हो ।
काठमाडौं । काठमाडौं जिल्ला अदालतमा कार्यरत नायव सुब्बा भोलानाथ चालिसेले सवारी ज्यान मुद्दामा सजिलो बनाइदिने भन्दै सेवाग्राहीसँग घुस मागेर लिँदै गर्दा पक्राउ परेका छन् ।
उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालबाट खटिएको टोलीले चालिसेलाई सेवाग्राहीसँग ५ लाख रुपैयाँ घुसबापत रकम लिइसकेको बेलामा पक्रेको हो ।
बिहिबार उनलाई वन कार्यालय परिसर बबरमहल काठमाडौंबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया