मुलुकलाई हिन्दुराष्ट्र घोषणा गर्न माग गर्दै राप्रपाले बुझायाे प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Abhiyanpost Abhiyanpost
|
मंगलबार, फाल्गुन ७, २०७५
|
|
५२ पटक हेरिएको
Shares
मुलुकलाई हिन्दुराष्ट्र घोषणा गर्न माग गर्दै राप्रपाले बुझायाे प्रधानमन्त्रीलाई ज्ञापनपत्र

सारांश

  • काठमाडौं।
  • राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न २२ बुँदे माग राखी प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाएको छ।
  • मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा राप्रपा अध्यक्ष कपल थापा नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीले २२ बुँदे ज्ञापनपत्र बुझाएको हो।
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न २२ बुँदे माग राखी प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाएको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा राप्रपा अध्यक्ष कपल थापा नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीले २२ बुँदे ज्ञापनपत्र बुझाएको हो। राप्रपाले संविधानमा उल्लेख भएको धर्मनिरपेक्षता खारेज गरी पूर्ण धार्मिक स्वतन्त्रतासहितको मुलुकलाई हिन्दुराष्ट्र घोषणा गर्न माग गरेको छ।
यसैगरी राप्रपाले राजसंस्था सहित सबै राजनीतिक शक्तिहरु अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र कायम गर्न अविलम्व सर्वपक्षीय गोलमेच सम्मेलन गर्न माग गरेको छ। 
संघीयता बारे जनताको प्रत्यक्ष अभिमत बुझ्न राष्ट्रिय जनमत संग्रह गर्न पनि राप्रपाले माग गरेको छ।
देश टुक्र्याउन चाहने विखण्डनकारी तत्वलाई कडाईका साथ नियन्त्रण गरि राष्ट्रिय अखण्डता सुदृढ बनाउन राप्रपाले प्रधानमन्त्रीसँग माग गरेको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।
यसैगरी संगठीत रुपमा लोभ लालच देखाएर र भ्रम सिर्जना गरेर जवर्जस्ती धर्म परिवर्तन गराउने काम भइरहेको भन्दै राप्रपाले  त्यस्तो काम तत्काल नियन्त्रण  गर्न तथा  धर्म परिवर्तनमा संलग्न गैर सरकारी संस्थाहरुलाई बन्द गराउन माग गरेको छ।
यसैगरी बेरोजगारी समस्या समाधानको निमित्त अल्पकालिन तथा दीर्घकालिन कार्ययोजना कार्यान्वयन 
गर्न राप्रपाले माग गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देश र जनताको हितमा काम गर्दा पार्टीभन्दा माथि उठ्नुपर्ने हुन्छ, हामी रबर स्ट्याम्प होइनौँ : निरु पाल
देश र जनताको हितमा काम गर्दा पार्टीभन्दा माथि उठ्नुपर्ने हुन्छ, हामी रबर स्ट्याम्प होइनौँ : निरु पाल
आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?
आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?
नक्कली कागजात बनाएको आरोपमा क्यारेभियन नागरिक पक्राउ
नक्कली कागजात बनाएको आरोपमा क्यारेभियन नागरिक पक्राउ
रोल्पा त्यसै रोल्पा भएको होइन, अध्यक्षलाई रोल्पाको साथ रोल्पामाथि अध्यक्षको विश्वासः सभामुख महरा
रोल्पा त्यसै रोल्पा भएको होइन, अध्यक्षलाई रोल्पाको साथ रोल्पामाथि अध्यक्षको विश्वासः सभामुख महरा
डिभि परेका नेपाली अमेरिकामा निर्वाचित
डिभि परेका नेपाली अमेरिकामा निर्वाचित
कम्बोडिया निर्वाचनमा पनि इयुकाे असन्तुष्टि, विश्वसनीयताको अभाव भएको  अाराेप
कम्बोडिया निर्वाचनमा पनि इयुकाे असन्तुष्टि, विश्वसनीयताको अभाव भएको अाराेप
मिल्यो आईजीपी भागबण्डा : काँग्रेसको भागमा जनपद, माओवादीलाई सशस्त्र
मिल्यो आईजीपी भागबण्डा : काँग्रेसको भागमा जनपद, माओवादीलाई सशस्त्र
गाजा र चरेस सहित दुई युवक पक्राउ
गाजा र चरेस सहित दुई युवक पक्राउ
स्याउको बजार मूल्य घट्दो क्रममा
स्याउको बजार मूल्य घट्दो क्रममा
जिल्लाकै सबभन्दा जेठो नगरपालिकामा खुला दिसामुक्त हुन सकेन
जिल्लाकै सबभन्दा जेठो नगरपालिकामा खुला दिसामुक्त हुन सकेन

तपाईंले छुटाउनुभयो कि?