मेरो बदनम गराउने समितिलाई २७ गते जवाफ दिन्छुः मन्त्री पण्डित

Abhiyanpost Abhiyanpost
|
आइतबार, जेठ २६, २०७६
|
|
४७ पटक हेरिएको
Shares

सारांश

  • समितिलाई लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापनका विषयमा सरकारको धारणा बुझ्न दोस्रो पटक बोलाएको बैठकमा मन्त्री लालबाबु पण्डित अनुपस्थित भएपछि राज्यव्यवस्था तथा सुशासन समितिका बैठक २७ गतेसम्मका लागि स्थगीत भएको थियो ।
  • मन्त्री पण्डितले प्राइम टाइम्स टेलिभिजनमार्फत बैठकमा उपस्थित नभएको कारण सार्वजनिक गरेका छन् ।
  • समितिले आफूलाई जानकारी नगराई जबरजस्ती बैठक राखेर अनुपस्थित भएको हल्ला फिँजाएको मन्त्री पण्डितले दावी गरेका छन् ।

समितिलाई लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापनका विषयमा सरकारको धारणा बुझ्न दोस्रो पटक बोलाएको बैठकमा मन्त्री लालबाबु पण्डित अनुपस्थित भएपछि राज्यव्यवस्था तथा सुशासन समितिका बैठक २७ गतेसम्मका लागि स्थगीत भएको थियो । मन्त्री पण्डितले प्राइम टाइम्स टेलिभिजनमार्फत बैठकमा उपस्थित नभएको कारण सार्वजनिक गरेका छन् । समितिले आफूलाई जानकारी नगराई जबरजस्ती बैठक राखेर अनुपस्थित भएको हल्ला फिँजाएको मन्त्री पण्डितले दावी गरेका छन् ।

शुक्रबार साझँ बसेको समिति बैठकमा पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित अनुपस्थित भएपछि बैठक आगामी २७ गतेसम्मका लागि स्थगित गरिएको थियो । आगामी २७ गते पनि मन्त्री उपस्थीत नभए लोक सेवा आयोगले हालै खोलेको बिज्ञापन रद्द गर्न निर्देशन दिने चेतावनी समितिले दिएको थियो ।

मन्त्री अनुपस्थितीले समितिका सांसदहरु निकै रुष्ट बनेका छन् । समितिको मत्वपूर्ण बैठकमा मन्त्री किन उपस्थित हुनुभएन भनेर हामीले लालबाबु पण्डितसँग कुराकानी गयौँ । कुराकानीका क्रममा मन्त्री पण्डितले समितिले आफूलाई जानकारी नै नगराई बैठक राखेर अनावश्यक हल्ला फिँजाएको गुनासो गरे । आफ्नो व्यस्ततालाई पनि नबुझि एकतर्फी रुपमा बैठक बोलाइएको मन्त्री पण्डितको आरोप छ ।

लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापनका विषयमा आफू जवाफ दिन तयार रहेको पनि मन्त्री पण्डितले बताए । प्रश्नको सामना गर्न नसकेर उपस्थित नभएको भन्ने हल्लाको खण्डन गर्दै मन्त्री पण्डितले आगाी २७ गतेको बैठकमा उपस्थित भएर त्यहाँ उठेका सबै प्रश्नको जवाफ दिने प्रतिवद्धता व्यक्त गरे ।

मन्त्री पण्डितले लोक सेवा आयोगले स्थानीय तहको लागी खुलाएको विज्ञापन विवादित बनाउनु पर्ने कुनै कारण नभएको पनि दावी गरे । विज्ञान संविधान र कानुन अनुसार नै भएको उनको जिकिर छ । विज्ञापनसम्बन्धमा सरोकार नै नभएका व्यक्तिहरुले अनावश्यक बखेडा झिकेको भन्दै उनले भर्ना प्रक्रिया रद्ध नगरिने स्पष्ट पारे ।

आयोगले दरखास्त आव्हान गर्दा समावेशी समानुपातिक प्रतिनिधित्वलाई लत्याएको भन्दै विरोध भइरहेको छ । सोही विषयमा लगातार पाँच दिनदेखि राज्य व्यवस्था समितिको बैठक बसिरहेको छ । तर मन्त्री पण्डित शुक्रबारको तीन पटकको बैठकमा नगएपछि आलोचना भएको थियो । आयोगले गत साता ५ सय १५ स्थानीय तहका विभिन्न पदका लागि ९ हजार १ सय ६१ कर्मचारी माग गर्दै विज्ञापन गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जाजरकोटमा ७२ प्रतिशत मतदान
जाजरकोटमा ७२ प्रतिशत मतदान
निर्मला हत्या प्रकरण : डिएनए नमिले विशेष अनुसन्धान टोली गठन
निर्मला हत्या प्रकरण : डिएनए नमिले विशेष अनुसन्धान टोली गठन
तराई पहाड जोड्ने छोटो पहुँच मार्ग बन्यो
तराई पहाड जोड्ने छोटो पहुँच मार्ग बन्यो
ममर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्दछ : राष्ट्रपति पौडेल
ममर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्दछ : राष्ट्रपति पौडेल
भोट हालेर घर नफर्केका पुरुष मृत अवस्थामा फेलापरेका छन् ।
भोट हालेर घर नफर्केका पुरुष मृत अवस्थामा फेलापरेका छन् ।
इराकमा केन्द्रित भयो अमेरिका(इरान द्धन्द्ध)
इराकमा केन्द्रित भयो अमेरिका(इरान द्धन्द्ध)
सरकारले गरेका राम्रा कामबाट अत्तालिएर राष्ट्रिय एकता हुन नदिने षड्यन्त्र भयो स् प्रधानमन्त्री ओली
सरकारले गरेका राम्रा कामबाट अत्तालिएर राष्ट्रिय एकता हुन नदिने षड्यन्त्र भयो स् प्रधानमन्त्री ओली
उदयपुरको त्रियुगा नगरपालिकाभित्र विद्युतीय समस्या, सरोकारवाला मौन
उदयपुरको त्रियुगा नगरपालिकाभित्र विद्युतीय समस्या, सरोकारवाला मौन
चितवनमा रवि लामिछानेका समर्थकले गरे नाराबाजी
चितवनमा रवि लामिछानेका समर्थकले गरे नाराबाजी
ड्रममा महिलाको शव भेटिएपछि अमेरिकी नागरिक पक्राउ
ड्रममा महिलाको शव भेटिएपछि अमेरिकी नागरिक पक्राउ

तपाईंले छुटाउनुभयो कि?