मेसीले जिते फिफा बर्ष खेलाडीको उपाधि

Abhiyanpost Abhiyanpost
|
मंगलबार, माघ २, २०८०
|
|
३४ पटक हेरिएको
Shares
मेसीले जिते फिफा बर्ष खेलाडीको उपाधि

सारांश

  • काठमाडौं।
  • लियोनेल मेसीले फिफा बर्ष खेलाडीको अवार्ड जितेका छन्।
  • गएराति लण्डनमा आयोजित फिफाको बार्षिक कार्यक्रममा मेसीलाई २०२३ को बर्ष खेलाडीको उपाधि दिइएको हो।

काठमाडौं। लियोनेल मेसीले फिफा बर्ष खेलाडीको अवार्ड जितेका छन्। गएराति लण्डनमा आयोजित फिफाको बार्षिक कार्यक्रममा मेसीलाई २०२३ को बर्ष खेलाडीको उपाधि दिइएको हो।

मेसीले किलीयन एम्बाप्पे र इर्लिंग हालाण्डलाई पछि पार्दै फिफाको बर्ष खेलाडीको अवार्ड जितेका हुन्। मेसीले यस अघि २०२३ को बेलुन डो अर अवार्ड जितेपछि फिफा बर्ष खेलाडीको अवार्ड समेत जितेका छन्।

उनले यसअघि २०१९ र २०२२ मा पनि फिफाको बर्ष खेलाडीको अवार्ड जितेका थिए। त्यसैगरी स्पेनकी ऐटाना बोनमाटीले फिफा महिला बर्ष खेलाडीको अवार्ड जितेकी छन्।

त्यस्तै म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गुआर्डिओलाले फिफाको बर्ष प्रशिक्षकको अवार्ड जितेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?