मेस्सीको बार्सिलोना उपाधि नजिक

Abhiyanpost Abhiyanpost
|
आइतबार, बैशाख ८, २०७६
|
|
५७ पटक हेरिएको
Shares
मेस्सीको बार्सिलोना उपाधि नजिक

सारांश

  • काठमाडौं।
  • स्पेनिश ला लिगा फुटबलमा लियोनल मेस्सीको बार्सिलोना उपाधि नजिक पुगेको छ ।
  • शनिबार रातिको खेलमा रियाल सोसिडाडमाथि घरेलु मैदान नोउ क्याम्पमा २–१ गोल अन्तरको जित निकालेसंगै बार्सिलोना उपाधि नजिक पुगको हो ।
काठमाडौं। स्पेनिश ला लिगा फुटबलमा लियोनल मेस्सीको बार्सिलोना उपाधि नजिक पुगेको छ ।
शनिबार रातिको खेलमा रियाल सोसिडाडमाथि घरेलु मैदान नोउ क्याम्पमा २–१ गोल अन्तरको जित निकालेसंगै बार्सिलोना उपाधि नजिक पुगको हो । 
क्लेमेन्ट लेंग्लेटले ४५ औं मिनेटमा गोल गरे । ६२ औं मिनेटमा हुँवामीले गोल गर्दै सोसिडाडलाई बराबरीमा ल्याए। 
योर्डी अल्बाले ६४ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई जिताए। ३३ खेलबाट ७७ अंकको बार्सिलोना शीर्षमा छ । दोस्रो स्थानको एथलेटिको मड्रिडको ६८ अंक छ। 
यो आँकडाले एथलेटिकोले सबै खेल जिते पनि अब मात्र ६ अंक बटुले बार्सिलोनाले उपाधि पक्का गर्नेछ। 
तेस्रो स्थानको रियाल मड्रिड भने ६१ अंकसहित तेस्रो स्थानमा छ। 
शनिबार रातिको नतिजा
सेल्टाभिगो २–१ गिरोना
आइबर ०–१ एथलेटिको मड्रिड
रायो भालेकानो ०–० हुएस्का

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?