मेस्सी र रोनाल्डोमय १० वर्ष–अबका लागि को ?

Abhiyanpost Abhiyanpost
|
सोमबार, जेठ २८, २०७५
|
|
५८ पटक हेरिएको
Shares
मेस्सी र रोनाल्डोमय १० वर्ष–अबका लागि को ?

सारांश

  • खेल मैदानमा होस् वा मैदान बाहिर पछिल्लो दशकमा विश्व फुटबलमा राज गरेका दुई खेलाडी हुन्, लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डो ।
  • पछिल्लो १० वर्षमा व्यक्तिगत स्तरमा फुटबलको सबैभन्दा ठूलो पुरस्कार फिफा वर्ष खेलाडीमा यी दुई खेलाडीको नै राज छ ।
  • १० वर्षमा दुवै खेलाडी पाँच पाँच पटक वर्ष खेलाडी बनेका छन् ।

खेल मैदानमा होस् वा मैदान बाहिर पछिल्लो दशकमा विश्व फुटबलमा राज गरेका दुई खेलाडी हुन्, लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डो ।

पछिल्लो १० वर्षमा व्यक्तिगत स्तरमा फुटबलको सबैभन्दा ठूलो पुरस्कार फिफा वर्ष खेलाडीमा यी दुई खेलाडीको नै राज छ । १० वर्षमा दुवै खेलाडी पाँच पाँच पटक वर्ष खेलाडी बनेका छन् ।

विश्व फुटबलका ‘किङ्ग’ को रुपमा चिनिएका मेस्सी र रोनाल्डो अहिले फुटलबको महाकुम्भ मेला विश्वकपको तयारीमा छन् । दुवै खेलाडीका देश उनीहरुमाथि निकै भर परेका छन् ।

मेस्सीमाथि अर्जेन्टिनाको र रोनाल्डोमाथि पोर्चुगलको भर छ । १० वर्ष भइसक्दा पनि रोनाल्डो र मेस्सीले फिफा वर्ष खेलाडीमा आफ्नो दाबेदारी कमजोर हुन दिएका छैनन् ।

यो वर्षको सेप्टेम्बरमा लण्डनमा हुने अवार्डमा पनि यी दुई खेलाडी मनोनयनमा पर्ने सम्भावना छ । तर यो वर्ष रुसमा हुने विश्वकपमा गर्ने प्रदर्शनले अरु खेलाडीलाई अघि ल्याउने सम्भावना पनि छ ।

रोनाल्डो र मेस्सी बाहेक विश्वकपमा आफ्नो कला देखाएर फिफा वर्ष खेलाडी अवार्डमा आफूलाई दाबेदारको रुपमा उभ्याउन सक्ने केही खेलाडीका बारेमा आज हामी चर्चा गर्दैछौँ ।

द क्राउन प्रिन्स : नेइमार, ब्राजिल


यी स्टाइलिस अट्याकिङ्ग खेलाडी गएको सिजन विश्वमा सबैभन्दा महंगा खेलाडी बने । बार्सिलोनाबाट पेरिस सेन्ट–जर्मेन, पिएसजी जाने क्रममा नेइमारले सबै कीर्तिमान तोडे र विश्वको सबैभन्दा महंगो खेलाडी बने ।

तस्बिर : गेट्टी इमेज

उनी मेस्सी र रोनाल्डोकै स्तरको खेलाडी रहेको धेरैले बताउने गरेका छन् । सुझबुझपूर्ण खेल, उत्कृष्ट फिनिसिङ्ग तथा लोभलाग्दो स्टाइलका कारण नेइमार पूर्ण देखिन्छन् । उनीसँग फिफा वर्ष खेलाडी बन्नका लागि सबै गुणले भरिएको खेलाडी हुन् भन्दा फरक पर्दैन ।

चार वर्षअघि घरेलु मैदानमा भएको विश्वकपमा गम्भीर चोटका कारण नेइमार मैदान बाहिर भए र उनको टिमले विश्वकप इतिहासमै बिर्सन लायक प्रदर्शन ग¥यो । तर त्यसको दुई वर्षपछि उनले आफ्नो टिमलाई ओलम्पिकमा स्वर्ण पदक दिलाए ।

अहिले चोटका कारण तीन महिना मैदान बाहिर रहेर फर्किएका नेइमार रुसमा विश्वकप उचाल्ने एक ध्यान र एक लक्ष्यका साथ अघि बढेका छन् ।

द सुटिङ्ग स्टार : मोहम्मद सालह, इजिप्ट


सन् २०१७ को जनुमा इटालीयन क्लब रोमाबाट इंग्लिस क्लब लिभरपुल जानुअघिसम्म उनलाई राम्रो खेलाडीको रुपमा हेरिएको त थियो तर यस्तो प्रभावशाली होलान् भनेर आँकलन गरिएको थिए ।

तर इजिप्टका सालहको दाजुमयी प्रदर्शनका कारण लिभरपुलले प्रिमियर लिगमा राम्रो अवस्था कायम गर्न सक्यो भने च्याम्पियन्स लिगको फाइनलसम्मको यात्रा तय गर्‍यो ।

तस्बिर : एएफपी

जर्गेन क्लोप्पको प्रशिक्षणमा उनले आफ्नो पूर्ण फिनिसिङ्ग सहितको खेल कौशल प्रदर्शन गरे । उनी भर्खरै सकिएको सिजनमा प्रिमियर लिगको सर्वाधिक गोलकर्ता हुन् । इंग्ल्याण्डमा उनले यो सिजनमा प्रायः सबै व्यक्तिगत उपाधिमा आफ्नो नाम लेखाएका छन् ।

उनले क्लबमा मात्रै होइन राष्ट्रिय टिमबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पनि उस्तै प्रदर्शन गर्दै आएका छन् । उनकै महत्वपूर्ण भूमिकाका कारण इजिप्टले २८ वर्षपछि फेरि विश्वकपमा स्थान बनाएको छ ।

अब उनी रुसमा आफ्नो सुन्दर खेल कौशलबाट विश्वलाई चकित पार्ने लाइनमा छन् । च्याम्पियन्स लिग फाइनलको क्रममा चोटग्रस्त भएका सालह प्रशिक्षणमा फर्किएका छन् । रुसमा गर्ने उनको प्रदर्शनले सालहलाई फिफा वर्ष खेलाडीको दौडमा अघि लैजाने छ ।

द एसिस्टिङ्ग किङ्ग : केविन डी ब्राउन, बेल्जियम


यो टाइटल इडन हर्जाडलाई सुहाउँछ । त्यो भन्दा पनि सुहाउने अर्को खेलाडी आएका छन्, जसले आफ्नो सहयोगमा धेरै गोल गराए र टिमलाई ऐतिहासिक उपलब्धीमा पुर्‍याए ।

तस्बिर : गेट्टी इमेज

केविन डी ब्राउनलाई गोलका लागि सहयोग गर्ने किङ्ग खेलाडीको रुपमा चिन्ने गरिन्छ । उनकै सहयोगमा धेरै खेलाडीले आफ्नो नाममा गोल लेखाए । म्यानचेस्टर सिटीले भर्खरै सकिएको सिजनमा इतिहासमै सबैभन्दा धेरै अंकसहित प्रिमियर लिगको उपाधि उचाल्यो ।

यस्तै बेल्जियमले विश्वकपको यात्रा तय गर्ने क्रममा पनि उनको भूमिका निकै महत्वपूर्ण छ । उनले टिमका खेलाडीलाई गोलका लागि अवसर बनाए र फुटबललाई यस्तो उत्कृष्ट रुपमा खेल्न सकिन्छ भन्ने देखाएका छन् ।

यदी विश्वकपमा बेल्जियमले आफूलाई डार्क हर्सको रुपमा स्थापित गर्न सक्यो भने डी ब्राउनको नाम यो वर्षको फिफा वर्ष खेलाडीको सूचिमा सबैभन्दा माथि हुनेछ ।

द मास्टर अफ अण्डरस्टेट्मेन्ट : ह्यारी केन, इंग्ल्याण्ड


ह्यारी केनमा इंग्ल्याण्डले एलन शिएरसपछि विश्वस्तरको स्ट्राइकर पाएको छ । रुस विश्वकपमा इंग्ल्याण्ड यी विश्वस्तरीय स्ट्राइकरको कप्तानीमा खेल्दैछ । शिएरर सन् १९९६ को फिफा वर्ष खेलाडीको सूचिमा तेस्रो स्थानमा आएका थिए ।

तस्बिर : गेट्टी इमेज

तर केन शीर्ष स्थानमा आउने सम्भावना नकार्न सकिँदैन । २४ वर्षका केनको माझिएको व्यवहार, कडा मेहनत र समयको राम्रो सेन्स र स्पेसका कारण उनलाई उत्कृष्ट बनाएको छ । उनमा खेललाई सही अर्थमा पढ्न सक्ने क्षमता देखिन्छ ।

उनकै बलमा टोटनह्यामले प्रिमियर लिगको राम्रो प्रदर्शन गर्दै आएको छ । इंग्ल्याण्डका प्रशिक्षक ग्यारेथ साउथगेटले विश्वकपको मुखैमा आएर ठूलो विश्वाससहित कप्तानको आर्मब्याण्ड केनलाई थमाएका छन् ।

केनलाई नेइमारकै स्तरको खेलाडीको रुपमा हेर्ने गरिएको छ । विश्वकपमा गर्ने प्रदर्शनले केनलाई पनि वर्ष खेलाडीको सूचिमा माथि लैजाने सम्भावना छ ।

द योङ्ग प्रोडिजी : केलियन एमबाप्पे, फ्रान्स


१९ वर्षका एमबाप्पे रुस विश्वकपका लागि टिममा रहेका कम उमेरका खेलाडी मध्ये एक हुन् । उनलाई यो विश्वकपमा मात्रै होइन अब आउँदा अरु केही विश्वकपमा पनि हेर्न पाइनेछ ।

तस्बिर : एएफपी

भलै उमेर कलिलो होला तर उनको खेल कौशल निकै परिपक्क देखिन्छ । उनी हरेक जसो खेलमा गोल गर्न सक्ने खेलाडीका रुपमा अघि आएका छन् । उनले मोनाकोमा रहँदा लिग वान र च्याम्पियन्स लिग दुवैमा आफूलाई प्रमाणित गरेका छन् ।

उनले अहिले पिएसजीमा आफूलाई प्रमाणित गर्दै आएका छन् । नेइमारको संगतमा उनले आफूलाई उनकै स्तरमा लगेका छन् । अब रुस विश्वकपमा उनी अर्को उचाई हाँसिल गर्ने बाटोमा छन् ।

स्रोत : फिफा डट कम

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु-याउनु नेपालको प्रमुख एजेण्डाः प्रधानमन्त्री दाहाल
शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु-याउनु नेपालको प्रमुख एजेण्डाः प्रधानमन्त्री दाहाल
स्टक क्लियरेन्स मेला सम्पन्न, ५० हजार बढीले गरे अवलोकन
स्टक क्लियरेन्स मेला सम्पन्न, ५० हजार बढीले गरे अवलोकन
चैत्र ७ गतेसम्मका लागि संसद बैठक स्थगित्
चैत्र ७ गतेसम्मका लागि संसद बैठक स्थगित्
बादललाई पराजित गर्दै खिमलाल बने विजयी
बादललाई पराजित गर्दै खिमलाल बने विजयी
दोस्रो चरणको निर्वाचनका लागि सुरक्षा तयारी
Greatest Lego Patterns to Build For Your Child’s Birthday
काठमाडौँमा ‘शून्य’ बनेको माओवादीले कसरी गर्दैछ संगठन पुनरुत्थानको तयारी ? संगठनको मोडालिटी परम्परागत भयो, अब बदल्नुपर्छ : प्रदेश अध्यक्ष
काठमाडौँमा ‘शून्य’ बनेको माओवादीले कसरी गर्दैछ संगठन पुनरुत्थानको तयारी ? संगठनको मोडालिटी परम्परागत भयो, अब बदल्नुपर्छ : प्रदेश अध्यक्ष
ललिता निवास जग्गा प्रकरण- ९ जनाविरुद्ध किन चलेन मुद्दा !
ललिता निवास जग्गा प्रकरण- ९ जनाविरुद्ध किन चलेन मुद्दा !
यी हुन् सातै प्रदेशबाट निर्वाचित राष्ट्रियसभा सदस्य (नामावलीसहित)
यी हुन् सातै प्रदेशबाट निर्वाचित राष्ट्रियसभा सदस्य (नामावलीसहित)
कांग्रेसले आर्थिक क्रान्तिको पनि नेतृत्व गर्छः नेता सिंह

तपाईंले छुटाउनुभयो कि?