मोदीको बायोपिकलाई पहिलो दिन मात्रै २ करोड
सारांश
- मुम्बई (एजेन्सी) ।
- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनी रहेको चलचित्र ‘पिएम नरेन्द्र मोदी’ले प्रदर्शन भएसँगै पहिलो दिन २ करोड आम्दानी गरेको छ ।
- यो चलचित्र लोकसभा निर्वाचन अघि प्रदर्शनको तयारी गरिएको थियो तर निर्वाचन आयोगले रोकेको थियो ।
मुम्बई (एजेन्सी) । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनी रहेको चलचित्र ‘पिएम नरेन्द्र मोदी’ले प्रदर्शन भएसँगै पहिलो दिन २ करोड आम्दानी गरेको छ । यो चलचित्र लोकसभा निर्वाचन अघि प्रदर्शनको तयारी गरिएको थियो तर निर्वाचन आयोगले रोकेको थियो । चलचित्रविरुद्ध सत्ता र शक्ति दुरुपयोगको आरोपसहित उजुरी परेको थियो ।
विपक्षीको विरोधपछि निर्वाचन आयोगले मतदान नसकिएसम्मका लागि चलचित्र प्रदर्शनमा रोक लगाएको थियो । त्यसैले निर्वाचनको नतिजा सार्वजनिक भए लगत्तै मे २४ देखि चलचित्र प्रदर्शन गरियो । चलचित्रमा मोदीको बाल्यकालमा ट्रेनमा चिया बेच्दादेखि सन् २०१४ मा कसरी भारतीय जनता पार्टीमार्फत जित हासिल गरेकोसम्मका सफलताको कथा समावेश गरिएको छ । उमङ कुमारले निर्देशन गरेको यो चलचित्रमा मोदीको भूमिकामा विवेक ओवरोय देखिएका छन् ।
प्रतिक्रिया