यसकारण हटाइए लीलामणि

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, फाल्गुन २३, २०७६
|
|
४६ पटक हेरिएको
Shares
यसकारण हटाइए लीलामणि

सारांश

  • काठमाडौं, २३ फागुन ।
  • मन्त्रिपरिषद्को आइतबारको बैठकले चीनका लागि नेपालका राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको छ।
  • कार्यकाल पूरा हुनुअगावै फिर्ता बोलाइएका पौडेलको ठाउँमा पूर्वपरराष्ट्रमन्त्री एवं नेकपा नेता महेन्द्रबहादुर पाण्डेलाई पठाउन लागेको सरकारी स्रोतले जनाएको छ।

काठमाडौं, २३ फागुन । मन्त्रिपरिषद्को आइतबारको बैठकले चीनका लागि नेपालका राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको छ। कार्यकाल पूरा हुनुअगावै फिर्ता बोलाइएका पौडेलको ठाउँमा पूर्वपरराष्ट्रमन्त्री एवं नेकपा नेता महेन्द्रबहादुर पाण्डेलाई पठाउन लागेको सरकारी स्रोतले जनाएको छ।

पूर्वमुख्य सचिव पौडेललाई पुष्पकमल दाहाल नेतृत्वको तत्कालीन सरकारले २०७३ मा राजदूत बनाएर चीन पठाएको थियो। पौडेललाई एकाएक फिर्ता बोलाउनुको पछाडि कतिपयले नेकपाका दुई अध्यक्षबीचको राजनीतिक प्रतिशोध भनी अथ्र्याउने गरेका छन्। कतिपयले यो निर्णयलाई ललितानिवास जग्गा हिनामिना प्रकरणसँग जोडेर हेर्ने गरेका छन्। उक्त प्रकरणसँग जोडिएको भन्दै पौडेलसहित अन्य केहीमाथि हाल अनुसन्धान भइरहेको नेपाल प्रहरीको सिआइबी स्रोतले जनाएको छ।

पौडेल राजदूत भएकै बेला मुद्दा अघि बढ्दा होस्ट मुलुकमा नकारात्मक सन्देश जाने भएकाले सरकारले फिर्ता बोलाउने निर्णय गरेको स्रोतको भनाइ छ। पौडेलले चीनका लागि राजदूतको जिम्मेवारी सम्हालिरहेका बेला नेपाल–चीनबीच कतिपय ऐतिहासिक महत्व राख्ने काम भएका छन्। उनकै कार्यकालमा लामो समयदेखि हुन नसकेको चिनियाँ उच्च राजनीतिक नेतृत्वको नेपाल भ्रमण भएको छ। राष्ट्रपति सी चिन फिङले गत अक्टोबरमा दुईदिने नेपाल भ्रमण गरेका थिए। त्यस्तै हालै कोरोना (कोभिड–१९) को उत्पत्ति स्थल चीनको वुहानबाट एक सय ७५ जना नेपाली विद्यार्थी फिर्ता ल्याउने सन्दर्भमा पनि पौडेलले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। (नागरिक दैनिकबाट)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सङ्कटमा छन् झलनाथले सम्झिएका असला
सङ्कटमा छन् झलनाथले सम्झिएका असला
‘रञ्जित तामाङ एमाले मुख्यालयमा र नविना लामा पेरिसडाँडामा अनसन बस्ने’
‘रञ्जित तामाङ एमाले मुख्यालयमा र नविना लामा पेरिसडाँडामा अनसन बस्ने’
आलेख: पढ्ने धोको पूरा भएकाेमा दंग छन् आमाहरु
आलेख: पढ्ने धोको पूरा भएकाेमा दंग छन् आमाहरु
दुई नम्बर प्रदेश सरकारले शहीद परिवारप्रति विभेद गरेको आरोप
दुई नम्बर प्रदेश सरकारले शहीद परिवारप्रति विभेद गरेको आरोप
बधाइ दिन गएका अटोमोटिभ व्यवसायीलाई प्रधानमन्त्रीले भने-‘समस्याहरु हटाउन सकारात्मक छु’
बधाइ दिन गएका अटोमोटिभ व्यवसायीलाई प्रधानमन्त्रीले भने-‘समस्याहरु हटाउन सकारात्मक छु’
लुक्लादेखि सगरमाथाको चुचुरोसम्म बुद्धको स्टीकर राखिने
लुक्लादेखि सगरमाथाको चुचुरोसम्म बुद्धको स्टीकर राखिने
कोरोना संक्रमित बाबुरामले स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिँदै भने : ‘हामी छिट्टै निको हुनेमा विश्वस्त छौं’
कोरोना संक्रमित बाबुरामले स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिँदै भने : ‘हामी छिट्टै निको हुनेमा विश्वस्त छौं’
अहिले ढुंगा पग्लेर महासागर बनेका छन्, हामी टापु बनेका छौ’: डा बाबुराम भट्टराई
अहिले ढुंगा पग्लेर महासागर बनेका छन्, हामी टापु बनेका छौ’: डा बाबुराम भट्टराई
अमेरिकी हवाई आक्रमणमा इराक र सिरियामा कम्तीमा १८ जनाको मृत्यु
अमेरिकी हवाई आक्रमणमा इराक र सिरियामा कम्तीमा १८ जनाको मृत्यु
५० करोडमाथि कारोबार गर्ने सहकारीको नियमन अब राष्ट्र बैंकले गर्ने
५० करोडमाथि कारोबार गर्ने सहकारीको नियमन अब राष्ट्र बैंकले गर्ने

तपाईंले छुटाउनुभयो कि?