यसरी बन्छन् ओलीलाई ‘आउट’ गरेर प्रचण्ड प्रधानमन्त्री !

Abhiyanpost Abhiyanpost
|
बुधबार, पौष १२, २०७४
|
२८
|
३३ पटक हेरिएको
Shares
यसरी बन्छन् ओलीलाई ‘आउट’ गरेर प्रचण्ड प्रधानमन्त्री !

सारांश

  • काठमाडौं ।
  • प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी परिणाम आएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत अन्य शीर्ष नेताहरुले माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने अभिव्यक्ति दिएका थिए ।
  • यसको संकेत एमाले र माओवादीको गठबन्धन टुटाएर माओवादी–कांग्रेस र मधेसवादी दल समेतको सरकार बनाउने हो ।

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी परिणाम आएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत अन्य शीर्ष नेताहरुले माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने अभिव्यक्ति दिएका थिए ।

यसको संकेत एमाले र माओवादीको गठबन्धन टुटाएर माओवादी–कांग्रेस र मधेसवादी दल समेतको सरकार बनाउने हो । यदी एमालेसँगको गठबन्धन टुटेको खण्डमा माओवादी अध्यक्षले सोही अनुरुप कदम नउठाउलान भन्न सकिन्न ।

यसले गर्दा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमाले अध्यक्ष केपी ओलीलाई ‘आउट’ गरेर प्रधानमन्त्री बन्ने सम्भावना एकदम रहेको बुझिन्छ ।

सो स्थिति बनेमा माओवादी, कांग्रेस र मधेसवादी दल मिलेर सरकार बनाउन सक्नेछन् । २७५ सदस्यीय प्रतिनिधिसभामा सरकार गठन गर्ने दलले १३८ सांसद संख्या पुर्याउनुपर्छ । प्रतिनिधिसभामा कांग्रेसका ६३, माओवादी ५३, राजपाका १७, फोरमका १६ सांसद रहने छन् । यसरी हेर्दा कांग्रेस, माओवादी र मधेसवादी गठबन्धनमा १४९ सांसद पुग्छन् । यसो हुँदा एमाले प्रतिपक्षमा रहनेछ ।

एमाले–माओवादीको पहिले र अहिलेको सम्बन्ध ?
एमाले–माओवादी पार्टी एकता गर्नेसहित चुनावमा भयो । चुनावमा बाम गठबन्धनले अत्याधिक बहुमत ल्यायो । तर, पार्टी एकता गर्ने तयारीमा रहेका माओवादी–एमालेबीच पार्टी नेतृत्वको विषयलाई लिएर खटपट सुरु भएको छ ।

एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व गरेपछि एकीकृत पार्टीको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गर्नुपर्ने एमाले–माओवादीका केही नेताहरुले बताएका छन् ।

तर, एमालेका केही नेताले भने प्रधानमन्त्री, पार्टी अध्यक्ष र संसदीय दलको नेता संसदको ठूलो दल एउटै व्यक्ति हुनुपर्ने बताउँदै आएका छन् । यसरी हेर्दा एमाले माओवादी र एमाले बेग्ला–बेग्लै सरकार बनाउने कसरतमा लाग्न सक्ने सम्भावना छ ।

झनै एमाले अध्यक्ष केपी ओलीले नयाँ सरकार गठनबारे फोरमका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेपछि एमाले–माओवादीबीच एकता नहुने शंका बढेको छ ।

प्रतिक्रिया

28 कमेन्ट

    Comment Author

    निश्चल राई

    यो Kp oli fan club हो कि प्रचण्ड क्लब हो? 😀

    Comment Author

    Shrestha Prem

    प्रजातान्त्रिक गठबन्धनले पनि कुरा बुझ्नु पर्छ सधै जुठो तिर आँखा लगाउदै बसेर हुँदैन । एक पटक पेट दुखाए सकेको भोजन हो भनेर ।

    Comment Author

    Dol Malla

    चुनावमा हराउने प्रचण्ड पनी कांग्रेसको दुश्मन, एमाले पनी कांग्रेसको दुश्मन । तर सीटको हिसाबले ठूलो दुश्मन एमाले संग बदला लीन सानो दुश्मन प्रचण्ड संग मिल्नु पर्ने कांग्रेसको क़स्तो बाध्यता ? संकुचित सोचले कांग्रेसलाई फाइदा ग़र्ला र ? हैट… कांग्रेसको घटिया राजनीति !! न आफु गरी खान सक्ने, न अरुलाइ गरी खान दीने । एउटा दूसमनलाइ हराऊन अर्कों दुसमन संग मिल्नेलाई के भन्ने ? चुनाव जितेको पार्टीलाई सत्तामा जान नदीन अनेक जालझेल गरेर न त देसलाइ फाइदा न त जनमतको क़दर । कांग्रेसको नकारात्मक सोच र भारतको गठबन्धन तोड्ने चालले जनताले बहुमत दिदा दिदै पनी नया सरकार बन्न नसक्नु दुर्भाग्य र विडम्बना हो । प्रचण्ड ज्यु बाम गठबन्धन गर्न तपाईलाई जनताले बहुमत दिएका हुन कांग्रेस संग मिल्नलाईं होईन । एदी यो पाली भारतको दबाव र प्रलोभनमा परनु भयो भने तपाईको राजनीतिक भविष्य सकिने छ । स्थानीय निर्वाचनमा धेरै ठाऊमा धरौटी जफत भएको तपाईको पार्टीलाई बाम गठबन्धनमा सामेल हुनाले मात्र यती धेरै सीट आएको हो । बाम गठबन्धनलाई धोका दिनु भयो भने तपाइलाई ग़द्दारको कलंक लाग्नेछ । पार्टी बनाउने भए देश बनाउनुहोस, पार्टी बिगार्ने भए देश बिगार्नूहोस । बरू रास्टपति ख़ानुहोस तर यो पाली ओली प्रम होलान भनेर नै जनताले भोट हालेका हुन । जसले ड्रामा गरेर बाताबरण बिगार्छ तीनलाई एकदिन जनताले नंग्याउने छन ।

      Comment Author

      Bhim Panday

      1dam thik kura sir

    Comment Author

    Keshav Neupane

    प्रचन्डले के जाती …नखाला भन्न सकिन्न

    Comment Author

    Tiljapun Magar

    भारत को इच्छा पुरा हुने नै भयो

    Comment Author

    Maoze Netra

    Thukka sathiho…

    Comment Author

    Surya Shrestha

    प्रचण्डले जनादेशलाई भुल्ने छैनन् , यदि भुले भने शेरे भन्दा पनि इतिहासको नालायक र बदनाम प्रधानमन्त्री हुनेछन् ।

    Comment Author

    Asha Ram

    Great GREAT …100 GREAT…Prachand is Prachand

    Comment Author

    Bam Rana

    Ramro kura teso vayo vane maobadi arko choti rapraapa ko suchi vanda tala jane nischit xa khyal garnu sattako lov le bilab hola.

    Comment Author

    Bhuwan Pokharel

    bharatle aafu anakulko netalai use gardaixa bujhekai kuraho.

    Comment Author

    Prabhat Kiran

    प्रचण्ड भारत बादिर काङ्ग्रेसको पिछ्वाडा चाटेर कुर्सीमा जानू थियाे भने किन बाम एकताकाे नाटक देखाएर जनता झुक्यौ । यदि एक्लै चुनाब लडेकाेभए 6/7सिटे हुने ।

    Comment Author

    Prem Mahara

    Hola hola jasto x

    Comment Author

    Gopal Rai

    Prachanda le hijo chitawan ko chunaba samjhe ra vaypani oli lai pradhanmantri dinu parxa natra arko chunaba 100%pachutaunu parane xa kina ki janatale mat oli lai diyaka hau

      Comment Author

      Kamal Sabenhang Limbu

    Comment Author

    G On Shrestha

    India ko exa pura gar rkb haru

    Comment Author

    Prithi Sumi Magar

    indin dalar

    Comment Author

    Ramesh Budhathoki

    प्रचण्ड खासै बिश्वासीला मान्छे नभएकाले उनले यसै गर्छन भन्न सकिने अबस्था छैन उनी भारत , नेका, र मधेसवादी दलकाे समर्थनमा प्रधानमन्त्री हुनत सक्लान यदि यसाे भयाेभने प्रचण्डकाे ईतिहास मेटिनेहुदा प्रचण्ड याे शक्तिहरु संग सजग रहनेछन् भन्ने लाग्छ यदी याे अफर साच्चिकै अायकाे र यस्लाई प्रचण्डले स्यूकारे भने उनी राजनितीबाट लाेभ हुनेछन जनमतकाे कदर गरेनन् र बाचा पूरा गरेनन् भने प्रचण्ड बिलाउनेछन भन्ने मलाई लाग्छ

    Comment Author

    Nema Tamang Moktan

    गुला जस्तो,हावा हावा समाचार पोस्ट गर्छन् यार यो अन्लाईन मिडिया

    Comment Author

    Tanka Prasad Sangraula

    एमालेले प्रचण्डलाई साईजमा ल्याउँन फोरमसंग मिलेर सरकार बनाउँनु आवश्यक छ। प्रचण्डले भनिसके मलाई ५ वर्षको अफर आएको छ भनेर। अब फेरीपनि माकेले एमालेलाई चक्मा दिएर काँग्रेससंग मिलेर सरकार बनाउँने सपना देखि सकेको थियो। केवल मौकाको पर्खाईमा थिए प्रचण्ड। दहाल विश्वास गर्ने लाएकका मानिस होईनन्। यदी बाम एकता भयो भने पनि एमालेले फोरमलाई सरकारमा ल्याउँनु अतिनै जरुरी देखिन्छ।

    Comment Author

    Bikram Thapa

    Kam garne kalu makai khane valu.janatako mat ko value xaina

    Comment Author

    Suresh Stha

    बैमान

    Comment Author

    Tilak Gaire

    यो कदापी हुन नसक्ने कुरा हो यो चाल भारतले चालेको छ होसियार नेपाल आमाका छोरा

    Comment Author

    Pratap Baraily

    yo kp oli ko fan navhae congress ko vharaute jastyo lagyo KP OLI FAN CLUB

    Comment Author

    Saud Krishna

    धेरै दिन टिकदैन

    Comment Author

    Chandra B Tamang

    This not good not better prachanda dont give hem p m ooli is good

    Comment Author

    Pardesi Manxe

    Dudaina

    Comment Author

    Raju Pant

    Bakwas new ho yo बिस्वास नगर्नु हाेला

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 28
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?