यस वर्षको दूर्वाष्टमी र गौरा पर्व भदौ ७ मा

Abhiyanpost Abhiyanpost
|
मंगलबार, श्रावण २, २०८०
|
|
३२ पटक हेरिएको
Shares
यस वर्षको दूर्वाष्टमी र गौरा पर्व भदौ ७ मा

सारांश

  • काठमाडौँ ।
  • नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दूर्वाष्टमी र गौरा पर्व आगामी भदौ ७ गते बिहीबार पर्ने जनाएको छ ।
  • दूर्वाष्टमी व्रत अर्थात् गौरा पर्व मनाउने सन्दर्भमा, विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल र टेलिफोनको माध्यमसमेत प्रयोग गरी सर्वसाधारण जनतालाई भ्रम सिर्जना गराइरहेको र धर्म संस्कृतिमा समेत असर परिरहेको भनी विभिन्न माध्यमबाट यस समितिमा जानकारी प्राप्त भएकाले यस सम्बन्धमा समितिले निर्णय सार्वजनिक गरेको हो ।

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दूर्वाष्टमी र गौरा पर्व आगामी भदौ ७ गते बिहीबार पर्ने जनाएको छ ।

दूर्वाष्टमी व्रत अर्थात् गौरा पर्व मनाउने सन्दर्भमा, विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल र टेलिफोनको माध्यमसमेत प्रयोग गरी सर्वसाधारण जनतालाई भ्रम सिर्जना गराइरहेको र धर्म संस्कृतिमा समेत असर परिरहेको भनी विभिन्न माध्यमबाट यस समितिमा जानकारी प्राप्त भएकाले यस सम्बन्धमा समितिले निर्णय सार्वजनिक गरेको हो ।

दूर्वाष्टमी व्रत र गौरा पर्वको सन्दर्भमा यस समितिले विसं २०८० को चाडपर्व निर्णय गर्दा सम्बन्धित क्षेत्रका विद्वान् विदुषीसँग रायसुझाव लिई व्यापक छलफल गरेर निर्णय गरिएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी र कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ । समितिबाट निर्णय गरिएका चाडपर्व समावेस गरी प्रकाशित भएका पञ्चाङ्गमा भदौ ७ गते दूर्वाष्टमी व्रत र गौरा पर्वको उल्लेख गरिएको छ ।

उक्त पर्व सम्बन्धित क्षेत्रमा भदौ ७ गते मनाउनु हुँदैन र भदौ २१ गते मनाउनुपर्छ भन्ने बहस चलिरहेको जानकारी समितिमा प्राप्त भएको हुँदा समितिका तर्फबाट सम्बन्धित क्षेत्र समेतका विद्वान् ज्योतिषी, धर्मशास्त्रका विद्वान् र चाडपर्वका मर्मज्ञसँग विचारविमर्श गरेर विज्ञप्ति सार्वजनिक गरिएको समितिले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?