यी हुन् जसले गौचनमाथि गोली बर्साए

Abhiyanpost Abhiyanpost
|
मंगलबार, कार्तिक २८, २०७४
|
१
|
५३ पटक हेरिएको
Shares
यी हुन् जसले गौचनमाथि गोली बर्साए

सारांश

  • काठमाडौँ ।
  • निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यामा संलग्न सुटरसहित ५ जनालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ ।
  • यसरी पक्राउ पर्नेमा राजीव स्याङतान, सिर्जे महतो, मुकेश पाण्डे, सन्तोष गुरुङ र कैलाश गुरुङ रहेका छन् ।

काठमाडौँ । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यामा संलग्न सुटरसहित ५ जनालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ ।

यसरी पक्राउ पर्नेमा राजीव स्याङतान, सिर्जे महतो, मुकेश पाण्डे, सन्तोष गुरुङ र कैलाश गुरुङ रहेका छन् ।

घटनामा संलग्न मनोज पुन, समिरमानसिंह बस्नेत, लोपसाङ लामासहित अन्य आठ फरार रहेका छन् ।

पक्राउ परेका मध्ये राजीव स्याङतानले गौचनमाथि गोली प्रहार गरेका थिए । २१ वर्षीय स्याङतान नुवाकोटका वासिन्दा हुन् ।

त्यस्तै, ३५ वर्षीया शिवजीले हतियार र मोटरसाइकलको व्यवस्थापन गरेका थिए ।

विहारका २४ वर्षीय मुकेश पाण्डेले हतियार दिलाएका थिए भने पर्साका सन्तोष गुरुङले मोटरसाइकल दिएका थिए ।

पक्राउ पर्ने मध्येका कैलाश गुरुङले पनि हत्यामा सहयोगीको भूमिका खेलेको बताइएको छ ।

गत असोज २३  गते  गौचनको वानेश्वरमा दिनदहाडै गोली प्रहार गरी हत्या  भएको थियो ।

काठमाडौंको शान्तिनगर, खरिबोटस्थित घरबाट निस्केर अलि पर पुगेका गौचनमाथि दुईजना व्यक्तिले गोली हानी भागेका थिए ।

गौचन चढेको गाडीको अगाडिबाट गोली हानिएको थियो । गौचनमाथि तीनओटा गोली हानिएको थियो ।

एउटा गोली मुटुमा, एउटा कलेजोमा र एउटा गोली पेटमा लागेका गौचनलाई तत्काल नयाँनेश्वरस्थित सिभिल अस्पताल लगिएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

 

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Durga Dhakal

    Congratulation to security personals for arresting criminals

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कागेश्वरी मनोहरामा काँग्रेसको अग्रता, वडा नं ७ मा समूह विजयी
कागेश्वरी मनोहरामा काँग्रेसको अग्रता, वडा नं ७ मा समूह विजयी
विप्लव समूहले भन्यो-कपिलवस्तुमा बरामद गरिएका हतियार हाम्रा होइनन्
विप्लव समूहले भन्यो-कपिलवस्तुमा बरामद गरिएका हतियार हाम्रा होइनन्
“म चुनाव जित्न होइन, विकासको मोडल पस्किन आएको हुँ” : भुषण कुमार श्रेष्ठ (मेयर उम्मेद्वार, पनौती नगरपालिका)
“म चुनाव जित्न होइन, विकासको मोडल पस्किन आएको हुँ” : भुषण कुमार श्रेष्ठ (मेयर उम्मेद्वार, पनौती नगरपालिका)
नेपालले तेस्रो विकेट गुमायो, ज्ञानेन्द्र ७० रनमा आउट
वडाध्यक्षले पानी छोएको भन्दै यसरी कुटे
वडाध्यक्षले पानी छोएको भन्दै यसरी कुटे
प्रधानमन्त्रीद्वारा मन्त्रिमण्डल विस्तारका लागि दलहरुसँग परामर्श शुरु
प्रधानमन्त्रीद्वारा मन्त्रिमण्डल विस्तारका लागि दलहरुसँग परामर्श शुरु
बाबुरामको यो भेष
बाबुरामको यो भेष
सङ्घीय संसद् सचिवालयलाई चीनद्वारा सवारीसाधन सहयोग
सङ्घीय संसद् सचिवालयलाई चीनद्वारा सवारीसाधन सहयोग
आर्थिक संकट उन्मुख भएपछि राष्ट्रबैंकद्वारा यस्तो निर्देशन
‘उज्यालो जनकपुरधाम’ अभियानले फेरियो नगरको स्वरूप र सुरक्षा अवस्था
‘उज्यालो जनकपुरधाम’ अभियानले फेरियो नगरको स्वरूप र सुरक्षा अवस्था

तपाईंले छुटाउनुभयो कि?