युट्युवमा चरित्र हत्या भयो भन्दै रेखा थापाद्वारा उजुरी
सारांश
- अभिनेत्री रेखा थापाले युट्यूवमार्फत आफ्नो चरित्रहत्या गरिएको भन्दै प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएकी छन् ।
- रेखाको तर्फबाट एक आफन्त निवेदन दिन आज ब्यूरोमा पुगेकी थिइन् ।
- आफूलाई विद्युतीय माध्यमबाट आफ्नो मानमर्दन र गाली बेइज्यति गर्नेमाथि कारवाही गर्न निवेदकको माग छ ।
अभिनेत्री रेखा थापाले युट्यूवमार्फत आफ्नो चरित्रहत्या गरिएको भन्दै प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएकी छन् । रेखाको तर्फबाट एक आफन्त निवेदन दिन आज ब्यूरोमा पुगेकी थिइन् ।
आफूलाई विद्युतीय माध्यमबाट आफ्नो मानमर्दन र गाली बेइज्यति गर्नेमाथि कारवाही गर्न निवेदकको माग छ । पल शाह प्रकरणमा नाबालिग किशोरीको पक्षमा सार्वजनिक अभिव्यक्ति दिएपश्चात रेखामाथि गालीगलौज सुरु भएको थियो ।
साइबर ब्यूरोका एसएसपी नबिन्द अर्यालले रेखाको तर्फबाट निवेदन आएको पुष्टि गरे ।
आजै साइबर ब्यूरोले एक विज्ञप्ति जारी गरी सामाजिक सञ्जालमार्फत पिडितको गोपनियता हनन र प्रहरी अनुसन्धान प्रभावित तुल्याउने खालका पोष्ट नगर्न चेतावनी दिएको थियो ।
प्रतिक्रिया