यूएईमा मृत्युदण्ड सजाय पाएका श्रेष्ठ फर्किए

Abhiyanpost Abhiyanpost
|
शनिबार, श्रावण १२, २०८१
|
|
४० पटक हेरिएको
Shares
यूएईमा मृत्युदण्ड सजाय पाएका श्रेष्ठ फर्किए

सारांश

  • काठमाडौं ।
  • युनाइटेड अरब इमिरेट्स (यूएई) मा मृत्युदण्ड सजाय पाएका ओखलढुंगा चिशंखुगढी गाउँपालिका–३ दियालेका भुवन श्रेष्ठ नेपाल फर्किएका छन् ।
  • यूएईको सारजाह जेलमा कैदी जीवन बिताइरहेका श्रेष्ठ बुधबार राति स्वदेश फर्किएका हुन् ।

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) मा मृत्युदण्ड सजाय पाएका ओखलढुंगा चिशंखुगढी गाउँपालिका–३ दियालेका भुवन श्रेष्ठ नेपाल फर्किएका छन् ।

यूएईको सारजाह जेलमा कैदी जीवन बिताइरहेका श्रेष्ठ बुधबार राति स्वदेश फर्किएका हुन् । एउटै कम्पनीमा कार्यरत गम्भीर घाइते नवलपुरका बाबुराम आले मगरलाई उपचारका लागि अस्पताल लैजाँदा उनको मृत्यु भएपछि श्रेष्ठलाई दुबई प्रहरीले पक्राउ गरेको थियो ।

५ वर्षदेखि जेलमा बसिरहेको अवस्थामा नेपालमा रहेका बाबुराम आलेको परिवारले मागेको ५० लाख ‘ब्लडमनी’ बुझाएर उनी नेपाल फर्कन सफल भएका हुन् । श्रेष्ठको घरको आर्थिक अवस्था कमजोर भएकाले चन्दा संकलनबाट ‘ब्लडमनी’ बुझाइएको थियो । उनी २०७४ सालमा रोजगारीका लागि दुबई पुगेका थिए । नेपाल फर्किएपछि श्रेष्ठले बिरामी साथीलाई बचाउने क्रममा निधन भएपछि आफू घटनामा फसेको बताए । ‘साथीलाई अस्पताल लगेर ज्यान जोगाउन लाग्दा परिबन्धमा परेर हत्याराको सजायमा दण्डित हुन पुगें,’ श्रेष्ठले भने ।

सोही घटनामा संलग्न रहेको आरोपमा धादिङ नेत्रावती डबजोङ गाउँपालिका–४ का पहलमान थापालाई पनि यूएईको उपल्लो अदालतले आजीवन कारावासको सजाय सुनाउँदै ५० लाख ब्लडमनी माग गरिएको थियो । पहलमानको भने राहदानीको म्याद सकिएकाले स्वदेश फर्कन ढिलाइ हुने अबुधावीस्थित नेपाली दूतावासले जनाएको छ ।

थापालाई पनि आवश्यक कागजात तयार पारेर नेपाल फर्काइने भएको छ । ‘ब्लडमनी’ मागेपछि ‘श्रेष्ठ र थापा बचाऊ अभियान’ सञ्चालन गरिएको थियो । मगर ग्यालरी संसार र नेपाल मगर संघले आर्थिक संकलन गरेको समाजसेवी घनश्याम थापा मगरले बताए । ‘ब्लडमनी’ बराबरको पैसा नेपालमा रहेका पीडित परिवारलाई बुझाई र कन्सुलर विभागमार्फत दूतावासमा कागजात पठाएपछि उनीहरूलाई स्वदेश फर्कने प्रक्रिया थालिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देउवालाई सिंहको चेतावनीः ‘तपाईदेखि डराउने कुरै छैन’
देउवालाई सिंहको चेतावनीः ‘तपाईदेखि डराउने कुरै छैन’
डलरसँगै खाडी मुलुकका मुद्रा महंगिए, हेर्नुस् कुन देशको कति बढ्यो
डलरसँगै खाडी मुलुकका मुद्रा महंगिए, हेर्नुस् कुन देशको कति बढ्यो
सुन काण्डमा ‘पावर’ले हावा खायो,  उच्च निगरानीमा अर्याल !
सुन काण्डमा ‘पावर’ले हावा खायो, उच्च निगरानीमा अर्याल !
वर्षौंपछि श्रीमतीलाई देख्न पाउँदा शर्मा र विक दंग
वर्षौंपछि श्रीमतीलाई देख्न पाउँदा शर्मा र विक दंग
वित्त नीति चलाउने ठाउँ छैन, मौद्रिक नीतिबाटै अर्थतन्त्र सुधार थाल्छौँ : अर्थमन्त्री महत
वित्त नीति चलाउने ठाउँ छैन, मौद्रिक नीतिबाटै अर्थतन्त्र सुधार थाल्छौँ : अर्थमन्त्री महत
प्रधानमन्त्रीको प्रयास विफल बनाउने पक्षमा मन्त्री तथा पार्टीका नेताहरु
प्रधानमन्त्रीको प्रयास विफल बनाउने पक्षमा मन्त्री तथा पार्टीका नेताहरु
निजगढ विमानस्थल निर्माणमा ढिलाई भएको भन्दै कड्किए माधव नेपाल
निजगढ विमानस्थल निर्माणमा ढिलाई भएको भन्दै कड्किए माधव नेपाल
असोज ६ गते सोमबारको राशिफल यस्तो छ
नेतृत्वकै कारण नेपाली कम्युनिष्ट आन्दोलन असफल हुनसक्छ !
नेतृत्वकै कारण नेपाली कम्युनिष्ट आन्दोलन असफल हुनसक्छ !
टिचिङ अस्पतालकाे अाेपीइडी शेवा माइतीघर मण्डलामा !
टिचिङ अस्पतालकाे अाेपीइडी शेवा माइतीघर मण्डलामा !