यूएई विरुद्धका खेलका यी हुन् नायकहरु, जसका कारण नेपालले जित्यो
सारांश
- टी–२० अन्तराष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले यूएईलाई ४ विकेटले पराजित गरेको छ ।
- यूएईले दिएको १०८ रनको लक्ष्य नेपालले निकै कठिनाइका साथ १९ दशमलब ३ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।
- ३ बल मात्रै बाँकी रहँद पुरा गरेको जितको लक्ष्य नेपालका लागि निकै चूनौतिपुर्ण थियो ।
टी–२० अन्तराष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले यूएईलाई ४ विकेटले पराजित गरेको छ । यूएईले दिएको १०८ रनको लक्ष्य नेपालले निकै कठिनाइका साथ १९ दशमलब ३ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । ३ बल मात्रै बाँकी रहँद पुरा गरेको जितको लक्ष्य नेपालका लागि निकै चूनौतिपुर्ण थियो ।
आजको खेलका नायकहरु
आजको खेलमा कप्तान पारस खड्का शुन्य रनमै आउट भएपछि नेपाली क्रिकेट टिमले सुरुमै दवाव महशुष गर्यो । हिजो मात्रै कम उमेरमा टि–२० मा ५० रन बनाउने विश्व कीर्तिमान कायय गरेका गरेका सन्दीप जोरा पनि एक रनमै आउट भएपछि नेपालका लागि जीत निश्चित बन्न कठिन जस्तै भइसकेको थियो ।
१०.१ ओभरमा ५ विकेटको क्षतिमा नेपालको खातामा ४६ रन मात्रै थियो । यस्तो अवस्थामा एक सय आठ रनको सामान्य लक्ष्य पनि नेपालका लागि कठिन जस्तै बनिसकेको थियो । तर दीपेन्द्रसिंह ऐरी र पवन सर्राफले गरेको उत्कृष्ट साझेदारीले खेलमा पासा पल्टियो । दीपेन्द्र र पवनको ५५ रनको साझेदारी जीतको कारक बन्यो । दीपेन्द्र ४७ रनका अविजित रहे भने पवन १८ रनमा आउट भए ।
अनुभवी ब्याट्सम्यान चल्न नसकेको खेलमा ज्ञानेन्द्र मल्ल र करण केसीको साझेदारी पनि जीतका लागि महत्वपुर्ण बन्न पुग्यो । मल्ल र केसीले २६ रनको साझेदारी गरे ।
यूएईका ब्याट्सम्यानलाई सस्तैमा समेट्न नेपालका लागि अविनाश बोहराको बलिङ पनि खास रह्यो । उनले चार ओभर बलिङमा २० रन खर्चेर ३ विकेट लिए । त्यस्तै सोमपाल कामीले अस्फाक र घुलाम तथा सन्दीप लामिछानेले साइमन र उस्मानलाई आउट गराएपछि खेल नेपालले यूएईबाट १ सय ८ को सामान्य लक्ष्य पायो । सोमपाल कामी, करण केसी र सन्दीप लामिछानेले लिएको समान २ २ विकेटले पनि यूएईका ब्याट्सम्यानलाई सस्तैमा रोक्न भूमिका खेल्यो ।
आईसीसी क्रिकेट एकेडेमीमा टस जितेर ब्याटिङ गरेको यूएईले १९.२ ओभरमा अलआउट हुँदै १०७ रन बनाएको थियो । नेपालले सिरिजको तेस्रो तथा अन्तिम खेल आइतबार खेल्दैछ ।
प्रतिक्रिया