रगतको अभावमा कमी

Abhiyanpost Abhiyanpost
|
शनिबार, श्रावण १९, २०७५
|
|
५४ पटक हेरिएको
Shares
रगतको अभावमा कमी

सारांश

  • नेपालगञ्ज, १९ साउन, बाँके जिल्लामा रक्तदाता स्वयम्सेवकको संख्या दिन प्रतिदिन बढ्दै गएपछि रगतको अभाव पनि कम हुँदै गएको छ ।
  • नेपाल रेडक्रसको नेपालगञ्जस्थित रक्तसञ्चार केन्द्रले संकलन गर्ने रगतमध्ये ८८ प्रतिशत संस्थागत तथा व्यक्तिगत स्वयम्सेवकको रहेको छ ।
  • रगतको अभावमा कुनै पनि बिरामीको ज्यान नजाओस् भन्ने उद्देश्यका साथ स्वयम्सेवकको संख्या अझ वृद्धि गर्न बाँके रेडक्रसले प्रचारमुखी अभियान सञ्चालन गरेको छ ।

नेपालगञ्ज, १९ साउन, बाँके जिल्लामा रक्तदाता स्वयम्सेवकको संख्या दिन प्रतिदिन बढ्दै गएपछि रगतको अभाव पनि कम हुँदै गएको छ ।

नेपाल रेडक्रसको नेपालगञ्जस्थित रक्तसञ्चार केन्द्रले संकलन गर्ने रगतमध्ये ८८ प्रतिशत संस्थागत तथा व्यक्तिगत स्वयम्सेवकको रहेको छ । रगतको अभावमा कुनै पनि बिरामीको ज्यान नजाओस् भन्ने उद्देश्यका साथ स्वयम्सेवकको संख्या अझ वृद्धि गर्न बाँके रेडक्रसले प्रचारमुखी अभियान सञ्चालन गरेको छ ।

जिल्लामा रक्त संकलनमा बढोत्तरी भएपछि रगतको अभावमा बिरामीका आफन्त भौंतारिनुपर्ने र बिरामीको अकालमा ज्यान जाने अवस्थाको समेत अन्त्य भएको रेडक्रस बाँकेका प्राविधिक अधिकृत उपेन्द्र रेग्मीको भनाइ छ ।

स्वयम्सेवक रक्तदाताका अलावा जिल्लाका राजनीतिक दलका कार्यकर्ता, विभिन्न सामाजिक तथा पेशागत संघ, संगठनले समय—समयमा गर्ने रक्तदानले रगतको अभाव हुन नदिन ठूलो सहयोग पु¥याएको उहाँको भनाइ छ ।

रक्तदानका लागि महिलाको सहभागिता पुरुषको तुलनामा कम रहेकाले उनीहरुको सहभागिता बढाउने प्रयास पनि थालिएको छ । रेडक्रस, बाँकेका अध्यक्ष गोवद्र्धन सिंहका अनुसार संकलित रगतमध्ये सबैभन्दा बढी गर्भवती, सिकलसेल र रजस्वलाका कारण रक्तअल्पता हुने महिलामा प्रयोग हुने गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘Teri Bhabhi Hai Pagle’ director Vinod Tiwari to make a biopic on Kapil Sharma!
‘Teri Bhabhi Hai Pagle’ director Vinod Tiwari to make a biopic on Kapil Sharma!
यी हुन नेपालमा कमाउने, पैसा राख्ने विदेशमा ! नाम पढ्नुभो
यी हुन नेपालमा कमाउने, पैसा राख्ने विदेशमा ! नाम पढ्नुभो
स्थानीय चुनावमा एमालेलाई भोट दिनु पर्ने पाँच कारण  -शंकर पोखरेल
स्थानीय चुनावमा एमालेलाई भोट दिनु पर्ने पाँच कारण -शंकर पोखरेल
मन्त्रीहरू सुनका पारखी: हेर्नुस्,कोसँग कति तोला सुन छ?
मन्त्रीहरू सुनका पारखी: हेर्नुस्,कोसँग कति तोला सुन छ?
पेन्टागन हमलाकाे १७ वर्ष, ३ हजार भन्दा बढी मानिसकाे ज्यान गएकाे त्याे अक्रमण !
पेन्टागन हमलाकाे १७ वर्ष, ३ हजार भन्दा बढी मानिसकाे ज्यान गएकाे त्याे अक्रमण !
आदिवासी जनजातिको निर्वाचन गर्ने निर्णयमा विरोध
आदिवासी जनजातिको निर्वाचन गर्ने निर्णयमा विरोध
सत्तारुढ र प्रतिपक्षी नेता एकैसाथ किन शीतल निवासमा ?
सत्तारुढ र प्रतिपक्षी नेता एकैसाथ किन शीतल निवासमा ?
एमालेले राष्ट्रियसभाका उम्मेदवारहरको नाम टुंगो लगायो (नामावलीसहित)
एमालेले राष्ट्रियसभाका उम्मेदवारहरको नाम टुंगो लगायो (नामावलीसहित)
सारा खानको कपडालाई लिएर पाकिस्तानमा बबाल
सारा खानको कपडालाई लिएर पाकिस्तानमा बबाल
निर्वाचन परिणामप्रति असन्तुष्टी व्यक्त गर्दै विपक्षीद्वारा प्रदर्शन !
निर्वाचन परिणामप्रति असन्तुष्टी व्यक्त गर्दै विपक्षीद्वारा प्रदर्शन !

तपाईंले छुटाउनुभयो कि?