रणबीर अगाडी, दुई खान पछाडी !

Abhiyanpost Abhiyanpost
|
आइतबार, श्रावण १३, २०७५
|
|
३९ पटक हेरिएको
Shares
रणबीर अगाडी, दुई खान पछाडी !

सारांश

  • रणबीर कपूर अभिनित चलचित्र सन्जुले यतिबेला बक्स अफिसमा भयंकर कमाई गरिरहेको छ ।
  • राजकुमार हिरानीद्वारा निर्मित चलचित्र सन्जु निकै मन पराईंदैछ ।
  • चलचित्रले अहिलेसम्म बक्स अफिसमा ३३७ करोडको आँकडा पार गरिसकेको छ ।

रणबीर कपूर अभिनित चलचित्र सन्जुले यतिबेला बक्स अफिसमा भयंकर कमाई गरिरहेको छ । राजकुमार हिरानीद्वारा निर्मित चलचित्र सन्जु निकै मन पराईंदैछ ।


चलचित्रले अहिलेसम्म बक्स अफिसमा ३३७ करोडको आँकडा पार गरिसकेको छ । र यसै हप्ता सलमान खानको टाईगर जिन्दा हे र आमिर खानको पिकेको रेकर्ड तोड्दैछ । यी दुई फिल्मले क्रमश ३३९.१६ र ३३९.५० करोड कमाएको थियो । यी दुई फिल्मलाई पछि पारे लगत्तै सन्जु बलिउडको सबैभन्दा बढी कमाउने फिल्मको सुचिमा दोस्रो नम्बरमा आउनेछ । पहिलोमा आमिर खानको दंगल रहेको छ, जसले ३८७ करोडको व्यापार गरेको थियो ।


यतिबेला सन्जु बलिउडको सबैभन्दा बढी कमाउने सिनेमाको सूचिम चौथो नम्बरमा छ, छिटै दोस्रोमा जाने पनि पक्का छ जुन रणबीर कपूरका लागि निकै खुशीको कुरा हुनेछ । खासमा यो कुनै पनि खान सम्मिलित नभएको दोस्रो फिल्म हो जसले ३०० करोडको आँकडा पार ग¥यो । यसअघि पद्मावतले ३०० करोड क्लबमा प्रवेश गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?