रत्नपार्कको नाम परिबर्तन नगर्न राप्रपा काठमाडौंले महानगरलाई बुझायो ज्ञापनपत्र

Abhiyanpost Abhiyanpost
|
मंगलबार, मंसिर ९, २०७७
|
|
४७ पटक हेरिएको
Shares
रत्नपार्कको नाम परिबर्तन नगर्न राप्रपा काठमाडौंले महानगरलाई बुझायो ज्ञापनपत्र

सारांश

  • काठमाडौं, ९ मंसिर ।
  • राप्रपा काठमाडौंले रत्नपार्कको नाम परिवर्तन गरिएको सम्बन्धमा भएको गल्ती सच्चाउन काठमाडौं महानगरलाई ज्ञापनपत्र बुझाउएको छ ।
  • राप्रपा काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडाको नेतृत्वमा महानगरपालिकामा रत्नपार्कको नाम परिवर्तनको सम्बन्धी ज्ञापनपत्र बुझाईएको पार्टी अध्यक्ष सिंखडाले जानकारी दिए ।

काठमाडौं, ९ मंसिर । राप्रपा काठमाडौंले रत्नपार्कको नाम परिवर्तन गरिएको सम्बन्धमा भएको गल्ती सच्चाउन काठमाडौं महानगरलाई ज्ञापनपत्र बुझाउएको छ । राप्रपा काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडाको नेतृत्वमा महानगरपालिकामा रत्नपार्कको नाम परिवर्तनको सम्बन्धी ज्ञापनपत्र बुझाईएको पार्टी अध्यक्ष सिंखडाले जानकारी दिए ।
काठमाडौं महानगरपालिकाले श्री ५ महेन्द्रको जीवनसंगीनी राजा वीरेन्द्र र ज्ञानेन्द्रकी माता र हाल बृद्ध जीवन बिताई रहनुभएकी श्री ५ मुमाबडामहारानी रत्नको ईतिहास मेटाउने कार्य गलत भएको ज्ञापनपत्रमा उल्लेख छ । राष्ट्रिय विभूति शंखधर साख्वा अरु कसैको नाममा बनेर व्यापक प्रचलनमा आइसकेको पार्कलाई नाम फेरेर राखिनु पर्ने पात्र नभएको बताइएको छ ।
काठमाण्डौ महानगर पालिकालाई यो कार्य तत्काल सच्चाउन माग समेत गरिएको छ । शङ्खधर साख्वाको नाममा नयाँ ठाउँमा भब्य पार्क बनाउनु पर्ने राप्रपाको माग रहेको छ । ज्ञापनपत्र महानगरका कार्यकारी प्रमुख राजेश्वर ज्ञवालीले बुझेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?