पाख्रिन र केसी रामेछाप नगरको मेयर र उपमेयरको सर्वसम्मत उम्मेदवार

Abhiyanpost Abhiyanpost
|
आइतबार, चैत्र २७, २०७८
|
|
४० पटक हेरिएको
Shares
पाख्रिन र केसी रामेछाप नगरको मेयर र उपमेयरको सर्वसम्मत उम्मेदवार

सारांश

  • नेकपा एमालेले आशन्न स्थानीय तहको निर्वाचनका लागि रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा मेयर र उपमेयरका उम्मेदवार सर्वसम्मतरुपमा सिफारिस गरेको छ ।
  • नगर कमिटीको बैठकले मेयरमा रोशन पाख्रिन र उपमेयरमा सीता कुमारी केसीको नाम सर्वसम्मतरुपमा सिफारिस गरेको हो ।
  • एमालेले नगरपालिकाका मेयर र उपमेयरको टिकट भने नगर कमिटीको सिफारिस र जिल्ला कमिटीको सुझावका आधारमा प्रदेश कमिटीबाट लगाउने निर्णय गरेको छ ।

नेकपा एमालेले आशन्न स्थानीय तहको निर्वाचनका लागि रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा मेयर र उपमेयरका उम्मेदवार सर्वसम्मतरुपमा सिफारिस गरेको छ । नगर कमिटीको बैठकले मेयरमा रोशन पाख्रिन र उपमेयरमा सीता कुमारी केसीको नाम सर्वसम्मतरुपमा सिफारिस गरेको हो ।

एमालेले नगरपालिकाका मेयर र उपमेयरको टिकट भने नगर कमिटीको सिफारिस र जिल्ला कमिटीको सुझावका आधारमा प्रदेश कमिटीबाट लगाउने निर्णय गरेको छ ।

मेयरमा सिफारिस भएका पाख्रिन अघिल्लो निर्वाचनमा एक सय मतको झिनो अन्तरमा कांग्रेसका नरवहादुर मगरसँग पराजित भएका थिए । त्यसबेला उपमेयरमा सीता केसी सिफारिस भए पनि मतदाता नामावली काठमाडौंमै रहेकाले अर्को उम्मेदवार उठाउँदा त्यसको असर मेयरमा परेर एक सय मतले पराजित हुनुपरेको स्थानीय राजनीतिकर्मी बताउँछन् ।

त्यसैले पनि यसपटक सर्वसम्मतरुपमा उम्मेदवार चयन गर्दै एमाले चुनावी अभियानमा लागेको केसीले बताइन् । पाख्रिन नगर कमिटीका अध्यक्ष हुन् भने केसी जिल्ला कमिटी सदस्य हुन् । पालिका प्रमुख र उपप्रमुखको सिफारिस टुंगो लगाउने रामेछाप नगर कमिटी पहिलो बनेको जिल्ला अध्यक्ष आनन्द श्रेष्ठले बताए ।

रामेछापको वडा नम्बर ७ मा धु्रब बस्नेत र ८ मा श्याम श्रेष्ठ वडाध्यक्षका उम्मेदवार पनि सर्वसम्मत भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१० हजार मेगावाट बिजुली बिक्रीबाट नेपालले प्राप्त गर्न सक्छ वार्षिक रु नौ खर्ब
१० हजार मेगावाट बिजुली बिक्रीबाट नेपालले प्राप्त गर्न सक्छ वार्षिक रु नौ खर्ब
डा. केसीसँगको सहमति कार्यान्वयनमा
डा. केसीसँगको सहमति कार्यान्वयनमा
काठमाडौँमा सबैको कोरोना परीक्षण गरिने
आज असार ३ गते मंगलबारको राशीफल यस्तो छ, कसैलाई साहित्यीक क्षेत्रमा रुची कसैको नयाँ कामको थालनी
वडा सदस्य मृत अवस्थामा भेट्टिए
वडा सदस्य मृत अवस्थामा भेट्टिए
मोबाइल चार्ज गर्दा दुई जनाको मृत्यु
मोबाइल चार्ज गर्दा दुई जनाको मृत्यु
भरतपुर महानगरपालिकामा एमालेका उम्मेवार देवी ज्ञवाली अगाडि ,रेणु दाहाल दोस्रो स्थानमा !
भरतपुर महानगरपालिकामा एमालेका उम्मेवार देवी ज्ञवाली अगाडि ,रेणु दाहाल दोस्रो स्थानमा !
सुरक्षित गर्भपतनबारे समाचारलाई प्राथमिकता दिन रुओनको आग्रह
सुरक्षित गर्भपतनबारे समाचारलाई प्राथमिकता दिन रुओनको आग्रह
कोरोना संक्रमणबाट जगदम्बा इन्टरप्राइजेजका सिईओेकोे मृत्यु
कोरोना संक्रमणबाट जगदम्बा इन्टरप्राइजेजका सिईओेकोे मृत्यु
वीरगन्जका थप २ जनामा कोरोना संक्रमणको पुष्टि
वीरगन्जका थप २ जनामा कोरोना संक्रमणको पुष्टि