काँग्रेस सधँै शेर्पा समुदायको साथमा छ प्रधानमन्त्री देउवा

Abhiyanpost Abhiyanpost
|
आइतबार, कार्तिक २६, २०७४
|
|
४० पटक हेरिएको
Shares
काँग्रेस सधँै शेर्पा समुदायको साथमा छ  प्रधानमन्त्री देउवा

सारांश

  • प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पासाङल्हामु शेर्पालाई आफू सरकार प्रमुख हुँदा राष्ट्रिय विभूति घोषणा गरी शेर्पा समुदायको सम्मान गरेको बताउनुभएको छ ।
  • आज बिहान सोलुखुम्बुको लुक्लामा आयोजित काँग्रेस कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले पासाङल्हामु शेर्पालाई राष्ट्रिय विभूति बनाएर शेर्पा समुदायको कदर गरेको प्रशंग उल्लेख गर्दै काँग्रेस सधँै शेर्पा समुदायको साथमा छ भन्नुभयो ।
  • उहाँले योपटकको चुनावमा पनि अन्य कुनै पार्टीले प्रत्यक्षतर्फ शेर्पालाई चुनावमा नउठाएको दाबी गर्दै काँग्रेसले नै प्रदेशसभाको प्रत्यक्षतर्फ आङ्गेलु शेर्पालाई उम्मेदवार बनाएको बताउनुभयो ।

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पासाङल्हामु शेर्पालाई आफू सरकार प्रमुख हुँदा राष्ट्रिय विभूति घोषणा गरी शेर्पा समुदायको सम्मान गरेको बताउनुभएको छ ।

आज बिहान सोलुखुम्बुको लुक्लामा आयोजित काँग्रेस कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले पासाङल्हामु शेर्पालाई राष्ट्रिय विभूति बनाएर शेर्पा समुदायको कदर गरेको प्रशंग उल्लेख गर्दै काँग्रेस सधँै शेर्पा समुदायको साथमा छ भन्नुभयो ।
उहाँले योपटकको चुनावमा पनि अन्य कुनै पार्टीले प्रत्यक्षतर्फ शेर्पालाई चुनावमा नउठाएको दाबी गर्दै काँग्रेसले नै प्रदेशसभाको प्रत्यक्षतर्फ आङ्गेलु शेर्पालाई उम्मेदवार बनाएको बताउनुभयो ।

सो अवसरमा काँग्रेस सभापति देउवाले मुलुकको अस्तित्व जोगाउन लोकतन्त्रवादीको जित आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा प्रदेशसभा क्षेत्र नं ‘ख’ का उम्मेदवार आङ्गेलु शेर्पाले लुक्लाको सुर्केसम्म कालोपत्र सडक पु¥याउन माग गर्नुभयो । उम्मेदवार शेर्पा र स्थानीयवासीको माग सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले दुई वर्षभित्र सुर्केसम्म कालोपत्र गर्ने र सोलुदूधकुण्ड नगरपालिकमा एउटा राष्ट्रियसभा गृह बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

चुनावी कार्यक्रममा प्रदेशसभाका उम्मेदवार शेर्पाले आफूलाई यहाँका जनताले निर्वाचित गर्ने विश्वास व्यक्त गर्दै चुनाव जितेपछि १ नं प्रदेशकै नमूना क्षेत्र बनाउने बताउनुभयो ।

कार्यक्रममा खुम्बु क्षेत्रका अगुवाले त्यहाँको विकास निर्माणमा ध्यान दिन माग गरेका थिए । लुक्लाको चुनावी कार्यक्रम सकेर प्रधानमन्त्री देउवा आजै काठमाडौँ फर्कनुभयो ।

(https://escapecitybuffalo.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नक्कली र सक्कली हिरा कसरी चिन्ने ? पढ्नुस जीवनको कुनै क्षेणमा काम लाग्न सक्छ
नक्कली र सक्कली हिरा कसरी चिन्ने ? पढ्नुस जीवनको कुनै क्षेणमा काम लाग्न सक्छ
वैयक्तिक गोपनीयतासम्बन्धी विधेयकमा पनि प्रेसलाई केही राहत
वैयक्तिक गोपनीयतासम्बन्धी विधेयकमा पनि प्रेसलाई केही राहत
माक्रोंद्वारा ट्रम्पका नीतिमाथि चुनौती
माक्रोंद्वारा ट्रम्पका नीतिमाथि चुनौती
“मैले चुनाव जितिन भने नेपाल छाड्छु”-नेपाली कांग्रेसका युवा नेता
“मैले चुनाव जितिन भने नेपाल छाड्छु”-नेपाली कांग्रेसका युवा नेता
बाढीको बीमा नगर्दा सौराहाका होटल व्यवसायी मारमा
बाढीको बीमा नगर्दा सौराहाका होटल व्यवसायी मारमा
चौलागाईको नेत्तृत्वमा इजरायल उड्यो २० जनाको समूह
चौलागाईको नेत्तृत्वमा इजरायल उड्यो २० जनाको समूह
मधेसी मोर्चाद्वारा सर्वोच्चको आदेशको स्वागत…
मधेसी मोर्चाद्वारा सर्वोच्चको आदेशको स्वागत…
राष्ट्रपतिलाई गाडी किन्नको लागि साझा पार्टीले थाल्यो पैसा संकलन अभियान
राष्ट्रपतिलाई गाडी किन्नको लागि साझा पार्टीले थाल्यो पैसा संकलन अभियान
जोखिम व्यवस्थापनमा ध्यान दिनुपर्छ :  मन्त्री थापा
जोखिम व्यवस्थापनमा ध्यान दिनुपर्छ : मन्त्री थापा
एेतिहासीक भेटमा किमको प्रश्नः यहाँ आइपुग्न किन यति मुस्किल भयो?
एेतिहासीक भेटमा किमको प्रश्नः यहाँ आइपुग्न किन यति मुस्किल भयो?