रत्नपार्कमा नयाँ नोट बिक्रिमा !

Abhiyanpost Abhiyanpost
|
शनिबार, आश्विन २७, २०७५
|
|
६६ पटक हेरिएको
Shares
रत्नपार्कमा नयाँ नोट बिक्रिमा !

सारांश

  • बस्नु फडेरा,  काठमाडौं, २७ असाेज ।
  • काठमाडाैका बैंकहरूमा नयाँ नाेट सटेज भएकाे बतार्इरहँदा रत्नपार्कमा खुल्लम खुल्ला नयाँ नाेट खरिद बिक्रि भइरहेकाे छ ।
  • त्याे पनि १० प्रतिशत कमिशन खाएर ।

बस्नु फडेरा,  काठमाडौं, २७ असाेज । काठमाडाैका बैंकहरूमा नयाँ नाेट सटेज भएकाे बतार्इरहँदा रत्नपार्कमा खुल्लम खुल्ला नयाँ नाेट खरिद बिक्रि भइरहेकाे छ । त्याे पनि १० प्रतिशत कमिशन खाएर । नेपाल राष्ट्र बैंकले सर्बसाधारणलाई बाँड्न नयाँ नोट बैकहरुलाई पठायो । निश्चित सिमा तोकेर मात्र नयाँ नोट बैकहरुमा पठाईयो । तर यस्तो समस्या देखियो की बैकहरुमा नयाँ नोट लिन जाँदा कतै छैन भनियो त कतै निक्कै लामो समय लगाईदिने झन्जट दिएर ठूलो लाईन बनाईदिने अवस्था देखियो ।

शुक्रबार चक्रपथमा रहेकाे सिटिजन्स बैंकमा नयाँ नाेट साट्न गएका एकजना पत्रकारलार्इ नाेट सकियाे भनेर फिर्ता पठाएकाे  बताए । उनले भने बैंकमा नयाँ नाेट साट्न गएकाे बैंकका कर्मचारिले हास्दै अस्तिनै सकियाे भनेर पठाए । सिटिजन्स बैंकमै खाता खाेलेका उनले भने । मैले यति चाँडै किन सकियाे भनेर  साेध्दा अाउने बित्तिकै सकियाे भनेर गैरजिम्मेवारिपुर्ण जवाफ अायाे । यता नेपाल र्इन्भेष्टमेन्ट बैंकमाम भने  २८ गते अार्इतबार मात्रै नयाँ नाेट अाउने बैंकका कर्मचारिले बताए ।

राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोटको सटही खुला गरेको  बताउदै  बैंकले १२ असोजबाटै वाणिज्य बैंकलाई नयाँ नोट उपलब्ध गराएको थियो। राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले गत वर्ष जस्तै यस वर्ष पनि प्रतिव्यक्ति २७ हजारका दरले नयाँ नोट सटही सुविधा दिएको बताए। ‘२१ गतेदेखि प्रतिव्यक्ति २७ हजारका दरले नयाँ नोट सटही हुन्छ,’ प्रवक्ता पौडेलले भने।
राष्ट्र बैंकले विभिन्न २१ स्थानबाट नयाँ नोट सटही गरिने बताएकाे छ। राष्ट्र बैंकले आफूले बाहेक वाणिज्य बैंकहरूलाई पनि नयाँ नोट साट्ने जिम्मेवारी दिएको छ। गत वर्ष पनि वाणिज्य बैंकहरूले नयाँ नोट सटही गरेका थिए।

तर काठमाडौका अधिकांश फुटपाथमा हेर्दा त्यहाँ कुनै बस्तु तथा सामान बिक्रि गरे जसरी नै नयाँ नोट खरिद बिक्रि भइरहेको छ। त्योपनि १० प्रतिशत कमिसनमा । शनिबार जमल, रत्नपार्क को फुटपाथमा देखिएको तस्विर हो यो ।

हेर्दा सामान्य लाग्छ यहाँ १० प्रतिशत कमिसन दिएर जनता नयाँ नोट लिन तयार थिए । बैकमा अभाव नहुँदो हो त या सहज लिन पाईने अवस्था थियो त यो फुटपाथमा नयाँ नोट लिनेको भिड किन लाग्थ्यो । नेपाल राष्टबैंकले भने अहिले नै बैंकहरूमा नयाँ नाेट सटेज नहुनु पर्ने बताएकाे छ । तर बैंकमा नयाँ नाेट नहुनु र सडक पेटिमा नयाँ नाेट हुनु त्याे पनि कमिसनमा बेचबिखन हुनुमा याे कस्ताे  अच्चम्म ! हे सरकार यो कमिसन खोरी, घुसखोरी कहिले अन्त्य हुन्छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?