सरकारी खर्चमा भ्रमण मोह

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, माघ १२, २०७४
|
|
४९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, १२ माघ- डोल्पा जिल्लाका आठमध्ये पाँच स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी सरकारी खर्चमा भ्रमणमा निस्किएका छन्।
  • त्रिपुरासुन्दरी नगरपालिका तथा शे फोक्सुण्डो, डोल्पा बुद्ध, छार्काताङसोङ र मुड्केचुला गाउँपालिकाका प्रमुख, वडा सदस्य र वडासचिव जिल्लाभित्रै र भारत भ्रमणमा निस्किएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।
  • सबै तहले नगर र गाउँ परिषदबाटै निर्णय गराएर भ्रमणका लागि साढे पाँच लाखदेखि ३५ लाख रुपैयाँसम्म बजेट छुट्याएका छन्।

काठमाडौं, १२ माघ- डोल्पा जिल्लाका आठमध्ये पाँच स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी सरकारी खर्चमा भ्रमणमा निस्किएका छन्। त्रिपुरासुन्दरी नगरपालिका तथा शे फोक्सुण्डो, डोल्पा बुद्ध, छार्काताङसोङ र मुड्केचुला गाउँपालिकाका प्रमुख, वडा सदस्य र वडासचिव जिल्लाभित्रै र भारत भ्रमणमा निस्किएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।

सबै तहले नगर र गाउँ परिषदबाटै निर्णय गराएर भ्रमणका लागि साढे पाँच लाखदेखि ३५ लाख रुपैयाँसम्म बजेट छुट्याएका छन्। शे–फोक्सुण्डोले सबैभन्दा बढी ३५ लाख र मुड्केचुलाले सबैभन्दा कम पाँच लाख रुपैयाँ विनियोजन गरेका छन्।

शे–फोक्सुण्डो भ्रमण र कर्मचारीको क्षमता अभिवृद्धिका लागि ३५ लाख रुपैयाँ छुट्याएको प्रमुख टासीटुण्डुप गुरुङले बताए। उनले भने, ‘हेर, देख र सिक अनि प्रयोगमा ल्याऊ भन्ने उद्देश्यले भ्रमणमा निस्किएको शे–फोक्सुण्डो गाउँपालिका –४ का अध्यक्ष पेमा वाङजेन लामाले जानकारी दिए। उनका अनुसार स्थानीय तहमा रहेका विभिन्न खनिज तथा जडिबुटीको प्रयोग र व्यवस्थापन, स्थानीय स्रोत संरक्षण र प्रयोग, महिला समूहहरूको सिप विकासलगायत उद्देश्य लिएर जनप्रतिनिधि भ्रमणमा निस्किएका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?