राजदूत नियुक्तिका लागि मापदण्ड, यस्ता छन् सरकारका निर्णय…

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २५, २०७५
|
|
४२ पटक हेरिएको
Shares
राजदूत नियुक्तिका लागि मापदण्ड, यस्ता छन् सरकारका निर्णय…

सारांश

  • काठमाडौँ ।
  • अबदेखि सरकारले कुनैपनि देशका लागि राजदूत नियुक्त गर्न मापदण्ड बनाएको छ ।
  • राजदूत नियुक्त मापदण्ड २०७५ लाई सरकारले स्वीकृत गरेको छ ।

काठमाडौँ । अबदेखि सरकारले कुनैपनि देशका लागि राजदूत नियुक्त गर्न मापदण्ड बनाएको छ । राजदूत नियुक्त मापदण्ड २०७५ लाई सरकारले स्वीकृत गरेको छ ।

मापदण्ड स्विकृत गरेसँगै संयुक्त राष्ट्र संघका लागि न्यूयोर्कस्थित नेपाली राजदूत (स्थायी प्रतिनिधि) दुर्गाप्रसाद भट्टराईलाई आगामी साउन १५ गतेभित्र नेपाल फर्कन सूचना दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय निकाय वित्त आयोग खारेजी गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

बैठकले जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना दर्ता (दोस्रो संशोधन) नियमावली २०७५, बालश्रम निवारणसम्बन्धी राष्ट्रिय गुरुयोजना र विद्युत् नियमन आयोग नियमावली २०७५ स्वीकृत गरेको छ । यसैगरी बैठकले आयोगको सचिवालयमा रहेको विवरण, स्रोत र सम्पत्ति राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा हस्तान्तरण गर्ने निर्णयसमेत गरेको छ ।

मन्त्रिपरिषद् बैठकले भारतीय सहयोगमा सञ्चालनमा रहको साना विकास परियोजना कार्यान्वयन गर्ने निकाय र कार्यान्वयन प्रक्रिया तोक्ने निर्णयसमेत गरको छ ।

त्यस्तै विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था ९आइडिए०बाट नेपालको ऊर्जा क्षेत्रमा लगानी बढाउने तथा कार्यकुशलतामा सुधारका लागि बजेट सहायतास्वरुप उपलब्ध हुने करीब १० अर्ब ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

यसैगरी मानवअधिकार आयोगले क्षतिपूर्ति निर्धारण गरी कार्यान्वयन गर्न सिफारिश गरेबमोजिमको क्षतिपूर्ति ३३ जना व्यक्तिलाई उपलब्ध गराउने निर्णय गरेको छ ।

बैठकले नेपाल र साउदी अरेबिया सरकारबीच उद्योग, व्यापार, लगानी, विज्ञान, सूचना प्रविधि, पर्यटन, खेलकूदजस्ता क्षेत्रहरुमा लगानी र सहयोगसम्बन्धी सम्झौता गर्ने निर्णय गरेको मन्त्री बाँस्कोटाले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तत्कालै निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्न फोरम र नयाँ शक्तिको माग
तत्कालै निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्न फोरम र नयाँ शक्तिको माग
टीभीएसको नयाँ बाइक आरआर–३१० बजारमा
टीभीएसको नयाँ बाइक आरआर–३१० बजारमा
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विशेष कार्यक्रम गरेर मनाइँदै
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विशेष कार्यक्रम गरेर मनाइँदै
जेष्ठ नागरिक दिवस : छोराछोरीको कमाईको निश्चित प्रतिशत बाबुआमालाई
मेरो कौसी खेती- गमलामै एभोकाडो, आँप, हलुवावेद फलाउँछु
मेरो कौसी खेती- गमलामै एभोकाडो, आँप, हलुवावेद फलाउँछु
सत्ता गठबन्धनको बन्यो यस्तो सहमति
सत्ता गठबन्धनको बन्यो यस्तो सहमति
आज गणतन्त्र दिवस, संविधानको दायित्व पूरा गर्नमा राष्ट्रपतिको जोड
आज गणतन्त्र दिवस, संविधानको दायित्व पूरा गर्नमा राष्ट्रपतिको जोड
काङ्ग्रेसद्वारा संविधान प्रतिकूल हुने विधेयक फिर्ता गर्न माग
काङ्ग्रेसद्वारा संविधान प्रतिकूल हुने विधेयक फिर्ता गर्न माग
नेपालमा मानसिक रोगी बढेकामा उपप्रधानमन्त्री यादव द्वारा चिन्ता प्रकट !
नेपालमा मानसिक रोगी बढेकामा उपप्रधानमन्त्री यादव द्वारा चिन्ता प्रकट !
तयार हुँदै २०१९ को सबैभन्दा ठूलो एक्शन फिल्म, यी हुन् कलाकार
तयार हुँदै २०१९ को सबैभन्दा ठूलो एक्शन फिल्म, यी हुन् कलाकार