सबै दृष्टिकोणले हेटौंडा राजधानी उपयुक्तः कमल थापा

Abhiyanpost Abhiyanpost
|
बुधबार, मंसिर १२, २०७५
|
|
५० पटक हेरिएको
Shares
सबै दृष्टिकोणले हेटौंडा राजधानी उपयुक्तः कमल थापा

सारांश

  • काठमाडौं, १२ मंसिर।
  •   राष्ट्रिय प्जातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सबै दृष्टिकोणबाट हेटौंडा प्रदेश नं.
  • ३ को स्थायी राजधानीको निमित्त उपयुक्त भएकोले राप्रपाको पूर्ण रुपमा साथ र समर्थन रहने बताएका छन् ।

काठमाडौं, १२ मंसिर।  राष्ट्रिय प्जातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सबै दृष्टिकोणबाट हेटौंडा प्रदेश नं. ३ को स्थायी राजधानीको निमित्त उपयुक्त भएकोले राप्रपाको पूर्ण रुपमा साथ र समर्थन रहने बताएका छन् । राजनीतिक तहमा कुनै विवाद गरिरहनु आवश्यक नरहेको भन्दै अध्यक्ष थापाले सबै दलहरुलाई सहमति र विश्वासमा लिएर हेटौंडालाई स्थायी राजधानी बनाउनुपर्नेमा जोड दिए । मकवानपुरे समाजको एक प्रतिनिधिमण्डलले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै थापाले हेटौंडा भौगोलिक, भौतिक एवं हावापानीको दृष्टिकोणले समेत उपयुक्त भएको दावी गरे ।

बन्दै गरेको फास्ट ट्रयाक, धरान चतरा राजमार्ग, हेटौंडा काठमाडौं सुरुङ मार्गका कारण हेटौंडालाई सबैतिरबाट जोडिने भन्दै भविष्यको निमित्त हेटौंडा अत्यन्त सम्भावना बोकेको स्थान हुने समेत उनले बताए ।हेटौंडालाई राजधानी बनाउन सबै राजनीतिक दलका शिर्ष तहका नेताहरु सकारात्मक भएको आफुले महसुश गरेको भन्दै मकवानपुरे समाजको चासो र चिन्ताको निमित्त थापाले धन्यवाद समेत दिए । राजनीतिक वाद तथा आग्रह, पुर्वाग्रहबाट माथी उठेर सबैले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता समेत थापाले औंल्याए । 

हेटौंडालाई प्रदेश राजधानी बनाउन तत्कालिन समयमा आफुले खेलेको भूमिका आफ्नो कर्तव्य र जिम्मेवारी भएको भन्दै थापाले सबै दलहरुले हेटौंडालाई राजधानी बनाउन सघाउ पु¥याउनुपर्नेमा जोड दिए । मकवानपुरे समितिका अध्यक्ष अरुण कुमार गुरुङले तत्कालिन समयमा उपप्रधानमन्त्रीको जिम्मेवारीमा रहँदा हेटौंडालाई अस्थायी राजधानी बनाउन भूमिका खेल्नुभएकोमा आभार प्रकट गर्दै हेटौंडालाई स्थायी राजधानी बनाउन थप अग्रसरता लिन थापालाई अनुरोध गर्नुभएको थियो । सो अवसरमा राप्रपा केन्द्रीय सदस्य राजाराम बर्तौलाको समेत उपस्थिती थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय
सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय
नरेन्द्र मोदीको गृहराज्य गुजरातबाट ५० हजार भन्दा धेरै उत्तर प्रदेश-बिहारबासी लखेटिए
कारोबारको पहिलो दिन २४ सय विन्दुभन्दा तल झर्यो नेप्से
कारोबारको पहिलो दिन २४ सय विन्दुभन्दा तल झर्यो नेप्से
सोलुदुधकुण्ड नगरपालिकालाई पर्यटकीय नगरी बनाउन नगरबासी एकजुट
सोलुदुधकुण्ड नगरपालिकालाई पर्यटकीय नगरी बनाउन नगरबासी एकजुट
त्यो क्याम्पको पनि कुरा उठाउने हाेकि माेदी संग ?
त्यो क्याम्पको पनि कुरा उठाउने हाेकि माेदी संग ?
राष्ट्रपतिद्वारा षडानन्द र योगमायाको सालिक अनावरण
राष्ट्रपतिद्वारा षडानन्द र योगमायाको सालिक अनावरण
करार कर्मचारी भर्नासम्बन्धी विधेयकमा नेकपाका सांसदको विमति
करार कर्मचारी भर्नासम्बन्धी विधेयकमा नेकपाका सांसदको विमति
स्पेनका एक जोडीले नेपाली परम्परा अनुसार पोखरामा विवाह
स्पेनका एक जोडीले नेपाली परम्परा अनुसार पोखरामा विवाह
बैँकले उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्छ : अर्थमन्त्री खतिवडा
बैँकले उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्छ : अर्थमन्त्री खतिवडा
प्रदेश सभामा शोक प्रस्ताव बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित
प्रदेश सभामा शोक प्रस्ताव बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित

तपाईंले छुटाउनुभयो कि?