३३ किलो सुन प्रकरण: एसएसपी खत्री फरार !

Abhiyanpost Abhiyanpost
|
मंगलबार, बैशाख १८, २०७५
|
|
३६ पटक हेरिएको
Shares
३३ किलो सुन प्रकरण: एसएसपी खत्री फरार !

सारांश

  • काठमाडौँ, १८ बैशाख ।
  • ३३ किलो सुन प्रकरणमा मुछिएका वरिष्ठ प्रहरी उपरीक्षक श्याम खत्री फरार भएका छन् ।
  • प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा कार्यरत खत्रीलाई सनम शाक्य हत्या प्रकरण छानबिन गर्न बनेको समितिले बयानका लागि बोलाएपछि उनी फरार भएका हुन् ।

काठमाडौँ, १८ बैशाख । ३३ किलो सुन प्रकरणमा मुछिएका वरिष्ठ प्रहरी उपरीक्षक श्याम खत्री फरार भएका छन् ।

प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा कार्यरत खत्रीलाई सनम शाक्य हत्या प्रकरण छानबिन गर्न बनेको समितिले बयानका लागि बोलाएपछि उनी फरार भएका हुन् ।

समितिले खत्रीका चालक प्रहरी जवान बिष्णु खड्कालाई नियन्त्रणमा लिएपछि उनी सम्पर्कविहीन भएका छन् । उनी केही दिनअघिदेखि विदामा बसेका थिए । त्यसपछि कार्यालय फर्केका छैनन् ।

प्रहरी उच्च स्रोतका अनुसार फरार खत्रीलाई खोज्नको लागि प्रहरीले आन्तरिक सर्कुलर जारी गरेको छ । ३३ किलो सुन हराएको भन्दै सनम शाक्य हत्या काण्डमा समेत उनको संलग्नता जोडिएको पाइएपछि समितिले उनलाई उपस्थित गराउन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो । खत्री यसअघि पनि सुन तस्करी मुद्दामा धरौटीमा छुटेका थिए ।

सुन तस्करी तथा शाक्य हत्या काण्डमा छानबिन समितिले हालसम्म ६ प्रहरी अधिकारीसहित २८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Justin Biral

    ? ℓσνє? тнє? ℓιfє? уσυ? ℓινє,? αи∂? ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

    Comment Author

    Nischal Kanxaa

    Mlai jimma dinus sidhai goli thokxu sale desdrohilai

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?