रामपुर खानेपानी आयोजनाबाट दुई हजार ७०० घरधुरी लाभान्वित

Abhiyanpost Abhiyanpost
|
बुधबार, बैशाख १९, २०७५
|
|
३७ पटक हेरिएको
Shares
रामपुर खानेपानी आयोजनाबाट दुई हजार ७०० घरधुरी लाभान्वित

सारांश

  • रामपुर, पाल्पा, १९ वैशाख,रामपुर दोस्रो साना शहरी खानेपानी आयोजनाबाट पाल्पा रामपुरका दुई हजार ७०० घरधुरीका बासिन्दा लाभान्वित भएका छन् ।
  • एशियाली विकास बैंकको रु २५ करोड १० लाख ८९ हजार ८३७ को लागतमा सम्पन्न सो आयोजनाबाट अहिले घरघरमा जडान भएका धारामा पानी आउन थालेपछि यहाँका बासिन्दाको खानेपानीको समस्या समाधान भएको आयोजनाका उपाध्यक्ष हुमनाथ न्यौपाने बताउनुहुन्छ ।
  • दुई हजार ७०० घरधुरीमा धारा जडान भएको छ ।

रामपुर, पाल्पा, १९ वैशाख,रामपुर दोस्रो साना शहरी खानेपानी आयोजनाबाट पाल्पा रामपुरका दुई हजार ७०० घरधुरीका बासिन्दा लाभान्वित भएका छन् ।

एशियाली विकास बैंकको रु २५ करोड १० लाख ८९ हजार ८३७ को लागतमा सम्पन्न सो आयोजनाबाट अहिले घरघरमा जडान भएका धारामा पानी आउन थालेपछि यहाँका बासिन्दाको खानेपानीको समस्या समाधान भएको आयोजनाका उपाध्यक्ष हुमनाथ न्यौपाने बताउनुहुन्छ ।

दुई हजार ७०० घरधुरीमा धारा जडान भएको छ । तीन हजार १३७ घरधुरीमा पानी वितरण गर्ने लक्ष्य रहे पनि यस आयोजनाबाट रामपुरका करीब पाँच हजार घरपरिवारलाई प्रशस्त खानेपानीको सुविधा पुग्ने उहाँ बताउनुहुन्छ । यो आयोजना रामपुर नगरपालिका–४, ५, ६ र ७ का तल्लो बस्तीमा सञ्चालनमा ल्याइएको हो । कतिपय घरघडेरीमा घर निर्माण नभएका कारण धारा जडान गर्न बाँकी छ ।

खानेपानीका लागि वर्षौंदेखि निकै समस्या भोग्दै आएका यहाँका बासिन्दालाई घरघरमा पानी आएपछि ठूलो राहत पुगेको स्थानीय डिलमाया सोमै बताउनुहुन्छ । “पहिला पानी खोज्नका लागि गाग्री बोकेर बिहानभर खोलाका कुवामा चहार्नुपथ्र्यो अहिले आयोजनाबाट घरमै पानी आएकाले अत्यन्त सहज भएको छ,” उहाँको भनाइ छ । २०७० साल साउन ३१ गते ठेक्का सम्झौता भई २०७१ साल माघ ३० गतेदेखि आयोजनाको काम शुरु गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानन्यायाधीश गोपाल पराजुली अचानक किन पुगे रुकुम ?
प्रधानन्यायाधीश गोपाल पराजुली अचानक किन पुगे रुकुम ?
कांग्रेसले ओलीलाई सोध्यो : वाइडबडी काण्ड कता हरायो प्रधानमन्त्री ज्यू ?
कांग्रेसले ओलीलाई सोध्यो : वाइडबडी काण्ड कता हरायो प्रधानमन्त्री ज्यू ?
विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बनमा
विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बनमा
सुत्केरी महिलाको उद्धारगर्न हेलिकप्टर लिएर आफै पुगे मन्त्री
सुत्केरी महिलाको उद्धारगर्न हेलिकप्टर लिएर आफै पुगे मन्त्री
ओली र प्रचण्ड ‘दुवै अध्यक्ष, दुवै प्रधानमन्त्री’ – वाम एकता
ओली र प्रचण्ड ‘दुवै अध्यक्ष, दुवै प्रधानमन्त्री’ – वाम एकता
कोरोनाको महामारी समाप्त नभएसम्म प्रम ओलीले तलब नलिने (भिडियो सहित)
कोरोनाको महामारी समाप्त नभएसम्म प्रम ओलीले तलब नलिने (भिडियो सहित)
भोट देऊ मलाई जिताउ चुनाब , उसले भन्दै थियो:पूर्णिमा
भोट देऊ मलाई जिताउ चुनाब , उसले भन्दै थियो:पूर्णिमा
पाैडेलले आफैलाई जोगाउन नसकेको त्यो दिन…
पाैडेलले आफैलाई जोगाउन नसकेको त्यो दिन…
रौतहटमा स्थानीय वासिन्दाबीच झडप, प्रहरीले चलायो २० राउण्ड हवाई फायर
रौतहटमा स्थानीय वासिन्दाबीच झडप, प्रहरीले चलायो २० राउण्ड हवाई फायर
ओली र प्रचण्डलाई एउटालाई प्रधानमन्त्री र अर्कोलाई अध्यक्ष बनाएर पार्टी एकता हुन्छ : भीम रावल (भिडियोहित)
ओली र प्रचण्डलाई एउटालाई प्रधानमन्त्री र अर्कोलाई अध्यक्ष बनाएर पार्टी एकता हुन्छ : भीम रावल (भिडियोहित)