राष्ट्रपतिसमक्ष उपराष्ट्रपति निर्वाचनको परिणामसहितको प्रतिवेदन पेश

Abhiyanpost Abhiyanpost
|
आइतबार, चैत्र ५, २०७९
|
|
४१ पटक हेरिएको
Shares
राष्ट्रपतिसमक्ष उपराष्ट्रपति निर्वाचनको परिणामसहितको प्रतिवेदन पेश

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको मत परिणामसहितको प्रतिवेदन पेश गरेको छ । यही चैत ३ मा सम्पन्न उपराष्ट्रपतिको निर्वाचनमा यादव ३० हजार ३२८ मतभारसहित निर्वाचित भएका थिए ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आज राष्ट्रपति भवन शीतल निवासमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन बुझाए । सो अवसरमा राष्ट्रपति पौडेलले नेपालको संविधानको भाग २४ धारा २४६ मा संविधान र संघीय कानूनको अधीनमा रही राष्ट्रपति, उपराष्ट्रपति, संघीय संसदका सदस्य, प्रदेशसभाका सदस्य, स्थानीय तहका सदस्यको निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्नु आयोगको प्रमुख कार्य रहने व्यवस्थाबमोजिम आयोगले ती निर्वाचनहरू स्वच्छ, निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्णरूपमा कुशलतापूर्वक सम्पन्न गरेकामा आयोगलाई धन्यवाद दिए ।

उनले निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएकाले निर्वाचन सफलतापूर्वक सम्पन्न हुनुले लोकतन्त्र परिपक्क हुँदै गएको उल्लेख गरे। प्रमुख आयुक्त थपलियाले गत फागुन २५ मा निर्वाचित भई राष्ट्रपति जस्तो मुलुकको सर्वाेच्च र गरिमामय पदमा रही महत्वपूर्ण जिम्मेवारी सम्हालेका राष्ट्रपति पौडेलप्रति बधाइसहित सफल कार्यकालको शुभकामना व्यक्त गरे। उनले यो वर्ष निर्वाचनमय वर्ष रहेको उल्लेख गर्दै गत वर्ष २०७८ माघ १२ गते राष्ट्रियसभाको रिक्त १९ पदको निर्वाचनबाट सुरु भएको यो शिलशिला यही चैत ३ मा उपराष्ट्रतिको निर्वाचन सम्पन्न भएसँगै पूरा भएको बताए ।

यस कार्यमा नेपाल सरकार, सम्बन्धित निकाय, राजनीतिक दल, उम्मेदवार, मतदाता र सबै पक्षको सहयोगका लागि आयोगका तर्फबाट धन्यवाद व्यक्त गरे । उपराष्ट्रपतिको निर्वाचनमा कुल ५२ हजार ६२८ मतभार मध्ये उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादव ३० हजार ३२८ मतभार प्राप्त गरेका थिए । कार्यक्रममा निर्वाचन आयुक्तहरू रामप्रसाद भण्डारी, डा जानकीकुमारी तुलाधर, सगुनशमशेर जबरा, आयोगका सचिव गोकर्णमणि दुवाडीसहित सहभागी भएका थिए ।

नेपालको संविधानको धारा ६७ अनुसार नेपालमा एक उपराष्ट्रपति रहने र राष्ट्रपतिको अनुपस्थितिमा उपराष्ट्रपतिबाट सम्पादन गरिने कार्यहरू उपराष्ट्रपतिबाट सम्पादन गरिने व्यवस्था छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ ले दिएको अधिकार प्रयोग गरी २०७९ माघ १६ गतेको आयोगको बैठकबाट २०७९ चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन गर्ने गरी मिति तोकिएको थियो । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ लिँदै छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भौतिक पूर्वाधारमा एक खर्ब ३७ अर्बको बजेट सिलिङ
भौतिक पूर्वाधारमा एक खर्ब ३७ अर्बको बजेट सिलिङ
राजपाले आक्रमक रुपमा सरकारसँग माग्यो यस्तो धारणा
राजपाले आक्रमक रुपमा सरकारसँग माग्यो यस्तो धारणा
गुणस्तरीय खाद्यान्न उपलव्ध गराउने उद्देश्यसहित वर्ष दिन भित्रै काठमाडौँमा नेचर सुपरमार्केटको १० शाखा खुल्ने
गुणस्तरीय खाद्यान्न उपलव्ध गराउने उद्देश्यसहित वर्ष दिन भित्रै काठमाडौँमा नेचर सुपरमार्केटको १० शाखा खुल्ने
राजपामा समानुपातिक उम्मेदवारको नामले विवाद
राजपामा समानुपातिक उम्मेदवारको नामले विवाद
सपना ज्युँदा मान्छेले देख्छन्, यो सरकार पनि ज्युँदो सरकार हो : योगेश भट्टराई
सपना ज्युँदा मान्छेले देख्छन्, यो सरकार पनि ज्युँदो सरकार हो : योगेश भट्टराई
अमेरिकी राष्टपतिको साउदीलाई चेतावनी पत्रकार हत्यामा संलग्नता भए कडा कारवाही
अमेरिकी राष्टपतिको साउदीलाई चेतावनी पत्रकार हत्यामा संलग्नता भए कडा कारवाही
Two dead and 24 injured in Las Vegas after gunman opens fire at casino
Two dead and 24 injured in Las Vegas after gunman opens fire at casino
शरणार्थी प्रकरणका दोषी कोही पनि नछुटुन : गगन थापा
शरणार्थी प्रकरणका दोषी कोही पनि नछुटुन : गगन थापा
विश्वकै खराब एयरलाइन्स
विश्वकै खराब एयरलाइन्स
प्रदेश सरकारले तोक्यो मुख्यमन्त्री र मन्त्रीहरुको सेवासुविधा, कसले कति पाउने ?
प्रदेश सरकारले तोक्यो मुख्यमन्त्री र मन्त्रीहरुको सेवासुविधा, कसले कति पाउने ?