राष्ट्रपति बन्न एमालेभित्र लबिङ शुरु
सारांश
- काठमाडौं, २४ माघ – एमाले र माओवादी केन्द्रबीच संघीय सरकारमा प्रमुख पदहरुको बाँडफाँट नभए पनि एमालेभित्र राष्ट्रपति बन्नका लागि दौड चलेको छ।
- वर्तमान राष्ट्रपति विद्या भण्डारीले दोहोरिने ईच्छा देखाएकी छिन्।
- एमाले वरिष्ठ नेता एवं पुर्वप्रधानमन्त्री झलनाथ खनालले पनि राष्ट्रपतिमा दावी गरेका छन् ।
काठमाडौं, २४ माघ – एमाले र माओवादी केन्द्रबीच संघीय सरकारमा प्रमुख पदहरुको बाँडफाँट नभए पनि एमालेभित्र राष्ट्रपति बन्नका लागि दौड चलेको छ। वर्तमान राष्ट्रपति विद्या भण्डारीले दोहोरिने ईच्छा देखाएकी छिन्।
एमाले वरिष्ठ नेता एवं पुर्वप्रधानमन्त्री झलनाथ खनालले पनि राष्ट्रपतिमा दावी गरेका छन् । भण्डारी राष्ट्रपति हुनुअघि उनी एमाले पदाधिकारी थिइन्।
भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतसँग राष्ट्रपतिमा दोहोरिन ईच्छा दर्शाएकी छिन् ।
गत महिना माओवादी अध्यक्ष दाहाल परिवारलाई राष्ट्रपति निवासमै डिनर दिएकी भण्डारीले यसैसाता ओली र दाहाललाई बोलाएर लन्च मिटिङ गरेकी छिन् । यो खबर हामीले आजको नागरिक दैनिकबाट लिइएको हो ।
Anjan Shrestha Anjan
हाम्रो देशको रास्ट्रपति रवि वा धुर्मुस वा कुलमान वा सुन्तली हुनु पर्छ
Anjan Shrestha Anjan
हाम्रो देशको रास्ट्रपति रवि वा धुर्मुस वा कुलमान वा सुन्तली हुनु पर्छ