राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान प्रस्थान

Abhiyanpost Abhiyanpost
|
आइतबार, कार्तिक २५, २०८१
|
|
३८ पटक हेरिएको
Shares
राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान प्रस्थान

सारांश

  • काठमाडौं।
  • राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान प्रस्थान गरेका छन्।
  • राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु  राणालगायतले बिदाई गरेका थिए।

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान प्रस्थान गरेका छन्। राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु  राणालगायतले बिदाई गरेका थिए।

राष्ट्रपति पौडेल अजरबैजानको बाकुमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेका हुन् ।

राष्ट्रपति पौडेलले यही कात्तिक २७ र २८ गते हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई कात्तिक २७ गते सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलनका क्रममा नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन हुनेछ ।

बैठकमा नेपालले मेलम्ची, मुस्ताङ, कञ्चनपुर, थामे, काठमाडौँ उपत्यकालगायत क्षेत्रमा असामान्य मौसमीजन्य घटनाका कारण आएको बाढीपहिरोबाट भएको क्षतिबारे जानकारी गराउने बताइएको छ ।

सम्मेलन यही कात्तिक २६ सुरु भई आगामी मङ्सिर ७ गतेसम्म सञ्चालन हुनेछ । सम्मेलनमा सहभागी भई राष्ट्रपति पौडेल यही कात्तिक ३० गते शुक्रबार स्वदेश फर्किने कार्यतालिका रहेको परराष्ट्रले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँघर पाउँदा आगलागी पीडित हर्षित
नयाँघर पाउँदा आगलागी पीडित हर्षित
संसदीय सुनुवाई समितिद्वारा प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन
संसदीय सुनुवाई समितिद्वारा प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन
इटहरीमा फोहर प्रशोधन केन्द्र निर्माण
इटहरीमा फोहर प्रशोधन केन्द्र निर्माण
पूर्व मिस नेपाल उषा खड्गीको सम्बन्ध विच्छेद
पूर्व मिस नेपाल उषा खड्गीको सम्बन्ध विच्छेद
बुटवल उपमहानगरपालिकामा एमालेको विजयी सुरुवात ! धनकुटाकामा  ६ ठाउँमा एमालेको अग्रता  !
बुटवल उपमहानगरपालिकामा एमालेको विजयी सुरुवात ! धनकुटाकामा ६ ठाउँमा एमालेको अग्रता !
पूर्वी एशियाको आकाश किन खतरनाक बन्दैछन् ?
पूर्वी एशियाको आकाश किन खतरनाक बन्दैछन् ?
सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने प्रधानमन्त्री ओलीको प्रतिबद्धता
सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने प्रधानमन्त्री ओलीको प्रतिबद्धता
रु छ लाखसहित प्राविधिक कार्यालयका प्रमुख पक्राउ
रु छ लाखसहित प्राविधिक कार्यालयका प्रमुख पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्प राष्ट्रसंघको महासभामा उपस्थित नहुने
अमेरिकी राष्ट्रपति ट्रम्प राष्ट्रसंघको महासभामा उपस्थित नहुने
असिका, माणा, निसौसे, रोट खादै ‘पुसे १५’ पर्व मनाइँदै
असिका, माणा, निसौसे, रोट खादै ‘पुसे १५’ पर्व मनाइँदै