राष्ट्रियसभामा वार्षिक प्रतिवेदन पेश

Abhiyanpost Abhiyanpost
|
मंगलबार, फाल्गुन २, २०७९
|
|
३९ पटक हेरिएको
Shares
राष्ट्रियसभामा वार्षिक प्रतिवेदन पेश

सारांश

  • काठमाडौं ।
  • राष्ट्रियसभाको आजको बैठकमा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन पेश भएको छ ।
  • समितिका सभापति प्रकाश पन्थले ‘दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन २०७८÷०७९’ पेश गरेका हुन् ।

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन पेश भएको छ । समितिका सभापति प्रकाश पन्थले ‘दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन २०७८÷०७९’ पेश गरेका हुन् ।

त्यस्तै, बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश सभासमक्ष पेश गरे । सो आदेश गत असोज २८ गतेको मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको थियो ।

त्यस्तै बैठकमा प्रतिनिधिसभाका पूर्वसदस्य कर्मा घलेको निधन भएकामा शोक प्रस्ताव प्रस्तुत गरियो । पूर्वसांसद घलेको हालै निधन भएको हो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो प्रस्ताव पेश गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक यही फागुन १४ गते आइतबार १ बजे बस्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोदीले ‌ओलीलाई भने- पशुपतिनाथले तपाईंलाई सधैँ स्वस्थ राखून्
मोदीले ‌ओलीलाई भने- पशुपतिनाथले तपाईंलाई सधैँ स्वस्थ राखून्
भरतपुर महानगरपालिकाको मतगणना सुरु
भरतपुर महानगरपालिकाको मतगणना सुरु
स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
शिशिरको निर्देशनमा प्रमोदको नयाँ गीतको भिडियो सार्वजनिक (भिडियोसहित)
शिशिरको निर्देशनमा प्रमोदको नयाँ गीतको भिडियो सार्वजनिक (भिडियोसहित)
बैंक तथा वित्तीय संस्थामा अस्वस्थ प्रतिष्पर्धा बढेको छ : अर्थमन्त्री डा महत
बैंक तथा वित्तीय संस्थामा अस्वस्थ प्रतिष्पर्धा बढेको छ : अर्थमन्त्री डा महत
नेपाली कांग्रेसको चियापान आज, १ लाखलाई निम्ता
चितवनमा फेरि ग्लोबल रिच अष्ट्रेलियन युनिभर्सिटी एजुकेशन फेयर हुने
चितवनमा फेरि ग्लोबल रिच अष्ट्रेलियन युनिभर्सिटी एजुकेशन फेयर हुने
दलबलसहित ओलीले भेटे देउवालाई, तर कांग्रेसले विश्वासको मत नदिने जवाफ
दलबलसहित ओलीले भेटे देउवालाई, तर कांग्रेसले विश्वासको मत नदिने जवाफ
गृहमन्त्री र अमेरिकी उपसहायकमन्त्री भेटवार्ता
गृहमन्त्री र अमेरिकी उपसहायकमन्त्री भेटवार्ता
गायक मौसम गुरुङ र रेजिना परियारको आवाजमा ‘थोरै माया’ (भिडियाे सहित)
गायक मौसम गुरुङ र रेजिना परियारको आवाजमा ‘थोरै माया’ (भिडियाे सहित)

तपाईंले छुटाउनुभयो कि?