राष्ट्रिय मानव अधिकार आयोगले निष्पक्ष भएर काम गर्नुपर्ने

Abhiyanpost Abhiyanpost
|
शनिबार, जेठ १३, २०८०
|
|
३२ पटक हेरिएको
Shares
राष्ट्रिय मानव अधिकार आयोगले निष्पक्ष भएर काम गर्नुपर्ने

सारांश

  • जानकी ।
  • मानव अधिकार उल्लङ्घनका घटना तथा मानव अधिकारका पक्षमा राष्ट्रिय मानव अधिकार आयोगले निष्पक्ष भएर काम गर्नुपर्नेमा जोड दिइएको छ ।
  • राष्ट्रिय मानव अधिकार आयोगको २३औँ वार्षिकोत्सवका अवसरमा मानव अधिकार आयोग नेपालगञ्जले आज यहाँ आयोजना गरेको कार्यक्रममा नागरिकले आफ्नो अधिकारको प्रत्याभूति गर्न नपाइरहेको अवस्थामा आयोगले निष्पक्ष भएर काम गर्नुपर्नेमा जोड दिइएको हो ।

जानकी । मानव अधिकार उल्लङ्घनका घटना तथा मानव अधिकारका पक्षमा राष्ट्रिय मानव अधिकार आयोगले निष्पक्ष भएर काम गर्नुपर्नेमा जोड दिइएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगको २३औँ वार्षिकोत्सवका अवसरमा मानव अधिकार आयोग नेपालगञ्जले आज यहाँ आयोजना गरेको कार्यक्रममा नागरिकले आफ्नो अधिकारको प्रत्याभूति गर्न नपाइरहेको अवस्थामा आयोगले निष्पक्ष भएर काम गर्नुपर्नेमा जोड दिइएको हो ।

कार्यक्रममा प्रमुख अथिति उच्च अदालत तुल्सीपुरका न्यायाधीश भानुभक्त शर्मा न्यौपानेले मानव अधिकार संरक्षण र संवर्द्धनमा जनतालाई अझै पनि सचेत र सजग गराउन आवश्यक रहेको बताए । “मानव अधिकार उल्लङ्घनका घटना के हुन् र कस्ता हुन्छन् भन्ने विषयमा जनता अझै पनि अन्योलमा छन् । यसले गर्दा घटना घट्ने सम्भावना हुने हुँदा यस विषयमा जनतालाई सचेत गराउन आवश्यक छ”, उनले भने ।

न्यायाधीश शर्माले मावन अधिकारका घटना आयोगमा जति दर्ता हुनुपर्ने हो त्यति दर्ता हुन नसकेको उल्लेख गर्दै घटना दर्ता प्रक्रियामा पनि गम्भीर हुन आयोगलाई सुझाव दिए । उनले समग्रमा मानव अधिकारको संरक्षणमा आयोगको भूमिका महत्वपूर्ण भएकाले पारदर्शी भएर काम गर्नुपर्नेमा जोड दिए ।

मानव अधिकार उल्लघङ्नको कानुन नहुँदा पनि उच्च र सर्वोच्च अदालतले यस क्षेत्रमा काम गर्दै आएको स्मरण गर्दै न्यायाधीश शर्माले अहिले समयसापेक्ष कानुन भएकाले नागरिकका पक्षमा गम्भीर भएर काम गर्न आयोगलाई आग्रह गरे ।

कार्यक्रममा आयोगका कार्यालय प्रमुख द्वारिका शर्मा अधिकारीले सकारात्मक कुरालाई आत्मसात् गर्दै आगामी दिनमा आफ्ना कमी कमजोरीलाई सुधार गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । “विगतमा हामीबाट अन्जानमा भएका गल्तीहरुलाई समीक्षा गरेर आत्मसात् गर्दै ती गल्तीलाई कमजोरीका रुपमा स्वीकार गरेका छौँ”, उनले भने, “आगमी दिनमा तीनै कमजोरीलाई सुधार्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”

कार्यक्रमका सहभागीहरुले तीनै तहको सरकारले मानव अधिकारसम्बन्धी कार्यक्रमको आयोजना बनाउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा बाँकेका मावन अधिकारकर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका प्रमुखलगायत विभिन्न सङ्घसंस्थामा आबद्ध अभियन्ताहरुको सहभागिता थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आठ वर्षपछि सुव्रत आचार्यको निर्देशनमा ‘हजारौँमा एक’ बन्ने: दक्षिण भारतीय भाषामा समेत डबिङ गरी अन्तर्राष्ट्रिय बजारमा लैजाने तयारी
आठ वर्षपछि सुव्रत आचार्यको निर्देशनमा ‘हजारौँमा एक’ बन्ने: दक्षिण भारतीय भाषामा समेत डबिङ गरी अन्तर्राष्ट्रिय बजारमा लैजाने तयारी
झापाबाट धुर्मुस–सुन्तली फाउन्डेसनलाई २० लाख
झापाबाट धुर्मुस–सुन्तली फाउन्डेसनलाई २० लाख
नेपाल रेल्वे कम्पनीमा खुल्यो जागिर, यी पदमा १२९ जनाको माग
आगामी वर्षभित्र कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता ल्याउने सरकारको घोषणा
Top 10 Greatest Casinos In The Us
कस्तो रहला आज देशभरको मौसम?
कस्तो रहला आज देशभरको मौसम?
श्रम स्वीकृति लिन अनलाइनबाटै टोकन प्राप्त
श्रम स्वीकृति लिन अनलाइनबाटै टोकन प्राप्त
न्युजिल्याण्डलाई हराउँदै भारत एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा
न्युजिल्याण्डलाई हराउँदै भारत एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा
धावनमार्गमा चिप्लिएको यतिको विमान मर्मतपछि सञ्चालनमा आउने
धावनमार्गमा चिप्लिएको यतिको विमान मर्मतपछि सञ्चालनमा आउने
नेपाल दाना उद्योग संघ, चितवन को १४ औं साधारण सभा सम्पन्न, सभाले नयांँ कार्यसमिति चयन गर्यो।
नेपाल दाना उद्योग संघ, चितवन को १४ औं साधारण सभा सम्पन्न, सभाले नयांँ कार्यसमिति चयन गर्यो।