रिचार्जरमा कोरोना प्रतिरोधात्मक जुस किन्दा १० थान के एन ९५ मास्क सित्तैमा

Abhiyanpost Abhiyanpost
|
सोमबार, आषाढ १५, २०७७
|
|
३५ पटक हेरिएको
Shares
रिचार्जरमा कोरोना प्रतिरोधात्मक जुस किन्दा १० थान के एन ९५ मास्क सित्तैमा

सारांश

  • मोबाइल एप रिचार्जरले कोरोना प्रतिरोधात्मक जुस किन्दा १० थान के एन ९५ मास्क सित्तैमा उपलब्ध गराउने भएको छ ।
  • आफ्ना प्रयोगकर्तालाई लक्षित गर्दै रिचार्जरले यस्तो अफर ल्याएको जनाएको छ ।
  • रिचाजर्रले यही असार १६ गते मंगलबार दिउँसो २ बजे देखि ३ बजेसम्म एक घण्टाको अवधिमा कम्तिमा १० बोत्तल भिटामिन सी युक्त डबल सी ब्रान्डको जुस अडर गर्नेहरुलाई निशुल्क मास्क उपलब्ध गराउने भएको हो ।

मोबाइल एप रिचार्जरले कोरोना प्रतिरोधात्मक जुस किन्दा १० थान के एन ९५ मास्क सित्तैमा उपलब्ध गराउने भएको छ । आफ्ना प्रयोगकर्तालाई लक्षित गर्दै रिचार्जरले यस्तो अफर ल्याएको जनाएको छ । रिचाजर्रले यही असार १६ गते मंगलबार दिउँसो २ बजे देखि ३ बजेसम्म एक घण्टाको अवधिमा कम्तिमा १० बोत्तल भिटामिन सी युक्त डबल सी ब्रान्डको जुस अडर गर्नेहरुलाई निशुल्क मास्क उपलब्ध गराउने भएको हो ।

उक्त सेल अवधिमा जुस अडर गर्दा रिचार्जरका प्रयोगकर्ताले एक हजार क्यास प्वाइण्ट भने रिडीम गर्नुपर्ने हुन्छ । रिचार्जरको मोबाईल एप डाउनलोड गरि खाता सञ्चालन गर्ना साथ एक हजार क्यास प्वाइण्ट पाईने रिचार्जरले जनाएको छ । साबिकका प्रोयोगकर्ताको हकमा खातामा सञ्चित रहेको क्यास प्वाइण्ट रिडीम गरेर जुस किन्दा मास्क निशुल्क पाईने ग्लोबल कि टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाईडरले बताए ।

‘अहिले बजारमा १० ओटा मास्कको मूल्य नै एक हजार रुपैया भन्दा धेरै पर्छ । त्यहि भएर थाईल्याण्डमा उत्पादित उच्च गुणस्तरको इम्युनिटि बुस्टर जुस किन्दा मास्क सित्तैमा दिन लागेका हौं’ अलाईभ ग्लाइडरले भने । यो अफरमा आउने अर्डरको डेलिभरी ढिलोमा ४८ घण्टामा गरिसक्ने रिचार्जरले जनाएको छ । मोबाइल, ल्यापटप तथा इलेक्टोनिक ग्याजेटेस्हरु भने अर्डर गरेको २४ घण्टा भित्रमा डेलिभरी हुनेछ ।

रिचार्जरले घर, पसल, अफिस, बैंक तथा वित्तीय संस्था, होटल लगायत सबै क्षेत्रको लागि कोभिड १९ का सुरक्षा उपकरणहरु समेत सुपथ मूल्यमा उपलब्ध गराउँदै आएको छ । जतिको रिचार्ज गर्यो त्यति नै क्यास प्वाइन्ट पाइने रिचार्जरले बीमा, बिजुली, इन्टरनेट, टिभी लगायतका सेवाको महसुल भुक्तानी गर्दा पनि २० प्रतिशत क्यास प्वाइन्ट दिन्छ । यसरी उपलब्ध हुने क्यास प्यान्टलाई सामान किन्दा छुटको रुपमा प्रयोग गर्न सकिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस सभापतिहरुको भेलामा ट्रम्प र किमको चर्चा
कांग्रेस सभापतिहरुको भेलामा ट्रम्प र किमको चर्चा
मुख्यसचिव रेग्मी प्रति कठोर बन्दै प्रम ओली, नेपाल फर्किए लगत्तै टुंगो लगाउने !
मुख्यसचिव रेग्मी प्रति कठोर बन्दै प्रम ओली, नेपाल फर्किए लगत्तै टुंगो लगाउने !
ओलीलाई मोदीले राजदूत मार्फत चिठी पठाएर भने ‘स्वागत गर्न आतुर छु’
ओलीलाई मोदीले राजदूत मार्फत चिठी पठाएर भने ‘स्वागत गर्न आतुर छु’
चितवनमा चुनाबि ,चर्चा  चार केन्द्रीय नेता भिड्दै ।
चितवनमा चुनाबि ,चर्चा चार केन्द्रीय नेता भिड्दै ।
काठमाण्डाैकाे फोहोर उठ्न अझै १ हप्ता लाग्ने
काठमाण्डाैकाे फोहोर उठ्न अझै १ हप्ता लाग्ने
बूढानीलकण्ठ नगरपालिकाको प्रमुख र उप-प्रमुखमा नेकपा एमालेको जित
बूढानीलकण्ठ नगरपालिकाको प्रमुख र उप-प्रमुखमा नेकपा एमालेको जित
राष्ट्रपति भण्डारीले हेलिकप्टरबाटै अवलोकन गरिन् कोदो, मकै र गहुँ खेती
राष्ट्रपति भण्डारीले हेलिकप्टरबाटै अवलोकन गरिन् कोदो, मकै र गहुँ खेती
प्रधानमन्त्री संग भेटे लगत्तै किन भेटे दाहालले बाबुराम र उपेन्द्रलार्इ ?
प्रधानमन्त्री संग भेटे लगत्तै किन भेटे दाहालले बाबुराम र उपेन्द्रलार्इ ?
बाटोमा भेटिएको सालक प्रहरीको जिम्मामा छोडियो
मंगलबारदेखि कतार एयरवेजले गौतमबुद्ध विमानस्थलमा उडान भर्दै
मंगलबारदेखि कतार एयरवेजले गौतमबुद्ध विमानस्थलमा उडान भर्दै

तपाईंले छुटाउनुभयो कि?