रेडियो नेपालका पहिलो गायक तथा वरिष्ठ कलाकार रिमालको निधन !

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, भाद्र १५, २०७५
|
|
५७ पटक हेरिएको
Shares
रेडियो नेपालका पहिलो गायक तथा वरिष्ठ कलाकार रिमालको निधन !

सारांश

  • काठमाडौँ, १५ भदौ ।
  • वरिष्ठ कलाकार एवं रेडियो नेपालका पहिलो गायक तथा नाट्य धरोहर हरिप्रसाद रिमालको ९२ वर्षको उमेरमा आज बिहान उनकै निवासमा निधन भएको छ ।
  • रिमालको पार्थिव शरीरलाई अहिले अन्तिम श्रद्धाञ्जलीका लागि नयाँ बानेश्वरस्थित निवासमा राखिएको र आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने चलचित्र निर्देशक सम्राट सापकोटाले जानकारी दिए ।

काठमाडौँ, १५ भदौ । वरिष्ठ कलाकार एवं रेडियो नेपालका पहिलो गायक तथा नाट्य धरोहर हरिप्रसाद रिमालको ९२ वर्षको उमेरमा आज बिहान उनकै निवासमा निधन भएको छ । रिमालको पार्थिव शरीरलाई अहिले अन्तिम श्रद्धाञ्जलीका लागि नयाँ बानेश्वरस्थित निवासमा राखिएको र आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने चलचित्र निर्देशक सम्राट सापकोटाले जानकारी दिए । नाटककार स्व बालकृष्ण समको मुकुन्द इन्दिरामा १४ वर्षको उमेरमा अभिनय शुरु गरेका रिमालले चलचित्र आमाबाट नेपाली चलचित्रमा अभियन यात्रा शुरु गरेका थिए ।

उनी विसं २००७ मा रेडियो नेपालबाट प्रसारण गरिएको ‘मेरो दिल टुक्रा टुक्रा… बोलको गीत गाएर प्रथम गायकको रूपमा स्थापित भए । उनले गाएका ‘बिना बादल असिना झ¥यो’, ‘फगत एक नजरमा’ जस्ता दर्जनौँ सदाबहार चर्चित छन् । सरल र स्वभाविक अभिनयद्वारा नेपाली चलचित्रको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएवापत उनलाई विसं २०७१ मा सिजी कामना अवार्ड समारोहमा रु एक लाख राशिको कीर्तिमय दीर्घ सम्मान गरिएको थियो ।

विसं १९८२ असोज ३ गते शुक्रबार पिता घनश्याम रिमाल र माता मोहनकुमारी रिमालको सुपुत्रका रूपमा काठमाडाँैको लगनटोलमा जन्मनुभएका रिमालको योगदान रेडियो नाटकदेखि नेपाली रङ्गमञ्च र चलचित्र क्षेत्रसम्म अविष्मरणीय रूपमा फैलिएको छ । उनका दुई छोरा, एक छोरी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खेर गयो वार्नरको सतक, दक्षिण अफ्रिका १० रनले विजयी
खेर गयो वार्नरको सतक, दक्षिण अफ्रिका १० रनले विजयी
फेवातालको जलकुम्भी झार सफाइमा जुटे पोखरेली
फेवातालको जलकुम्भी झार सफाइमा जुटे पोखरेली
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो, कारोबार रकम  तीन अर्ब चार करोडभन्दा माथि
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो, कारोबार रकम तीन अर्ब चार करोडभन्दा माथि
प्रधानमन्त्री प्रचण्डद्वारा मन्त्रिपरिषद् विस्तार
प्रधानमन्त्री प्रचण्डद्वारा मन्त्रिपरिषद् विस्तार
देउवाले पेलेपछि पौडेल समूह आन्तरिक छलफलमा, एकलौटी निर्णय नमान्ने चेतावनी
देउवाले पेलेपछि पौडेल समूह आन्तरिक छलफलमा, एकलौटी निर्णय नमान्ने चेतावनी
बचतपत्र निष्काशन गर्दै राष्ट्र बैंक
बचतपत्र निष्काशन गर्दै राष्ट्र बैंक
झापा–५ का उम्मेदवार बालेन्द्र शाहले प्रयोग गरेको करोडौँको विलासी गाडी उद्योगी मालपानीको भएको खुलासा
झापा–५ का उम्मेदवार बालेन्द्र शाहले प्रयोग गरेको करोडौँको विलासी गाडी उद्योगी मालपानीको भएको खुलासा
भाषाको संरक्षण र संवर्द्धनका निम्ति समर्पित हुन राष्ट्रपतिको आह्वान
भाषाको संरक्षण र संवर्द्धनका निम्ति समर्पित हुन राष्ट्रपतिको आह्वान
जाेरविजाेर प्रणालि हट्याे !
जाेरविजाेर प्रणालि हट्याे !
उपराष्ट्रपतिका उम्मेदवार यादवले अध्यक्ष नेपालसँग मागे मत
उपराष्ट्रपतिका उम्मेदवार यादवले अध्यक्ष नेपालसँग मागे मत

तपाईंले छुटाउनुभयो कि?