रेणुलाई जित्न अपुग मत देलान् ? भरतपुर–१९ का जनताले ??

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १६, २०७४
|
|
४४ पटक हेरिएको
Shares
रेणुलाई जित्न अपुग मत देलान् ?   भरतपुर–१९ का जनताले ??

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

१६ साउन– भरतपुर महानगरपालिकाको मेयर को बन्ने भनी गत वैशाख २९ गते भएको मतदानमा जनताले दिएको मत माओवादी अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी रेणु दाहालले च्यात्नुभयो । रेणु भरतपुरमा माओवादी–कांग्रेस गठबन्धनकी उम्मेदवार हुनुहुन्थ्यो, उहाँका वारेस मधु न्यौपाने र द्रोण सिवाकोटीले जनताले लाइन लागेर गरेको मतपत्र च्यात्नु भएको थियो ।

पिता प्रधानमन्त्री भएका कारण रेणुलाई उम्मेदवार बनेकै बखतदेखि राज्यशक्ति प्रयोगको अनुकुलता थिए । रेणुलाई जिताउन राज्यकोषको ६ अर्व वितरणमा निर्वाचन आयोगले आँखा चिम्लेको र रेणुले पुन मतदान गराउन मतपत्र च्यत्दा त्यसैलाई सदर गर्नेगरी आयोगले गरेको पुनः निर्वाचनको निर्णय त्यसका प्रमाण थिए । सर्वाेच्च अदालतमा आयोगको निर्णय विरुद्ध परेको रिट सर्वाेच्चले खारेज गरेपछि अदालतको आदेश मान्नु सबैको वाध्यता हो तर, त्यो न्याय हो कि होइन भन्ने विषय नेपालको निर्वाचन पद्दतिको इतिहासमा कहिल्यै नबिर्सिइने घटनाका रुपमा रहने पक्का छ । मतपत्र च्यात्ने देखि निर्वाचन आयोगबाट पुन मतदानको निर्णय गराउने अनि सर्वाेच्चको अन्तिम फैसला नआउन्जेलसम्म पर्दाभित्रको पात्रका रुपमा सक्रिय ‘महान्यायाधिवक्ता’ रमण श्रेष्ठको चलखेल न्यायिक पद्दति अध्ययनमा एउटा ‘फुटनोट’ हुन सक्छ, जसले सत्ताधारीको जनताप्रतिको अविश्वासलाई उजागर गर्छ ।

अव सर्वाेच्चले फैसला गरिसकेपछि निसन्देह भरतपुर वडा नम्बर १९ मा पुन निर्वाचन हुनेछ । मतपत्र च्यात्ने माओवादी पहिले दिएको मत थोरै भएर चित्त नबुझेकोले धेरै भोट माग्न जानेछ । जीतको निकट पुगेका एमाले उम्मेदवार देवी ज्ञवाली भरतपुरको मेयर मात्रै होइन न्याय माग्न जनताबीच जानु पर्ने भएको छ । ज्ञवालीले सर्वाेच्चको आदेश आफूले मान्ने वताउनु भयो तर, त्यसले अन्याय भएको पनि प्रतिक्रिया जनाउनु भयो ।

जनताले दिएको मतले नपुगे पनि, निर्वाचनका सिद्धान्त पराजित गरेर भए पनि, जनताको मत च्यातेर भए पनि, सत्ताको दुरुपयोग गरेर भए पनि एक थान मेयर पद रेणु दाहाललाई दिलाउने र समाजमा न्यायको जग भत्काउन नहुने देवी ज्ञवालीको मान्यताबीच हुनेछ अवको चुनाव । यसअर्थमा भरतपुर १९ को चुनाव भरतपुरको मेयर पदका लागि मात्रै हुनेछैन, त्यसले समग्र न्यायप्रणालीको भोलिको दिशासमेत चयन गर्नेछ ।

भरतपुर महानगरपालिकाको मेयर छनौटका लागि १९ नम्बर वडा बाहेक अन्यत्र मतदान उहिल्यै भइसकेको छ । २० नम्बर वडाको ३३०२ मत गन्न बाँकी छ । यी दुई वडाको मत गणना बाँकी हुँदा एमाले उम्मेदवार देवी ज्ञवाली ७८३ मतले अगाडि हुनुहुन्छ । बैशाख २९ गते दिएको मत च्यातेर फेरि मत माग्न जाने रेणुको नैतिक तागत सायद कमजोर नै हुनेछ । जनताले दिएको मत च्यात्नु त्यहीँका जनताको अपमान हो । जसको अमुल्य मत रेणुले च्यात्नुभयो फेरि तिनैसँग उहाँले मत माग्ने नैतिक धरातल कति बाँकी रहला ? रेणुलाई नपुगेको ७८३ मत रेणुबाटै अपमानित जनताले भरेर पठाउलान् ?

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टी-२० विश्वकपमा जिम्बाबेलाई हराउदै नेदरल्यान्ड्सको पहिलो जित
टी-२० विश्वकपमा जिम्बाबेलाई हराउदै नेदरल्यान्ड्सको पहिलो जित
प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिति बुझ्न राष्ट्रपति भण्डारी पुगिन अस्पताल
प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिति बुझ्न राष्ट्रपति भण्डारी पुगिन अस्पताल
नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सोमबार
नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सोमबार
उब्जाउ भूमि मासेर क्रसर र बालुवा उद्योग सञ्चालन, किसान मर्कामा
उब्जाउ भूमि मासेर क्रसर र बालुवा उद्योग सञ्चालन, किसान मर्कामा
राजेश हमाल विवादमा मुछिएपछि समता फाउण्डेशन बोल्यो
राजेश हमाल विवादमा मुछिएपछि समता फाउण्डेशन बोल्यो
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १०६, संक्रमित पाँच हजार पुग्दै
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १०६, संक्रमित पाँच हजार पुग्दै
जेलभित्र रहेका डनसँगको सेटिङमा डीएसपीको सरुवा मिलाउँदै गृह राज्यमन्त्री
जेलभित्र रहेका डनसँगको सेटिङमा डीएसपीको सरुवा मिलाउँदै गृह राज्यमन्त्री
मानवअधिकार आयोग जुम्ला कार्यालय सार्ने तयारीको विरोध
मानवअधिकार आयोग जुम्ला कार्यालय सार्ने तयारीको विरोध
प्रधानमन्त्रीको प्रेस संयोजकमा गोविन्द परियार
प्रधानमन्त्रीको प्रेस संयोजकमा गोविन्द परियार
एमाले मेयर उम्मेदवारको घरमा बम,  कसले र किन राख्यो भन्ने विषयमा केही खुलेको छैन
एमाले मेयर उम्मेदवारको घरमा बम, कसले र किन राख्यो भन्ने विषयमा केही खुलेको छैन