रोल्पाबाट यस आवमा ३१ जना हराए

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २५, २०७४
|
|
४३ पटक हेरिएको
Shares
रोल्पाबाट यस आवमा ३१ जना हराए

सारांश

  • लिबाङ, रोल्पा, २५ माघ, जिल्ला प्रहरी कार्यालय रोल्पाअन्तर्गत रहेको महिला तथा बालबालिका सेवा केन्द्रका अनुसार यस आव २०७४÷७५ मा मात्र रोल्पाबाट ३१ जना हराएका छन् ।
  • यसरी हराउनेमा महिला तथा बालबालिका मात्र रहेको सेवा केन्द्रका प्रहरी सहायक निरीक्षक दिलकुमारी बुढामगरले जानकारी दिनुभयो ।
  • हराएका मध्ये एक बालक र तीन महिला फेला परेको भए पनि अन्य चार बालकसहित २७ जनाको अवस्थाका बारेमा परिवार तथा तिनका आफन्त र प्रहरीलाई कुनै किसिमको जानकारी छैन ।

लिबाङ, रोल्पा, २५ माघ, जिल्ला प्रहरी कार्यालय रोल्पाअन्तर्गत रहेको महिला तथा बालबालिका सेवा केन्द्रका अनुसार यस आव २०७४÷७५ मा मात्र रोल्पाबाट ३१ जना हराएका छन् । यसरी हराउनेमा महिला तथा बालबालिका मात्र रहेको सेवा केन्द्रका प्रहरी सहायक निरीक्षक दिलकुमारी बुढामगरले जानकारी दिनुभयो ।

हराएका मध्ये एक बालक र तीन महिला फेला परेको भए पनि अन्य चार बालकसहित २७ जनाको अवस्थाका बारेमा परिवार तथा तिनका आफन्त र प्रहरीलाई कुनै किसिमको जानकारी छैन । यसरी छुट्टाछुट्टै स्थानबाट हराएका बालकहरु क्रमशः १०, १३, १५ र १६ वर्षका रहेका छन् भने महिला २० देखि ३५ वर्ष उमेर समूहका रहेको प्रसनि बुढामगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसैगरी आव २०७३÷७४ मा ५६ महिला, २२ बालक र नौजना बालिका जिल्लाबाट हराएका थिए ।

तीमध्ये चार महिला, २० बालक र ६ बालिका फेला परिसकेका छन् भने अन्यको अवस्थाका बारेमा आजसम्म पनि कसैलाई कुनै किसिमको जानकारी छैन । यस्तै आव ०७२÷७३ मा पनि महिला तथा बालबालिका गरी ८० जना हराएका थिए । यसरी परिवारलाई जानकारी नदिई घर, विद्यालय, पसल, धारा, पँधेरा तथा घाँसदाउरा गर्न गएका परिवारका सदस्य एकाएक सम्पर्कविहीन हुँदा परिवारलाई मानसिक तथा शारीरिक तनाव हुने हराएका आफन्तले जनाएका छन् ।

थबाङ गाउँपालिकाका ७० वर्षीय एक अभिभावकका अनुसार करिब ४ वर्षअघि दाउरा गर्न जंगल गएकी उहाँकी १५ वर्षीया छोरी बाटोबाटै हराइन् । उनी हराएपछि परिवारमा निकै चिन्ता भयो । खोजतलास गरियो, तर उनको पत्ता लागेन, तर दुई सन्तानकी आमा बनेर केही दिनअघि मात्र छोरी सम्पर्कमा आएपछि उहाँले सन्तानको चिन्ताबाट छुटकारा पाएको बताउनुभएको छ ।

यसरी हराएका अधिकांश महिला वैवाहिक सम्बन्ध स्थापित गर्नका लागि आफूखुशी हिँड्ने गरेको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिनुभयो । उहाँका अनुसार बालबालिका पारिवारिक बेमेलका कारण आफूखुशी हिँडेका हुन्छन् । यसरी हिँडेका बालकहरु कोही इँटाभट्टा, कोही होटेल तथा कोही नेपाल बाहिरका विभिन्न स्थानमा रोगजारीका लागि पुग्ने गरेका छन् ।

यसरी नागरिकले परिवारको सदस्य तथा आफन्तमा नआउँदा प्रहरीलाई खबर गर्ने तर सम्पर्कमा आइसके पनि जानकारी नदिने भएको हुँदा प्रहरीको तथ्यांकमा हराउनेको संख्या अधिक हुने गरेको छ । साथै, प्रहरीलाई यही काममा अल्झिनुपर्ने बाध्यता छ । त्यसैले नागरिकले आफ्नो कर्तव्यबोध गर्दै आफ्नो मान्छे फेला परे प्रहरीलाई जानकारी गराउन सके सही तथ्यांक आउनाका साथै काम गर्नसमेत सहज हुने उहाँको धारणा छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुर्घटनापछि दमकललगायत अत्यावश्यक सवारीसाधनलाई पहिलो प्राथमिकता दिने अठोट
दुर्घटनापछि दमकललगायत अत्यावश्यक सवारीसाधनलाई पहिलो प्राथमिकता दिने अठोट
अवैध रुपमा अमेरिका जान हिँडेका १७६ नेपाली ब्राजिलमा अलपत्र
अवैध रुपमा अमेरिका जान हिँडेका १७६ नेपाली ब्राजिलमा अलपत्र
नेता नेपालद्वारा जनताको विश्वास जित्न सरकारको विशेष ध्यानाकर्षण
नेता नेपालद्वारा जनताको विश्वास जित्न सरकारको विशेष ध्यानाकर्षण
आत्मघाती हमलामा तीन जना पत्रकार सहित २३ को मृत्यु !
आत्मघाती हमलामा तीन जना पत्रकार सहित २३ को मृत्यु !
पोखरामा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदै
पोखरामा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुँदै
कोरला नाकामा नेपालतर्फ काम नै भएन
कोरला नाकामा नेपालतर्फ काम नै भएन
पुस १० गते बिहिबारको राशिफल यस्तो छ
पुस १० गते बिहिबारको राशिफल यस्तो छ
एनसेलका झण्डै ५० प्रतिशत ग्राहकले स्मार्टफोन प्रयोग गर्ने गरेको तत्थ्य सार्वजनिक
एनसेलका झण्डै ५० प्रतिशत ग्राहकले स्मार्टफोन प्रयोग गर्ने गरेको तत्थ्य सार्वजनिक
इलाम नगरपालिकामा २५ वर्षपछि कांग्रेसको कमब्याक
इलाम नगरपालिकामा २५ वर्षपछि कांग्रेसको कमब्याक
सुन तस्करीको अनुसन्धानलाई निष्कर्षमा पु-याउन सकारात्मक वातावरण बनाऔँ : उपप्रधानमन्त्री श्रेष्ठ
सुन तस्करीको अनुसन्धानलाई निष्कर्षमा पु-याउन सकारात्मक वातावरण बनाऔँ : उपप्रधानमन्त्री श्रेष्ठ