लकडाउनको नयाँ मोडालिटी आज सार्वजनिक हुने

Abhiyanpost Abhiyanpost
|
बुधबार, बैशाख २४, २०७७
|
|
४७ पटक हेरिएको
Shares
लकडाउनको नयाँ मोडालिटी आज सार्वजनिक हुने

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओली लकडाउन लम्ब्याउने टुंगोमा पुगेका छन् ।
  • उनले नयाँ मोडालिटी लकडाउन लम्ब्याउने प्रस्तावबारे छलफल गरी टुंगो लगाएका हुन् ।
  • प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उच्चस्तरीय समन्वय समितिसँग छलफल गरेपछि नयाँ मोडालिटीका साथ लम्ब्याउने निष्कर्षमा पुगेका उनले मन्त्रिपरिषदबाट आज निर्णय गराउने भएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली लकडाउन लम्ब्याउने टुंगोमा पुगेका छन् । उनले नयाँ मोडालिटी लकडाउन लम्ब्याउने प्रस्तावबारे छलफल गरी टुंगो लगाएका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उच्चस्तरीय समन्वय समितिसँग छलफल गरेपछि नयाँ मोडालिटीका साथ लम्ब्याउने निष्कर्षमा पुगेका उनले मन्त्रिपरिषदबाट आज निर्णय गराउने भएका हुन् ।

कोभिड १९ नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्री इश्वर पोखरेलसहित सदस्यहरुसँग हिजो छलफल गरेपछि प्रधानमन्त्रीले आवश्यक निर्देशन दिएको बुझिएको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले केही खुकुलो पारेर जानुपर्ने सुझाव दिएका थिए । अन्य मन्त्रीहरुको पनि यस्तै सुझाव थियो । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले भने रोकथामका लागि अझै लकडाउन कडा बनाउनुपर्ने नत्र जोखिम बढ्ने प्रस्ताव गरेको स्रोतले बतायो ।

मोडालिटीको खाकामा छलफलपछि टुंगोमा पुगेकाले आज मुख्यसचिव लोकदर्शन रेग्मीले निर्णायक प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्ने भएका छन् । मोडालिटीको खाकालाई प्रधानमन्त्री समक्ष टेबुल गरी छलफल भएको थियो ।

खाकामा बढी खतरा भएको क्षेत्रलाई रेड जोन र कम खतरा भएको क्षेत्रलाई ग्रीन जोन बनाई केही क्षेत्र सञ्चालनको छुट दिइने प्रस्ताव गरिएको छ । विद्यालय, सार्वजनिक तथा निजी यातायातका अलावा भीडभाड हुने क्षेत्रमा छुट दिन नहुने प्रस्ताव रहेको बुझिएको छ । तर, कृषि, सामान ढुवानलगायतका क्षेत्रमा छुट दिइने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ललिता निवास प्रकरण : हदम्यादबारे प्रधानमन्त्री कार्यालय नै अन्योलमा
ललिता निवास प्रकरण : हदम्यादबारे प्रधानमन्त्री कार्यालय नै अन्योलमा
विश्वविख्यात फुटबलर म्याराडोनाको निधन
विश्वविख्यात फुटबलर म्याराडोनाको निधन
भारतीय सेनासँगको झडपमा चीनका सयभन्दा बढी सैनिक मारिएको खुलासा
भारतीय सेनासँगको झडपमा चीनका सयभन्दा बढी सैनिक मारिएको खुलासा
यसकारण खारेज हुन सक्छन नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरम पनि !
भोजपुरमा प्रहरी र विप्लव समूहबीच भीडन्त, दुई जनाको मृत्यु
भोजपुरमा प्रहरी र विप्लव समूहबीच भीडन्त, दुई जनाको मृत्यु
नेवानिका कार्यकारी अध्यक्ष खरेलले जापानमा नेपालको बेइज्जत गरे
नेवानिका कार्यकारी अध्यक्ष खरेलले जापानमा नेपालको बेइज्जत गरे
सुनछहरी गाउँपालिकाद्वारा आँखा केन्द्र सञ्चालन
सुनछहरी गाउँपालिकाद्वारा आँखा केन्द्र सञ्चालन
मिटरब्याज पीडितको आठ बिघा जग्गा फिर्ता
मिटरब्याज पीडितको आठ बिघा जग्गा फिर्ता
कांग्रेस नेता घिमिरेको दाबीः विशेष महाधिवेशनको पक्षमा ५१ प्रतिशत मत
कांग्रेस नेता घिमिरेको दाबीः विशेष महाधिवेशनको पक्षमा ५१ प्रतिशत मत
राष्ट्रपति भण्डारी बुधबार दाङ जाँदै
राष्ट्रपति भण्डारी बुधबार दाङ जाँदै

तपाईंले छुटाउनुभयो कि?