लगातार छैटौं खेलमा हारेपछि विराट कोहलीले के भने ?

Abhiyanpost Abhiyanpost
|
सोमबार, चैत्र २५, २०७५
|
|
४९ पटक हेरिएको
Shares
लगातार छैटौं खेलमा हारेपछि विराट कोहलीले के भने ?

सारांश

  • काठमाडौं।
  • इण्डियन प्रिमियर लिग (आइपिएल)मा लगातार छैटौं खेलमा हारेपछि रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान विराट कोहलीले टिमको प्रदर्शनप्रति निराशा व्यक्त गरेका छन् ।
  • उनले भने ‘हामी हारेपछि हरेक दिन बहाना बनाउन सक्दैनौं ।
काठमाडौं। इण्डियन प्रिमियर लिग (आइपिएल)मा लगातार छैटौं खेलमा हारेपछि रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान विराट कोहलीले टिमको प्रदर्शनप्रति निराशा व्यक्त गरेका छन् । उनले भने ‘हामी हारेपछि हरेक दिन बहाना बनाउन सक्दैनौं ।’ आइपिएलको यो सिजनमा यो बैंगलोरको लगातार छैटौं हार हो । 
उसले जारी आइपिएलमा कुनै पनि खेल जित्न सकेको छैन । बैंगलोर यो सिजनमा सहभागी टिमहरुमध्ये किंग्स ११ पंजाबसँग मात्र खेल्न बाँकी छ । उसले अन्य सबै टिमसँग हारिसकेको छ । बैंगलोरलाई प्लेअफ पुग्न अब बाँकी ८ खेल सबै जित्नै पर्छ । 
बैंगलोरले हिजोको खेलमा दिएको १५० रनको लक्ष्य दिल्लीले ७ बल बाँकी छँदै ६ विकेटको क्षतिमा भेट्टाएको थियो । कोहलीले भने ‘हामीलाई लागेको थियो कि १६० रनको स्कोर लड्न लायक हुनेछ । तर, नियमित अन्तरालमा विकेट झरेपछि हामीले यसो गर्न सकेनौं । म अन्तिमसम्म क्रिजमा रहिरह चाहन्थें । यहाँसम्म कि १५० को स्कोर पनि हामीले डिफेण्ड गर्न सक्थ्यौं । यसका लागि हामीले मौकाको फाइदा उठाउनुपर्ने थियो । तर, यस्तो हुन सकेन ।’
कोहलीले यो खेलमा ३३ बलमा ४१ रन बनाएका थिए । उनले भने ‘हामीले म्याचको दिन अहिलेसम्म राम्रो खेल देखाउन सकेनौं । यो सिजनमा टिमको यही कहानी छ । मसँग यस्तै किसिमको इनिङ खेल्ने बाहेक कुनै विकल्प थिएन । विकेटमा खेल्न मुस्किल थियो । एबी डिभिलियर्स आउट भएपछि मैले इनिङ सम्हाल्नुपर्ने थियो । म अन्तिम ओभरमा आउट भएर खुसी थिइन । यदि विकेटमा रहन सकेको भए २५–३० रन अझै बनाउन सकिन्थ्यो ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बौद्धबाट एघार महीनामा आपराधिक घटनामा संलग्न ८४४ जना पक्राउ
बौद्धबाट एघार महीनामा आपराधिक घटनामा संलग्न ८४४ जना पक्राउ
सरकारको एक वर्ष : पर्यटनमा जागेको आशा
सरकारको एक वर्ष : पर्यटनमा जागेको आशा
स्ववियू को मतपरिणाम सार्वजनिक गर्न विद्यार्थी संगठनहरुबीच होडबाजी
नाना पाटेकरलाइ अाराेप लगाउने तनुश्री दत्ताले गरिन  राखी सावन्त बिरूद्ध १० करोड भारु माग, कारण यस्ताे छ
नाना पाटेकरलाइ अाराेप लगाउने तनुश्री दत्ताले गरिन राखी सावन्त बिरूद्ध १० करोड भारु माग, कारण यस्ताे छ
उपत्यकाका सबै खोलामा बाढी, गोदावरी खोलाले बगायो कार
उपत्यकाका सबै खोलामा बाढी, गोदावरी खोलाले बगायो कार
देउवाले हकार्दै प्रकाशमानलाई ‘तपाइँ चुप लाग्नुस् भनेपछि…’
देउवाले हकार्दै प्रकाशमानलाई ‘तपाइँ चुप लाग्नुस् भनेपछि…’
परम्परा जोगाउँनकै लागि फेरी
परम्परा जोगाउँनकै लागि फेरी
सबै बन्धकलाई रिहा गरे २ महिना युद्धबिराम गर्ने इजरायलको प्रस्ताव
सबै बन्धकलाई रिहा गरे २ महिना युद्धबिराम गर्ने इजरायलको प्रस्ताव
यौन दुर्व्यवहारको आरोपमा पूर्वमन्त्री पक्राउ
यौन दुर्व्यवहारको आरोपमा पूर्वमन्त्री पक्राउ
छानी–छानी देशको मौलिक पहिचानहरूमाथि आक्रमण गरिँदै– सुुशील देवकोटा
छानी–छानी देशको मौलिक पहिचानहरूमाथि आक्रमण गरिँदै– सुुशील देवकोटा

तपाईंले छुटाउनुभयो कि?