सौर्य एयर दुर्घटना: आज राष्ट्रिय झण्डा आधा झुकाइँदै

Abhiyanpost Abhiyanpost
|
बिहिबार, श्रावण १०, २०८१
|
|
५८ पटक हेरिएको
Shares
सौर्य एयर दुर्घटना: आज राष्ट्रिय झण्डा आधा झुकाइँदै

सारांश

  • काठमाडौं।
  • सरकारले सौर्य एयरलाइन्स जहाज दुर्घटनामा निधन भएकाहरुको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ।
  • बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आज राष्ट्रिय झण्डा आधा झुकाएर शोक मनाउने निर्णय गरेपछि आज देशभरका सरकारी कार्यालयमा रहेका झण्डा आधा झुकाइँदै छ।

काठमाडौं। सरकारले सौर्य एयरलाइन्स जहाज दुर्घटनामा निधन भएकाहरुको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ।

बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आज राष्ट्रिय झण्डा आधा झुकाएर शोक मनाउने निर्णय गरेपछि आज देशभरका सरकारी कार्यालयमा रहेका झण्डा आधा झुकाइँदै छ।

आज काठमाडौंबाट पोखराको लागि उडेको सौय एयरलाईन्सको जहाज धावनमार्ग छाडेर करिब पाँच सय मिटर उडेसँगै दुर्घटनामा परेको थियो। दुर्घटनामा परेका १८ जनाको निधन भएको छ भने जहाजका पाइलट मनिषरन्त शाक्यको सकुशल उद्धार गरिएको थियो। उक्त जहाजमा २ जना चालक दलको सदस्य र बाँकी १७ जना सोही एयरलाइन्समा कार्यरत प्राविधिक तथा इन्जिनियरहरु रहेका थिए।

जहाज दुर्घटनामा निधन हुनेहरुमा कोपाइलट एस कटुवालसहित अमितमान महर्जन, सागर आचार्य, दिलिप वर्मा, मनुराज शर्मा, आश्विन निरौला, सुदीपलाल जोशी, शर्वेस मरासैनी, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही, प्रिजा खतिवडा र आरिफ रेडा रहेका छन्।

सरकारले जहाज दुर्घटना छानविनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार नेपाल वायु सेवा निगमका क्याप्टेन दिपु ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक सुदीप भट्टराई र श्री एयरलाइन्सका कर्मचारी सञ्जय अधिकारी उक्त आयोगको सदस्य रहेका छन्।

त्यस्तै, नेपाल नागरिक उड्डयन प्राधिकरणका एयर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोल उक्त आयोगको सदस्य सचिव रहने बताइएको छ । सरकारले छानविनका लागि आयोगलाई ४५ दिनको समय दिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Saif Ali Khan Interpol controversy: Bulgarian authorities question the missing 10, 000 Euros that was supposed to be paid to the company involved in this case
Saif Ali Khan Interpol controversy: Bulgarian authorities question the missing 10, 000 Euros that was supposed to be paid to the company involved in this case
प्रधानमन्त्री भेटेपछि लघुवित्त पीडितको आमरण अनसन स्थगित
प्रधानमन्त्री भेटेपछि लघुवित्त पीडितको आमरण अनसन स्थगित
यस्तो छ देउवालाई विस्थापित गर्ने गगन थापाको योजना ?
यस्तो छ देउवालाई विस्थापित गर्ने गगन थापाको योजना ?
उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई  सम्मान, स्वागत गर्न संघियमन्त्रि जनकपुरमा
उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई सम्मान, स्वागत गर्न संघियमन्त्रि जनकपुरमा
संक्रमणकालको अन्त्यसँगै मुलुक समृद्धिको दिशामा : उपप्रधानमन्त्री महरा
संक्रमणकालको अन्त्यसँगै मुलुक समृद्धिको दिशामा : उपप्रधानमन्त्री महरा
कृष्णबहादुर महरा निर्दोष ठहर
कृष्णबहादुर महरा निर्दोष ठहर
जस्ले जित्यो उहीँ फस्यो , किन हार्नलाई खेल्दैछन् बेल्जियम र इँग्ल्यान्ड ?
जस्ले जित्यो उहीँ फस्यो , किन हार्नलाई खेल्दैछन् बेल्जियम र इँग्ल्यान्ड ?
आज यस्तो छ विदेशी विनिमयदर
आज यस्तो छ विदेशी विनिमयदर
विप्लव समूहमाथि कडा कारवाही गर्ने सरकारको चेतावनी
विप्लव समूहमाथि कडा कारवाही गर्ने सरकारको चेतावनी
काठमाडौंको महाराजगन्जमा टिप्परको ठक्करबाट एकको मृत्यु, एक गम्भीर  !
काठमाडौंको महाराजगन्जमा टिप्परको ठक्करबाट एकको मृत्यु, एक गम्भीर !

तपाईंले छुटाउनुभयो कि?