लघुवित्तको ऋण तिर्न नसक्दा परिवारको बिचल्ली

Abhiyanpost Abhiyanpost
|
मंगलबार, बैशाख १२, २०८०
|
|
६० पटक हेरिएको
Shares
लघुवित्तको ऋण तिर्न नसक्दा परिवारको बिचल्ली

सारांश

  • कैलाली ।
  • कैलाली जानकी गाउँपालिका–४ मुनुवाकी स्वस्तिका चौधरी कक्षा ७ मा पढ्छिन् ।
  • तर स्वस्तिकाको यसवर्षको रिजल्ट भने राम्रो भएन ।

कैलाली । कैलाली जानकी गाउँपालिका–४ मुनुवाकी स्वस्तिका चौधरी कक्षा ७ मा पढ्छिन् । तर स्वस्तिकाको यसवर्षको रिजल्ट भने राम्रो भएन । लघुवित्तबाट लिएको ऋण तिर्न नसकेपछि बुबाआमा भारत जागिर गएपछि घरको जिम्मेवारी यतिबेला स्वस्तिकाको काँधमा आएको छ । घरको हेरचाह गर्दा उनको पढाइ राम्रो हुन सकेको छैन ।

स्वस्तिकालाई लघुवित्तमा कति रकम तिर्नुपर्छ भन्नेसम्म थाहा छैन । तर हरेक दिन जसो लघुवित्तका कर्मचारीका कुरा भने सुन्नु परिरहेको छ । उनी घरमा कक्षा ५ मा अध्ययनरत भाइसँग बस्छिन् । ‘खानका लागि घरमा अन्न छैन । किन्नलाई पैसा पनि छैन,’ उनले भने, ‘आमाबुबा नहुँदा हाम्रो बिचल्ली भएको छ ।’

लघुवित्तको ऋणले समस्यामा परेको स्वस्तिकाको परिवार उदाहरण मात्रै हो । लघुवित्तको ऋण तिर्न नसक्दा कैयौँ व्यक्ति आज घरबारविहीन भएका छन् भने कतिपयले सन्तान छाडेर हिँडेका छन् ।

कैयौँ परिवारमा लघुवित्तको ऋणका कारण फाटो आएको छ भने कैयौँ समूहमा बसेर मात्रै पनि विचल्लीमा परेका छन् । मुनुवा गाउँकै पनि एक दर्जनभन्दा बढी परिवार घरबार छोडेर लघुवित्तको ऋण तिर्न नसकेर भागेका छन् ।

सोही ठाउँकी सीतादेवी रावरले केहीवर्ष पहिले एक लघुवित्तबाट रु एक लाख पचास हजार ऋण लिए । उनले महिनैपिच्छे लघुवित्तको किस्ता र ब्याज तिर्दै आएका थिए । कोरोना सङ्क्रमणपछिका दिनमा आर्थिक जोहो गर्न नसकेपछि उनकाअनुसार दुईतीन किस्ता रोकिएको छ । किस्ता रोकिएपछि लघुवित्तका कर्मचारीले उनलाई वैशाख १७ गतेसम्मको भाका दिएको छ ।

कुन दिन दशा लागेर लघुवित्तको ऋण लिन पुगेछु । ऋण दिँदा सहजरुपमा काम भयो अहिले मर्नु न बाँच्नु जस्तो भएको छ,’ सीतादेवीले दुःखेसो गरिन्, ‘वैशाख १७ गतेसम्म किस्ता र ब्याज तिर्न नसके घरमा भएको सामान, बाख्रा उठाउने धम्की दिएर लघुवित्तका कर्मचारी गएका छन् ।’ उनले कर्मचारीले पैसा तिर्न नसक्दा धम्काउने, तर्साउने र नहुँदा शब्द प्रयोग गर्ने गरेको दुःखेसो पोखे ।

कैयौँ व्यक्ति विस्थापित भएर घरबारविहीन हुने अवस्थामा पुगेको रुपनी डगौँराको भनाइ छ । ‘पछिल्लो ११ वर्षदेखि लघुवित्तको समूहमा बसेर कारोबार गर्दै आएकी छु । गाउँघरमा लेखपढ गर्न नजानेका महिलालाई लघुवित्तले नराम्रोसँग फसाएको रहेछ,’ उनले भनिन्, ‘अहिले थाहा भयो । अनि आवाज उठ्न थालेको हो । ऋण दिने बेलामा १५ प्रतिशत ब्याजदरमा दिने र सेवा शुल्क, बीमा शुल्कबाट गरिबलाई झन गरिब बनाउने काम भइरहेको रहेछ ।’

लघुवित्तले रु एक लाख ऋण दिँदा ८० हजार मात्रै पाइने गरेको उनको भनाइ छ । उनका अनुसार समूह बनाएपछि आयआर्जनका लागि सीपमूलक तालिम दिनुपर्ने राष्ट्र बैंकको नीति भए पनि लघुवित्तले बचतमा केन्द्रित भएर तालिम दिने गरेका छन् ।

वडा नं ४ मुनुवाकी सिरनदेवी डगौँरा लघुवित्तका कर्मचारीले ऋण तिर्न नसकेपछि आत्महत्या गर्न वा देहव्यापार गरेर भए पनि ऋण तिर्न भनेको भन्दै मिडियामा आएपछि महिला समूहमाथि लघुवित्तले गरेको ज्यादतीविरुद्ध महिलाको समूह गाउँपाकिका–१ दुर्गौंली कार्यालयमा नै पुग्यो । जानकी गाउँपालिका–४ मा रहेका महिलाले लघुवित्तले किस्तामा ज्यादती गरेको भन्दै उहाँहरू लघुवित्तको कार्यालयमा पुगेका थिए ।

समूहका महिलालाई लिएको ऋणको किस्ता बुझाउन लघुवित्तका कर्मचारीले अभद्र व्यवहार गरेको भन्दै महिलाले कार्यालयमा पुगेर तालबन्दीसमेत गरेका थिए । उहाँले महिलामाथि अभद्र व्यवहार गर्ने कर्मचारीलाई कारबाहीको दायरामा ल्याउन र किस्ताका लागि आत्महत्याका लागि लघुवित्तले उक्साएको भन्दै कार्यालयमा तोडफोडसमेत गरे ।

त्यसपछि किस्ताका लागि दबाब नदिने सहमति भएको थियो । डिप्रोस लघुवित्त वित्तीय संस्थाका सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख अर्जुन पोख्रेलले लिएको कर्जा तिर्दैन भनेर कसैले भन्न नपाउने बताए । उनले देशभर लघुवित्तप्रति फैलाइएको भ्रमको उपज मात्रै भएको दाबी समेत गरे ।

‘केही मानिसहरुले लघुवित्तबाट लिएको कर्जा मिनाहा गर्नुपर्ने भन्दै भ्रम फैलाएका छन्, किस्ता नतिर्ने, बैठकमा नआउने अनि आफूले लगानी गरेको पैसा माग्दा यस्तो गर्नु निकै निन्दनीय छ,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कस्तो अचम्म ! शारदा नगरपालिका किरा समात्दै गाउँगाउँमा, १ किलो किराको ५० रुपैयाँ
कस्तो अचम्म ! शारदा नगरपालिका किरा समात्दै गाउँगाउँमा, १ किलो किराको ५० रुपैयाँ
तनहुँ मतपरिणामः सर्वेन्द्र खनाल झन्डै ७ हजार तथा भटराई ५ हजारले पछाडी
तनहुँ मतपरिणामः सर्वेन्द्र खनाल झन्डै ७ हजार तथा भटराई ५ हजारले पछाडी
राजविराजमा सुँगुर, कुकुर र गाईगोरुको आतंक, नगरबासी प्रभावित
कुटपिटबाट रिह्याब सेन्टरमा एक जनाको मृत्यु, सञ्चालक र मेनेजर पक्राउ, दुई फरार
कुटपिटबाट रिह्याब सेन्टरमा एक जनाको मृत्यु, सञ्चालक र मेनेजर पक्राउ, दुई फरार
Turkey media tycoon dies at 79: doctor
Turkey media tycoon dies at 79: doctor
कसरी मनाउछन तेस्रोलिंगीहरु चाडबाड !
कसरी मनाउछन तेस्रोलिंगीहरु चाडबाड !
सरकारी कर्मचारीलाई आइफोन बोक्न चीनले लगायो प्रतिबन्ध
सरकारी कर्मचारीलाई आइफोन बोक्न चीनले लगायो प्रतिबन्ध
छक्का पञ्जा–४ र छडके-२ आजबाट प्रदर्शनमा
छक्का पञ्जा–४ र छडके-२ आजबाट प्रदर्शनमा
अमेरिकी राष्ट्रपति ट्रम्प माथि वित्तीय नियम उल्लङ्घनकाे अाराेप !
बाढी प्रभावित क्षेत्रमा एआईएनको राहत: रसुवा, नुवाकोट र धादिङमा तीव्र मानवीय सहायता
बाढी प्रभावित क्षेत्रमा एआईएनको राहत: रसुवा, नुवाकोट र धादिङमा तीव्र मानवीय सहायता

तपाईंले छुटाउनुभयो कि?