लागुऔषध कारोवारमा संलग्न छ पक्राउ

Abhiyanpost Abhiyanpost
|
सोमबार, माघ २१, २०७५
|
|
४६ पटक हेरिएको
Shares

सारांश

  • पर्सा, २१ माघ , सीमा क्षेत्रमा हुने लागुऔषध ओसार तथा भन्सार छली गरिने अवैध कारोवारलाई नियन्त्रण गर्न चलाइएको अभियानमा पर्सा प्रहरीले ठूलो सफलता हात परेको छ ।
  • जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्जका विभिन्न स्थानबाट २१ किलो चरेससहित पाँच, नौ सय थान नाइट्रोभेट ट्याब्लेटसहित एक र भन्सार छली भित्र्याइएको रु ३३ लाख बढी मूल्यको कपडासहित ठोरी गाउँपालिकाबाट तीन जनालाई नियन्त्रणमा लिएको हो ।
  • पक्राउ परेका सबै अभियुक्तलाई आजै पर्सा प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

पर्सा, २१ माघ , सीमा क्षेत्रमा हुने लागुऔषध ओसार तथा भन्सार छली गरिने अवैध कारोवारलाई नियन्त्रण गर्न चलाइएको अभियानमा पर्सा प्रहरीले ठूलो सफलता हात परेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्जका विभिन्न स्थानबाट २१ किलो चरेससहित पाँच, नौ सय थान नाइट्रोभेट ट्याब्लेटसहित एक र भन्सार छली भित्र्याइएको रु ३३ लाख बढी मूल्यको कपडासहित ठोरी गाउँपालिकाबाट तीन जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका सबै अभियुक्तलाई आजै पर्सा प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । विशेष सूचनाको आधारमा वीरगञ्जको रानीघाटबाट ११ किलो चरेससहित रामबालकप्रसाद विण, मकवानपुर थाहा नगरपालिका– ८ निवासी सोमाल थिङ्ग र भारतको कानपुर निवासी मयङ्क बाजपेईलाई नियन्त्रणमा लिइएको छ । आज बिहान १० किलो चरेससहित वीरगञ्ज महानगरपालिका–१६ बाट भारत उत्तर प्रदेश प्रतापगढ निवासी मैनुदिन अन्सारी र भारत विहार मोतिहारी निवासी अमरुल्लाह अन्सारीलाई नियन्त्रणमा लिइएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिनुभयो ।

त्यस्तै वीरगञ्जको इनर्वाबाट नौ सय थान नाइट्रोभेट ट्याब्लेटसहित कञ्चनपुरको भीमदत्त नगरपालिका–९ निवासी दिपेन्द्र पनेरुलाई नियन्त्रणमा लिइएको उपरीक्षक ढकालले बताउनुभयो । यसैबीच आज बिहान ठोरी गाँउपालिका–२ बाट लु १ ख ३३१० नं को ट्रकबाट नौ गाठ कपडा बरामद भएपछि आवश्यक अनुसन्धानका लागि ट्रकधनी चितवन माडी– २ निवासी ऋषि सुवेदी, चालक कुमार राई र सहचालक सुजन राईलाई नियन्त्रणमा लिइएको उपरीक्षक ढकालले जानकारी दिनुभयो ।

लागुऔषधसहित पक्राउ परेका ६ जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी आवश्यक अनुसन्धान भइरहेको छ भने बरामद भएको कपडा र पक्राउ परेका व्यक्तिलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालुवाटारमा कांग्रेस केन्द्रीय समिति बैठक सुरु
बालुवाटारमा कांग्रेस केन्द्रीय समिति बैठक सुरु
‘शनिबार रातिदेखि बिसन्चो, उपचार थाल्नै नपार्इ’ निधन
‘शनिबार रातिदेखि बिसन्चो, उपचार थाल्नै नपार्इ’ निधन
रणवीर अघि यी दुई क्रिकेटरको प्रेमिका थिइन दीपिका पादुकोण
रणवीर अघि यी दुई क्रिकेटरको प्रेमिका थिइन दीपिका पादुकोण
निर्मला पन्त हत्या प्रकरण : यसरी गरियो एसपी विष्टसहित ८ जनाविरुद्ध मुद्दा
निर्मला पन्त हत्या प्रकरण : यसरी गरियो एसपी विष्टसहित ८ जनाविरुद्ध मुद्दा
कसरी बन्द गर्दैछ सरकारले अश्लील वेबसाइटहरू ! पोर्न उद्योगबारे के भन्छिन् सनी लियोनी ?
कसरी बन्द गर्दैछ सरकारले अश्लील वेबसाइटहरू ! पोर्न उद्योगबारे के भन्छिन् सनी लियोनी ?
परिवार पाल्न नौ महिना बगरमा बास
परिवार पाल्न नौ महिना बगरमा बास
अस्पतालको शैयाबाट बुद्धिमायाको आग्रहः म बाँच्न चाहन्छु, बचाइदिनुस्…
अस्पतालको शैयाबाट बुद्धिमायाको आग्रहः म बाँच्न चाहन्छु, बचाइदिनुस्…
निर्मला हत्याकाण्डको रहस्य खुल्दै
सरकारले बनाएकाे निति तथा कार्यक्रम जनतालाई स्वर्ग लाने बाटो होईन : महेश बस्नेत(भिडियाेसहित)
सरकारले बनाएकाे निति तथा कार्यक्रम जनतालाई स्वर्ग लाने बाटो होईन : महेश बस्नेत(भिडियाेसहित)
यातायात कार्यालयमा सेवाग्राहीलाई हैरान बनाउने ८ जना विचौलिया पक्राउ
यातायात कार्यालयमा सेवाग्राहीलाई हैरान बनाउने ८ जना विचौलिया पक्राउ

तपाईंले छुटाउनुभयो कि?